Loading

प्रलेसले बृहत् साहित्यिक गोष्ठी गर्ने

२०६७ - माघ - १६, दाङ/रासस
प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले दाङ जिल्लामा बृहत् साहित्यिक कार्यक्रम गर्ने भएको छ । प्रलेस दाङ शाखाको बैठकले आगामी चैतमा घोराहीमा यस्तो कार्यक्रम गर्ने निर्ण्र्ाागरेको हो ।

दाङ शाखा अध्यक्ष रामप्रसाद जैसीको अध्यक्षता एवं केन्द्रीय सदस्य पद्मप्रसाद शर्माको प्रमुख आतिथ्यमा बसेको बैठकले आगामी १९ चैतमा 'नेपाली साहित्यमा प्रगतिवाद' र 'दाङको प्रगतिशील साहित्य र चुनौतीहरू' विषयमा विचार गोष्ठी गर्ने निर्ण्र्ाागरेको हो ।

बैठकले 'नेपाली साहित्यमा प्रगतिवाद' विषयमा आधारपत्र तयार पार्ने जिम्मा प्रलेसका पूरवकेन्द्रीय महासचिव साहित्यकार अमर गिरीलाई र 'दाङको प्रगतिशील साहित्य र चुनौतीहरू' विषयमा आधारपत्र तयार गर्ने जिम्मा प्रलेसका केन्द्रीय सदस्य पद्मप्रसाद शर्मालाई दिएको छ ।

Segments: 

Comments