प्रेमप्रकाश मल्लको नाममा पुरस्कार स्थापना गरिने

फेब्रुअरी ४, बाँके / नेपाली साहित्य र संगीतका धरोहर प्रेमप्रकाश मल्ल मधुकरको सहयोगार्थ नेपालगाजमा बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ। चर्चित राष्ट्रिय कलाकारको उपस्थितिमा मधुकरको सहयोगार्थ सांस्कृतिक कार्यक्रम हुन लागेको हो। बागेश्वरी असल शासन क्लब र कैलालीको फूलबारी एफएमको संयुक्त आयोजनामा आगामी माघ २८ र २९ गते बृहत् सांस्कृतिक कार्यक्रम हुने नेपालगाजमा आयोजित पत्रकार सम्मेलनमा जनँइएको छ। सांस्कृतिक कार्यक्रमका साथै सो अवसरमा कलाकार र सरकारी कार्यालयका प्रमुखका बीचमा मैत्रीपूर्ण फुटबलसमेत हुने आयोजकले बताएका छन्। माघ २८ गते अपरा³न ३ बजे किचन हटमा विशेष सांस्कृतिक कार्यक्रम र २९ गते महेन्द्र रंगशालामा खुल्ला सांस्कृतिक कार्यक्रम तथा राष्ट्रिय स्तरका कलाकार र बाँकेका सरकारी कार्यालय प्रमुखका बीचमा मैत्रीपूर्ण फुटबल हुने आयोजकले बताएका छन्। कार्यक्रममा संकलित रकमबाट २ लाख रुपियाँ नगद कार्यक्रममै मल्ललाई प्रदान गर्ने र खर्चबाट बचेको बाँकी रकम एक अक्षयकोष खडा गरी प्रेमप्रकाश मल्ल मधुकर राष्ट्रिय प्रतिभा पुरस्कार स्थापना गर्ने आयोजक बागेश्वरी असल शासन क्लबका निर्देशक नमस्कार शाहले जानकारी गराए। हरेक वर्ष मल्लको जन्मदिनको अवसर पारेर राष्ट्रिय स्तरका स्थापित साहित्य र कला क्षेत्रका दुई जना स्रष्टालाई सम्मान गरिनेछ। कार्यक्रमबाट करिब १५ लाख उठ्ने आशा गरिएको छ। कार्यक्रममा राजेश हमाल नम्रता श्रेष्ठ करिश्मा मानन्धर रेजिना उप्रेती राजेन्द्र खड्की विराज भट्ट शिव परियार प्रमोद खरेल बद्री पंगेनी माजु पौडेललगायतको सहभागिता रहनेछ। २०५९ सालमा बागेश्वरी असल शासन क्लबको संयोजनमा मल्ल सहयोगार्थ सांस्कृतिक कार्यक्रम गरी ४५ हजार रुपियाँ मल्ललाई सहयोग हस्तान्तरण गरिएको थियो। (स्रोत: नेपाल समाचारपत्र)

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom