बिसे नगर्चीको बयान सार्वजनिक

No votes yet

काठमाडौँ, २८ जेठ । कवि श्रवण मुकारुङको बहुप्रतिक्षित कविताकृति 'बिसे नगर्चीको बयान' पाठकमाझ आएको छ । २०६२-६३ को जनआन्दोलनको क्रममा चर्चाको चुलीमा छाउन सफल कवितालाई शीर्ष कविताको रूपमा कृतिकै नाममा राखिएको कृतिलाई एक अनौपचारिक कार्यक्रमका बीच सार्वजनिक गरियो । कृतिमा कविका यसअघि प्रकाशित दुई कवितासङग्रह देश खोज्दै जाँदा (२०४९) जीवनको लय (२०६१) बाट पनि केही छानिएका रचनाहरू समेटिएका छन् ।

५५ वटा कविता सँगालिएको कृतिमा '९८ को आत्मकथा' शीर्षकको लामो कविता पनि रहेको छ । कविले आफूलाई मन परेका कविताहरू कृतिमा सङ्गृहित गरेको बताएका छन् । साङ्ग्रिला बुक्सले प्रकाशनमा ल्याएको कृतिको मूल्य एक सय ५० रूपैयाँ राखिएको छ ।

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.