Loading

बेकार छ

आँखा राम्रो भएर मात्र के गर्नू!
जब ती आँखाले
कसैको पीडामा आँसु रसाउँदैन भने
अोठ राम्रा भएर के गर्नू?
जब ती अोठले
अरुको खुशीमा शौन्दर्य मुस्कुराउँदैन भने
सलक्क मिलेको नाक भएर मात्र के गर्नू?
जब त्यो नाकले
आत्मियताको वासना थाहा पाउन सक्दैन भने!

मुटु मात्र भएर के गर्नू?
जब त्यो मुटु
पलपल आफ्नै स्वार्थ मात्र ढुकढुकाउँछ भने
फोक्सो मात्र भएर के गर्नु?
जब त्यो फोक्सो
आफ्नै तृष्णा र मायामा मात्रै श्वास-प्रश्वास भइरहन्छ भने
मन मात्र भएर के गर्नु?
जब त्यो मन
नदी सुकेपछिको बगर जस्तो छ भने

आसु बेकार छ
मुस्कान बेकार छ
यो जीवन बेकार छ
मान्छेका नाउँमा मान्छे बाँच्नु बेकार छ!

गाउँको
सम्झ्ाना
विप्लब प्रतीक
मन लाग्छ, फेरि एकपल्ट त्यही गाउँमा जाउँ
र, फेरि एकपल्ट त्यही धुन दोहोर्‍याएर सुनुँ
नदी, पवन र रूखले गाएको मधुर युगल गीत
त्यो इन्द्रेणीले रुझ्ेको मादक गाउँमा।

धेरै दिन भएछ नगएको
र निकै टाढा आएछु म
आफ्नै छायाँलाई छिचोलेर
मेरो स्वरुप बदलिएको यो सहरमा।

त्यो नीलो फूल/त्यो अमृतपानी बोकेर झ्ुल्ने धानका बाला
त्यो न्यानो मखमली घाम/प्रथम प्रेयसीको त्यो पहिलो छुवाई
आँखाको डिलमा शीतल स्पर्श गर्ने जूनको किरण,
आहा, सम्झ्िँदै मनमा आनन्दको रसायन
मात्तिँदै, लाडिँदै झ्रनाझ्ैँ बग्न थाल्छ शरीरभरि।

फेरि छुन मन लाग्छ
परिश्रमले रसाएको पसिना जस्तै पवित्र शीत,
फेरि देख्न मन लाग्छ
अञ्जान मालीले रोपेको रङ्गीन जङ्गली फूलहरू
त्यो प्रकृतिको हरियो गलैँचामा बसेर
खेल्न मन लाग्छ
काला, सेता अनि छिर्बिरे सानासाना पाठाहरूसँग।

एकपल्ट जाउँ न मन,
त्यही गाउँ र सुनौँ फेरि त्यो धुन।

जाउँ फेरि त्यही गाउँ,
जहाँ नदी गाउँछ, जहाँ धरती नाच्छ
र जहाँ गुञ्जिन्छ
पातहरू बताससँग ठोक्किएर
जीवनको सुन्दर कविता।

Segments: 

Comments