Loading

युगकवि सिद्धिचरण पुरस्कार डा. तारानाथ शर्मालाई

बैशाख १४ काठमाडौँ -
२०६७ सालको युगकवि सिद्धिचरण पुरस्कार साहित्यकार डा. तारानाथ शर्मालाई दिइने भएको छ । नेपाली साहित्यमा पाँच दशकदेखि पुर्‍याउँदै आएको योगदानबापत शर्मालाई पुरस्कृत गर्ने निर्णय गरिएको युगकवि सिद्धिचरण प्रतिष्ठानले जनाएको छ ।

पुरस्कारको राशि ५० हजार रुपैयाँ नगद र सम्मानपत्र रहेको छ । पुरस्कार युगकवि सिद्धिचरणको ९९ औं जन्मजयन्तीका अवसर पारेर आउँदो जेठ ९ मा दिइनेछ । शर्माको 'घोत्ल्याइँहरू', 'नेपाली साहित्यको इतिहास' लगायतका आलोचना कृति, 'बेलायततिर बरालिँदा', 'नमस्ते', 'जमर्काहरू' लगायतका निबन्धकृति गरी थुप्रै पुस्तकाकार कृतिहरू प्रकाशित छन् ।

Segments: 

Comments