Loading

रुपबजारकी नोरा / सरोज शार्दूल

“भो बुझनु प¥या छैन तिमीलाई । यसभन्दा अगाडि जान हामीलाई अनुमति छैन ।” पूर्णिमाले भनी ।
कुराकानी त्यत्तिकै सकिएको केही महिनासम्म दुई जनाको भेटघाट भएन ।

सिद्धार्थ सधैँ पूर्णिमाको पसलअगाडि चक्कर लगाउँथ्यो । “क्या हो बाबु ! हाम्रो पनि त पसल छ, जाने होइन ?” सधैँ कोही न कोही उसको नजिक आएर सोध्थे । यसबीच थुप्रै अनुहार दोहोरिए । थुप्रै नयाँ अनुहार थपिए । अहँ, पूर्णिमा कतै देखा परिन ।

आज चाहिँ ऊ एकजना सम्बोधनकर्ताको पछि लागेर गयो । पसलमा पुग्नेबित्तिकै उसले सोध्यो, “अचेल पूर्णिमालाई देख्दिन नि ! कहाँ गई ?”

“को पूर्णिमा ? बाबु यहाँ कति चाँदनी, कति पूर्णिमा आए, गए । तपाईंले कसलाई खोज्नुभएको हो ?” पसल्नीले इत्तरिएको पारामा भनी ।
सिद्धार्थले हुलिया दियो ।

“ए, ऊ ! त्यसको तकदीर बडो राम्रो रैछ । एक जना खानदानी बाबु आएको थियो । लिएर गयो । महारानीझ्ैँ गाडीमा सवार भएर गई... ।” पसल्नीको कुरा नसकिँदै सिद्धार्थ त्यहाँबाट हिँड्यो ।

एक साताको एकान्तबासमा उसले पूर्णिमाको मुहारचित्र बनायो र आफू सुत्ने कोठाको भित्तामा टाँस्यो । पूर्णिमाको मुहारको भाव पढ्यो । आँखाको चमक पढ्यो । ओँठको प्यास पढ्यो । गालाको मादकता पढ्यो । सातादिन पछि उसले त्यो मुहारचित्र बजार नजिकैको आर्ट ग्यालरीमा राखिदियो । पछिल्लो समय उसलाई पैसाको निकै खाँचो प¥योे । काम नगरेको महिनौँ भएको थियो र पुराना दृश्यचित्रहरू बिक्री भइसकेका थिए ।

सिद्धार्थ अर्को एक साता एकान्तबासमा रह्यो । पुरानो चित्रको बाँकी पैसाले केही बोतल रक्सी किन्यो । अहोरात्र रक्सीमै डुबेर बस्यो । आठौँ दिन उसले खाटमुनिका बोतलहरूको पीँधमा थिग्रेको थोपाथोपा सँगालेर एक पेग जति बनायो । पियो र ऐनाअगाडि उभियो । झ्ुस्स बढेको दाह्रीमा एकछिन त उसले आफैँलाई चिनेन ।

“वा, लियोनार्दो दा भिन्ची !” एक्लै बर्बरायो ऊ, “मोनालिसा खोई त ?” झ्ल्याँस्स पूर्णिमाको स्केच सम्झयो । हतारहतार बाहिर निस्क्यो ।
आज बजारमा त्यति चहलपहल थिएन । अस्तिकी पसल्नी उसलाई देखेर उता फर्केको सिद्धार्थले सहजै चाल पायो । “तँलाई रन्... ।” उसले मनमनै भन्यो ।

उसलाई देखेर ग्यालरीको मालिक बाहिरैसम्म लिन आयो । सम्मानपूर्वक बसाउँदै सोध्यो, “के लिने हजुर, चिसो कि तातो ?”

मालिकको अनौठो व्यवहारले सिद्धार्थ आश्चर्यमा प¥यो । ऊ त्यही थियो जसले थुप्रै पटक सिद्धार्थको मन नराम्ररी भाँचेको थियो । “कलाकार र वेश्या एकै हुन् । तिनीहरू रङ पोतेर शरीर बेच्छन्, कलाकारहरू रङ पोतेर भावना ।” सिद्धार्थलाई इङ्गित गर्दै उसले यो संवाद बोलेको धेरै भएको थिएन ।

“रातो छैन ?” सिद्धार्थले भन्यो ।

“अरे हजुर, तपाईँ भन्नुस् मात्रै म सारा बजार उठाएर ल्याइदिन्छु ।” मालिकले चिल्लो घस्यो ।

“भैगोभैगो, पर्दैन । अस्तिको चित्र किन्ने कुनै ग्राहक भेटियो ?”

चित्र किन्ने मान्छेसँग सिद्धार्थकोे एउटा शर्त हुन्छ– चाहिएको बेला उसले चित्र फिर्ता लिन सक्छ । बरु त्यसका लागि चार गुणा बढी पैसा तिर्नेछ । अहिलेसम्म सयौँ चित्र बनाएर बेचिसक्यो । कुनै फिर्ता मागेको छैन । तर पनि ऊ यो पुरानो शर्तमा कायम छ । ग्यालरीलाई भने राखिदिएबापत बिक्रीमूल्यको २० देखि ३० प्रतिशतसम्म दिन्छ ।

“किन नभेटिने हजुर, भेटिएको छ । मूल्य पनि राम्रै तिर्छु भनेको छ । तर...!” मालिकले कुरा चपाउँदै भन्यो ।

“तर के ?”

“ऊ तपाईँको शर्त मान्न तयार छैन ।” मालिकले नम्रतापूर्वक जवाफ फर्कायो ।

“त्यसो भए म पनि चित्र बेच्न तयार छैन ।” सहज जवाफसँगैे आफ्नो कठिन परिस्थिति सम्झयो र सोध्यो, “किन अरे ?”

“खै त्यो त मलाई थाहा भएन । तर ऊ मागेको मूल्य तिर्न तयार छु भन्दै थियो ।”

“कति दिन सक्छ त्यसले ? दस लाख ?” सिद्धार्थ आवेगमा आयो ।

“हो दस लाख । म प्रेमको कुनै पनि मूल्य तिर्न सक्छु ।” अनायासै झ्ुल्किएको ग्राहकले भन्यो ।

मालिकले उसलाई झ्ुकेर अभिवादन ग¥यो, “सलाम वालेकुम खान साहब ।” उसले उभिएरै अभिवादन फर्कायो, “वालेकुम सलाम ।” ग्राहक हेर्नमा हट्टाकट्टा नै देखिन्थ्यो । खानदानी । अभिमानी । न धेरै मोटो न दुब्लो । गहँुगोरो वर्णको । कुरा गरिरहँदा उसको शरीरबाट निस्केको अत्तरकोभन्दा मुखबाट निस्केको रक्सीको गन्धको प्रभाव बढी थियो ।

“उहाँ खान साहब । अरबाज खान । उहाँ नै हो ग्राहक ।” मालिकले परिचय गराउँदै भन्यो, “उहाँ सिद्धार्थ विनायक । उहाँकै हो चित्र । तपाईँहरू आफैँ कुरा गर्नुस् ।”

“तपाईँ यो चित्र किन खरिद गर्न चाहनुहुन्छ ?” केही बेरको मौनतापछि सिद्धार्थले सोध्यो ।

“मैले यसलाई प्रेम गर्न थालेको छु । म सजीव वस्तुका असीमित अपेक्षा पूरा गर्न नसक्ने भएको छु । तर सजीवतादेखि टाढा रहन पनि सक्तिनँ । यो चित्र निर्जीव छ । यसका कुनै अपेक्षा, चाहना छैनन् । साथसाथै सजीव पनि, जसलाई म दिल खोलेर प्रेम गर्न सक्छु ।”
“हुन त यो मेरो प्रिय चित्र हो । अहिले मलाई पैसाको खाँचो छ ।”

“राम्रोे । तर तपाईको शर्त !”

“मैले आजसम्म यसरी नै सयौँ चित्र बेचेको छु । यो शर्त संशोधन गर्ने अनुमति मेरो दिमागले मलाई दिँदैन ।”

“प्रेममा शर्त ! अहँ । बरु म यसका लागि जुनसुकै मूल्य तिर्न तयार छु ।”

त्यसो त सिद्धार्थले अहिलेसम्म कुनै पनि चित्रको पाँच हजारभन्दा बढी मूल्य पाएको छैन । धनाढ्य ग्राहकका लाखौँ–लाखको कुरा र अतिशय भावुकताले उसका सपना झङ्गिदै जान्छन् । “सायद यो मेरो जीवनको अन्तिम चित्र हुनेछ । यससँग मेरो जीवनको सपना गाँसिएको छ । म एउटा कार किन्न चाहन्छु । म एउटा आफ्नै घर बनाउन चाहन्छु । फेरि मलाई विवाह पनि गर्नु छ ।” यसो भनिरहँदा सिद्धार्थका आँखामा पूर्णिमा झ्ल्झ्ली नाचिरहेकी थिई । कानमा त्यही पसल्नीको कुरा गुन्जिरहेको थियो– “महारानीझ्ैँ गाडीमा सवार भएर गई ।”

“यदि मैले तपाईँलाई कार, घर र मानी भने श्रीमती पनि– सबै सबै दिएँ भने नि ?” ग्राहकले भावुकताको पराकाष्ठा पार ग¥यो ।

ग्यालरी मालिक उत्सुकतापूर्वक संवाद सुनिरहेको थियो । “यदि यो कुरा यथार्थमा परिणत भयो भने चित्रको कमिसनबापत मेरो भागमा के पर्ला ? –कार, घर वा श्रीमती ?” उसले अनुमान गर्न खोज्यो ।

“यो कसरी हुनसक्छ ? तिम्री श्रीमती...?”

“किन हुन सक्दैन ? मैले सुनेको तिमी एउटी बेश्यालाई प्रेम गथ्र्यौ । मेरी श्रीमतीलाई प्रेम गर्न किन सक्दैनौ ? आखिर ऊ पनि त एउटी बेश्या नै हो । फेरि मैले कहिल्यै पूरा हुन नसक्ने तिम्रा सपनाहरू पूरा गरिदिन्छु भनेकै छु त । अब तिमी बिना शर्त मलाई त्यो चित्र देऊ ।” ग्राहक तिमीमा ओर्लियो ।

जीवनमा यस्ता घटनाहरू पनि हुन्छन्, जसलाई पत्याउन गाह्रो पर्छ । तर त्यही भइदिन्छ । यो सब यति हतारमा भयो कि, कसैलाई केही सोच्ने फुर्सद नै भएन ।

घण्टीको आवाजसँगै पूर्णिमाले ढोका खोली ।

“अरे सिद्धार्थ तिमी यहाँ ?” आश्चर्यचकित भएर हेरिरही केही क्षण ।

सिद्धार्थ पनि त्यस्तै भयो, “पूर्णिमा तिमी... ?”

तुरुन्तै परिवर्तित भावमा पूर्णिमाले भनी, “तिमी यहाँ किन आएको ? गइहाल यहाँबाट । मेरो लोग्नेले थाहा पायो भने दुवै जनालाई मार्छ । शायद तिमीलाई थाहा छैन– ऊ अति शङ्कालु, पापी र क्रूर छ ।”

“म उसैले पठाएर त यहाँ आएको । उसले मेरो सर्वश्व लिएर गयो । बदलामा आफ्ना सबै कुरा मलाई सुम्पिएर हिँड्यो । तिमी पनि आजदेखि मेरी भयौ पूर्णिमा । ”

“यो तिमी के भन्दैछौ ? तिमी पागल भइसक्यौ सिद्धार्थ । तुरुन्तै गईहाल मेरो अगाडिबाट ।”

“पागल म होइन, तिम्रो लोग्ने थियो । नपत्याए हेर यो घरको लालपूर्जा, गाडीको ब्लुबुक, सबै मेरो नाममा गरिदिएको छ । अँ साँच्चै तिम्रो नाममा पनि एउटा चिठी लेखेको छ । लौ पढ ।” विजयी भावमा सिद्धार्थले भन्यो ।

पूर्णिमाले चिठी समाई । खोली र पढी । लेखिएको थियो–“पूर्णिमा मैले प्रेमका लागि आफ्ना सबै कुरा बेचिदिएँ । तिमीलाई पनि ।”

त्यो उसैको अक्षर थियो । चिठी पढिसकेपछि पूर्णिमाले विस्तारै भनी, “तर म तिम्री स्वास्नी भएर बस्न सक्दिनँ । म उसकी पनि कहिल्यै हुन सकिनँ । उसका अरू कुरा जे गर, ममाथि भने तिम्रो कुनै अधिकार छैन ।”

“तिमीले अचेल मलाई मन पराउन छाड्यौ त पूर्णिमा ?”

“प्रेम र विवाह अलग–अलग कुरा हुन् सिद्धार्थ ।”

“जब एउटी नारी आमा, दिदीबहिनी, छोरी र श्रीमतीमध्ये केही पनि बन्न सक्दिनँ, तब बेश्या बन्छे । जब ऊ बेश्या बन्छे, तब केही बन्न सक्दिन । तिमी पनि एक बेश्या हौ । विवशताबश शरीर बेच्नु बेश्या हुनु होइन भन्ने मेरो मान्यता सायद गलत थियो ।” सिद्धार्थले आक्रोश पोख्योे ।

“तिमीले त मलाई कहिल्यै प्रेम नै गरेनौ । हो म पेसाले बेश्या थिएँ र फेरि पनि हँुला । तर प्रेमको मूल्य के हो ? त्यो एउटी वेश्यालाई मात्र थाहा हुन्छ ।” उसकै शैलीमा पूर्णिमाले भनी ।

एकछिन दुवै चुप बसे । अप्रत्याशित घटनाक्रमले दुवै केही गलेका पनि थिए ।

“यो प्रेम–स्रेमको नाटक छोड । जाऊ बजारमा र तिर्खा मेट । म नै चाहिन्छ भने दुई चार दिनपछि त्यहीँ भेट्नेछौ ।” गलित स्वरमा पूर्णिमाले भनी ।

“तिमीहरू वर्षाका पानी हौ पूर्णिमा । वर्षाको पानीले तिर्खा मेटिँदैन ।” यसपटक सिद्धार्थ अझ् निर्मम भयो ।

“हो तिमीले ठीकै भन्यौ सिद्धार्थ । हामी वर्षाका पानी हौ । तर तिम्रो प्रेम पनि तिर्खा मात्र हो भन्ने कुराको प्रमाण तिम्रै भनाइमा छ । तिमीले सधैँ शरीरलाई प्रेम ग¥यौ । जीवनलाई कहिल्यै प्रेम गरेनौ ।” पूर्णिमाले बाजी मारी ।

“मलाई वेश्याका आदर्श सुन्नु छैन । जाऊ । फेरि पसल थाप । खानजस्ता पागलहरूको खेती गर र बस । जाऊ, गइहाल ।” सिद्धार्थ झ्ण्डै चिच्यायो ।

“म त जान्छु नै । एउटी वेश्या, कवि–कलाकारकाझ्ैँ आदर्श छाँट्न जान्दिनँ ।”

त्यसपछि पूर्णिमा त्यहाँबाट हिँडी– डल्स हाउसकी नोराझ्ैँ ।

Segments: 
Author: 

Comments