न्यानो न्यानो घाम थियो फूलैफूलको याम थियो

न्यानो न्यानो घाम थियो फूलैफूलको याम थियो ।
जुन फूल टिप्न खोजें त्यसमा तिम्रो नाम थियो ।

मायालाई पुजेँ मैले तिमीलाई नै देवी ठानेँ
जहाँ तिम्ले पाउ टेक्यौ, त्यहीँ मेरो धाम थियो ।

तिमीलाई देखेपछि, नियत खराब हुन्न कस्को
तिमीलाई हर्न खोज्ने, रावण हैन राम थियो ।

सबै भए पराई मैले माया गर्दा तिमीलाई
मेरो बैरी मेरै घर, अनि मेरै गाम थियो ।

किन सार्है मन दुख्यो भनी छाती खोली हेर्दा
मुटुभरि पिरतीको चोटको निलडाम थियो ।

जस्तो पनि चल्छ भन्छन् माया अनि लडाईंमा
मलाई टाढा बनाउने भन्छन् तिम्रै काम थियो ।

धनले सबै किन्न हुन्छ भन्ने सोचाइ कसको होला
'करुण'लाई किन्नलाई खामभित्र दाम थियो ।

Segments: 
Author: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom