Loading

युवा उपन्यासकार श्याम रेग्मीको 'कनोट-ट्री' बजारमा

युवा उपन्यासकार श्याम रेग्मीको उपन्यास 'कनोट-ट्री' बजारमा आएको छ । उपन्यासको युवा नेता तथा सभासद् गगन थापाले एक कार्यक्रमका बीच राजधानीमा विमोचन गरे । कृतिको नेता थापाका साथै समालोचक राजेन्द्र सुवेदी, कुमारप्रसाद कोइराला तथा साहित्यकारहरू कृष्ण धराबासी र वियोगी बुढाथकीले टिप्पणी गरेका थिए ।

टिप्पणीकारहरूले कृतिलाई उत्तरआधुनिक, उत्तरसंरचनावादी र काव्यात्मक भनी विश्‍लेषण गरे । उपन्यासमा आफूले नयाँपन दिन प्रयास गरेको कृतिकार रेग्मीले बताए । यो उनको पहिलो उपन्यास हो । उपन्यासलाई साहित्य परिवार नेपाल मेडिकल कलेज जोरपाटीले प्रकाशन गरेको हो ।

Segments: 

Comments