रमेश श्रेष्ठको दसौं कृति सार्वजनिक

पोखरेली कवि रमेश श्रेष्ठको दसौं कृति 'चोक र तमसुक' सार्वजनिक गरिएको छ । ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति किरण मानन्धरले हालै राजधानीमा सार्वजनिक गरेका हुन् ।

विमोचित कृति लामो कविता काव्य हो । समाजमा विकृत संस्कृति बनेको 'तमसुक'को कुरूप पक्षलाई उजागर गरेको कवि श्रेष्ठले बताए ।

'तमसुक समाजको कुरूप पक्ष हो,' उनले भने, 'देशको ग्रामीण क्षेत्रमा कात्रो किन्न नसकेर बनाइएको तमसुकले व्यक्तिदेखि परिवारसम्मको उठिबास गराएको छ ।' यसैगरी संस्कृतिको विकृतिका रूपमा 'चोक'लाई बयान गरिएको छ ।

कृतिबारे कवि श्रीओम श्रेष्ठ रोदन, तुलसीहरि कोइराला लगायतले चर्चा गरेका थिए । श्रेष्ठका यसअघि नपोतिएका रंगहरू, चराहरूको पहाड, आमा नदीहरू, बुद्ध बिम्ब अक्षर बिम्ब, इन द नेम आफ बुद्ध, घाँस उखेलिरहेकी केटी, रोदी रोएको देशमा, कविता र साँझ, अक्षरको खेत प्रकाशित छन् ।

(Source: Kantipur Dainik)

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom