बहुभाषी कवि गोष्ठी सकियो

नेपालगन्ज/रासस- स्थानीय रूपमा विभिन्न साहित्यिक संघ/संस्थाहरूको चरम विरोधका बाबजुद नेपाल प्रज्ञा प्रतिष्ठान र मध्यपश्चिमाञ्चल स्रष्टा समाजद्वारा तीन दिनअघिदेखि नेपालगन्जमा सञ्चालनमा ल्याइएको कथा तथा बालकथा कार्यशाला एवं बहुभाषी कवि गोष्ठी सकिएको छ ।

बाँके, बर्दिया, दाङ, सर्ुर्खेत, कैलाली र कञ्चनपुरका गरी ९० जना कथा प्रशिक्षार्थी साहित्यकार सहभागी रहेको कार्यशालामा कथाका सैद्धान्तिक पक्षहरूका बारेमा कथाविज्ञ प्रा.डा. दयाराम श्रेष्ठ तथा बालकथाविज्ञ, पत्रकार अनन्त वाग्लले सहभागीहरूलाई प्रशिक्षण दिनुका साथै लेखन अभ्यास गराइएको थियो ।

उर्दु गजलकार अब्दुल लतिफ शौकको सभापतित्वमा सम्पन्न कवि गोष्ठीमा अवधि, उर्दु, संस्कृत, मगर, हिन्दी तथा नेपाली भाषाका गीत, गजल, कविता सुनाइएका थिए ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव सनत रेग्मी, प्राज्ञ भाउपन्थी, प्रा.डा. श्रेष्ठ, प्राज्ञ डा. वेन्जु शर्मा, साहित्यकार रामबाबु सुवेदी, अनन्त वाग्ले, सिर्जन लम्साल, श्रेष्ठ प्रिया पत्थर, खगेन्द्र गिरी कोपिला, दीपक सल्मानी, भोजराज शर्मालगायतले मन्तव्य तथा रचना वाचन गरेका थिए ।

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom