बनको बाँसुरी

आँसु झारी धरधरी छाती चिरी चरचरी
यो बनमा आज लौ कसको खुल्यो बाँसुरी

माला मैले गाँसेछु आज कसको मायाले
लुकाई लुकाई राखेछु आज कसको छायाँले

मनभित्र ढुकढुकी बेसी हान्यो छातीले
छाती मेरो उधारी हेर्ने हुन् कि साथीले

Author
Segments