Loading

बाल नाटक महोत्सब सम्पन्न

२०६७, फागुन /रासस
शैली थिएटरले आयोजना गरेको दोस्रो सप्ताहव्यापी बाल नाटक महोत्सबमा नाटक 'खैराती मास्टर' उत्कृष्ट भएको छ । महोत्सबमा सहभागी १० नाटकमध्यबाट यो नाटक उत्कृष्ट भएको हो । उत्कृष्ट भए बापत यो नाटकले पाँच हजार रुपैया पुरस्कार राशी रहेको 'बाल कोसेली बेस्ट ड्रामा अवार्ड' जितेको छ ।

हृद्धयचन्द्रसिंह प्रधानद्धारा लेखिएको यो नाटकलाई आरम्भ थिएटरले प्रस्तुत गरेको थियो । जसमा गोपाल अर्याल, कमल अधिकारी, प्रवेश सिन्धुलीया, सविना बडाल, जीवन बराल, तनुश्री वाग्ले लगायतले अभियन गरेका थिए ।

यस्तै उत्कृष्ट निर्देशक भने नाटक भोलाबाट टँक चौलागाई भएका छन् । उत्कृष्ट निर्देशक भए बापत चौलागाईले पाँच हजार रुपैया राशी रहेको 'चेखब बेस्ट निर्देशक' अवार्ड जितेका छन् । भ्यालीभ्यू स्कुलले प्रस्तुत गरेको नाटक भोला बाल मनोविज्ञानमा आधारित थियो ।

यस पटकको बेस्ट एक्टर भने नाटक तर कोपिला फक्रेनबाट अनैडा नकर्मी भए । बेस्ट एक्टर भए बापत उनले पाँच हजार रुपैया राशीको 'राजिब दवाडी बेस्ट पर्फेन्स अवार्ड' प्राप्त गरे ।

यो नाटकको निर्ण्ाायकमा बाल साहित्यका शान्तदाश मानन्धर र प्राज्ञ कृष्ण शाह 'यात्री' थिए ।

गत बिहिबारबाट सुरु भएको यो नाटक महोत्सब बुधबारबाट सकिएको छ । बुधबार महोत्सबको समापन समारोहमा नाटक सुनौलो माछा मञ्चन गरिएको थियो । यो नाटक रसियन साहित्यकार अलेक्सेन्डर पुस्किनले लेखेका हुन् । शैली थिएटरले मञ्चन गरेको यो नाटकको नवराज बुढाथोकीले निर्देशन गर्दैछन् । एउटा सुनौलो माछाले जे पनि दिने भएपछि लोभमा परेर एकजना माझीका श्रीमती महारानी बनेको घटनामा आधारित यो नाटक निकै रमाईलो थियो ।

Segments: 

Comments