भ्यालेन्टाइनडेमा गजल वाचन

कास्की/ भ्यालेन्टाइन्स डेको अवसरमा रेडियो सराङकोट पोखराको आयोजनामा सोमबार प्रणयमा गजल प्रवाह कार्यक्रम सम्पन्न भयो ।

रेडियोको आफ्नै प्रांगणमा प्रतियोगितात्मक रूपमा आयोजित कार्यक्रममा ५३ गजल दर्ता भएकामध्ये अन्तिम छनोटमा १९ गजल वाचन भएका थिए ।

जसअनुसार कास्की कोटका प्रदीप सुवेदी (क्या चाल आहा तिम्रो), तनहुँ राम्जाकोटका विजय रानाभाट (तोड्यौ भने यौवन), पोखरा पस्र्याङ्का बिमला भुर्तेल -किन माया लाग्छ होला), गुल्मीका प्राञ्जल -हररात सपनीमा) र मालेपाटनकी देवी बराल -मुटु जोडौँ भन्यौ तिमीले) उत्कृष्ट पाँचभित्र पर्न सफल भएको रेडियोका समाचार संयोजक प्रेमनारायण न्यौपानेले जानकारी दिए ।

उत्कृष्ट पाँचभित्रमा पर्न सफल गजलकारलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत नाट्य एकेडेमीका सदस्य-सचिव तीर्थ श्रेष्ठ, रेडियो सराङकोटका प्रबन्ध निर्देशक सुशील पराजुली, कार्यकारी निर्देशक कृष्ण थापा, कविवर तेजनाथ घिमिरेलगायतले नगद, प्रमाणपत्र र मायाको चिनो प्रदान गरेका थिए ।

(Source: NayaPatrika)

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom