Loading

बद्री ओझाका कविता र गीतहरू विमोचित

काठमाडौँ, १३ जेठ । 'बद्री ओझाका कविता र गीतहरू' पुस्तकको राजधानीमा आयोजित एक कार्यक्रममा विमोचन तथा अन्तर्क्रिया गरियो । अनाममण्डली सिर्जना यात्राले प्रकाशन गरेको कृतिमाथि हेमनाथ पौडेल, कृष्‍ण धराबासी र देवी नेपाल लगायतले टिप्पणी गरे । कवि ओझाले पनि आफ्नो सिर्जनायात्रा र विमोचित कृतिबारे मन्तव्य राखेका थिए ।
 
कवि ओझाको यसअघि श्रीमद्‌भगवद्‌ गीताको लोकलय झ्याउरेमा अनूदित पुस्तक बद्रीगीता लोकलहरी प्रकाशनमा आइसकेको छ ।   
Segments: 

Comments