नेपाली वाङ्मयको अभिन्न अङ्ग 'मधुपर्क'

No votes yet

- रोचक घिमिरे

ठूलो उत्साह र उमङ्ग लिएर प्रकाशित हुनु अनि अल्प अवधिमा नै बिलाउनु नेपालका साहित्यिक पत्रिकाको साबिक रोग हो । वि.सं. १९५५मा प्रकाशित 'सुधा सागर' देखि लागेको यो सरुवा रोगले अहिलेसम्म साहित्यिक पत्रिकालाई गाँज्न छोडेको छैन । यस रोगको शिकार भएर कयौँ साहित्यिक पत्रिका हुर्कन नपाउँदै मृत्युवरण गर्न वाध्य भएका थुप्रै उदाहरण छन् तर वि.सं.२०२५ साल जेठदेखि प्रकाशन प्रारम्भ भएको 'मधुपर्क' अनेकौँ बाधा अवरोधका खाल्डा पार गर्दै आˆनो निरन्तरता कायम राख्न सफल भयो र आज ५०० अङ्क प्रकाशनको स्थितिसम्म आइपुगेको छ । नेपालको साहित्यिक पत्रकारिताका क्षेत्रमा यसलाई ठूलै उपलब्धि मान्नुपर्दछ । नेपाली साहित्यिक क्षेत्रमा यस पत्रिकाले गरेको सेवा ऐतिहासिक रहेकोमा कुनै शङ्का छैन ।

'मधुपर्क' प्रकाशनको आरम्भमा मेरो पनि प्रसङ्ग गाँसिएको रमाइलो स्मृति यहाँ उद्घाटित गर्नु सान्दर्भिक ठहरिएला । 'रचना' पत्रिका वि.सं.२०१८ सालदेखि प्रकाशित हुन थालेको हो । सम्पादक र प्रकाशकमा मेरो नाम दर्ता भए पनि मेरा मित्रहरू भैरव अर्याल र रमेश विकलको पर्याप्त सहयोग त्यसबेला 'रचना'ले पाएको थियो । पछि सम्पादक मण्डलमा नै सामेल भएर पनि पत्रिकालाई स्तरीय बनाउन मित्रहरू लागि परे । पत्रिकालाई नियमितता दिन अहिले त कठिन छ भने त्यो बेलाको झन् कुरै नगरौँ Û 'रचना' पनि धर्मराउँदै मुस्किलले निस्किरहेको थियो । वि.सं. ०१७ सालको 'रूपरेखा' र वि.सं.०१८ सालको 'रचना' बीच सामग्री चयन र स्तरीयतामा कडा प्रतिस्पर्धा हुन्थ्यो त्यो बेला । पाठकको माया पनि कमाएका थिए यिनले । यस्तै स्थितिमा गोरखापत्र करपोरेसनले पनि एउटा साहित्यिक पत्रिका प्रकाशित गर्ने तयारी गरेछ । अवसरलाई उपयोग गर्दै भैरव अर्यालले 'रचना' को सङ्कटमोचन गर्ने उपाय सोचेछन् । रमेश विकलसँग पनि त्यसबारे उनको सल्लाह भएछ । वि.सं. २०२४ सालको हिउँदताक जनकपुरमा बसिरहेको मलाई भैरवले काठमाडौँ झिकाए । म आएपछि उनले आˆनो योजना सुनाउँदै भने-"'रचना'लाई नियमितता दिन हामीलाई निकै सकस परिरहेछ । 'रचना' लाई टिकाउने एउटा राम्रो अवसर आएको छ, तिम्रो स्वीकृति पाए हाम्रो पत्रिका फस्टाउँछ र निरन्तर चलिरहन्छ ।" कुरा खुलस्त पार्दै उनले भने-''गोरखापत्रबाट एउटा साहित्यिक पत्रिका निकाल्ने निधो भएको छ । नयाँ पत्रिका निकाल्नुभन्दा चलिरहेकै राम्रो पत्रिका लिएर निकाल्नु बेस हुन्छ भन्नेबारे मैले सम्पादकज्यू -गोपालप्रसाद भट्टराई)लाई आश्वस्त पारें । 'रचना' दिने हो भने म करपोरेसन बोर्डलाई मनाउँछु तपाईंहरू कुरा मिलाउनुस् भन्नुभएको छ ।'' भैरवले 'रचना' लाई स्थायित्व दिनेबारे राम्रै सोचेर यस्तो प्रस्ताव ल्याएका थिए तर आˆनो नाम र अस्तित्वसँग गाँसिएको पत्रिकाको हक छोड्ने कुरामा म सहमत हुन सकिनँ । उनले मलाई प्रभावित पार्न अझ भने-''गोरखापत्रले प्रकाशन गरे पनि सम्पादकमा तिमीलाई नै राख्ने सल्लाह सम्पादकजीसँग भएको छ । हामी यो मौका नगुमाउँ, तिमी अझै सोच Û''

भ्ौरवको प्रस्ताव मलाई पचेन । त्यो बेला गोरखापत्रमा आˆना सहकर्मी नारायणबहादुर सिंहसँग पनि यसबारे सल्लाह गरौँ भनेर मलाई भैरवले लिएर गए । नारायणजीका अगाडिसमेत उनले तिनै कुरा दोहोर्‍याएर भने-''पत्रिका नियमित हुने, प्रकाशनको झञ्झट आफूले बेहोर्नु नपर्ने, आˆनै पत्रिकाको सम्पादकका रूपमा राम्रो जागिरसमेत पाइने Û यस्तो प्रस्ताव पनि रोचकजीलाई मन परेन, सम्झाइ दिउ"m न माड्साब Û'' मैले जतिसुकै राम्रो प्रस्ताव भए पनि किमार्थ 'रचना' को प्रकाशनाधिकार नछाड्नेÙ निकाल्न नसके बरु बन्दै गर्नेÙ जागिरे सम्पादक भएर 'रचना' लाई टिकाउने कुरा आफूलाई स्वीकार्य नहुने नारायण बहादुरजीलाई पनि भनेँ । उहाँले कुरा सुनेपछि मेरै समर्थन गर्नुभयो र भन्नुभयो-''भैरवजी Û यसमा रोचकजीलाई कर नगर्नुस् । 'रचना'लाई जागिरसँग साटेर आˆनै पत्रिकाको जागिरे सम्पादक हुँदा उहाँको प्रतिष्ठा कहाँ रहन्छ Û'' हाम्रो छलफल चल्दापछि दाताराम शर्मा र ऋषभदेव शास्त्री पनि आइपुग्नुभयो । उहाँहरूले पनि मेरो र नारायणबहादुर सिंहकै समर्थन गर्नुभयो । यसपछि भैरव अर्यालको पनि चित्त बुझ्यो र त्यो प्रसङ्ग टुङ्गिएथ्यो ।

यस अध्यायको समाप्तिपछि वि.सं.२०२५ साल जेठमा मासिकरूपमा 'मधुपर्क' प्रकाशन आरम्भ भयो । त्यसवेला सम्पादकमा गोपालप्रसाद भट्टराई र सहायकमा नारायणबहादुर सिंह, दाताराम शर्मा र भैरव अर्यालको नाम थियो । 'विविध विषययुक्त मासिक प्रकाशन' भनिए पनि साहित्यिक सामग्रीकै आधिक्य हुन्थ्यो 'मधुपर्क' मा । एक प्रतिको १।५० र वाषिर्क ग्राहक दर रु.१५।- भएको 'मधुपर्क' छपाइ, कागज र सामग्री चयनका दृष्टिले स्तरीय हुने गर्दथ्यो । नाम अनुसार स्वादिला सामग्रीका चास्नी चाख्न पाइने 'मधुपर्क' विस्तारै लोकपि्रय हुँदै गयो र आज नेपाली वाङ्मयसँग यो अभिन्नरूपले गाँसिन पुगेको छ । नेपाली भाषा-साहित्यसँग अद्यावधिक हुन चाहनेले 'मधुपर्क' पढ्नु नै पर्दछ । यसमा प्रकाशित सामग्रीबाट नेपाली साहित्यको प्रगति र विस्तारको वास्तविक स्वरूप अवगत गर्न सकिन्छ । धेरै प्रतिभालाई 'मधुपर्क'ले ठाउँ दिएर नेपाली साहित्यमा सुपरिचित गराएको छ । भैरव अर्याल, नारायणबहादुर सिंह र दाताराम शर्मा जस्ता कुशल साहित्य शिल्पीको सम्पादन सामथ्र्यको आडभरोस पाएर 'मधुपर्क' प्रारम्भिक कालमा नै पाठकमाझ लोकपि्रय बन्न सफल भयो । पछिका सम्पादकहरू पाठकीय रुचिका समयानुकूल स्तम्भ र सुपाठ्य सामग्रीले सज्जित पारेर 'मधुपर्क'को लोकपि्रयता बढाउन झन् दत्तचित्त भए । फलस्वरूप यस पत्रिकामा रचना छापिनु स्रष्टाहरूले प्रतिष्ठाको विषय ठान्न थाले । स्रष्टाहरूको पूर्ण सहयोग 'मधुपर्क'ले पाइरहृयो । यदाकदा सामग्री चयनमा हेलचेक्र्याइँ र पक्षपातको आरोप 'मधुपर्क'लाई पनि लाग्ने गरेको हो । 'मधुपर्क'का सँगाती अरू साहित्यिक पत्रिकाले पनि यस्तो अपवाद बेहोर्नु परेकै छ । 'मधुपर्क' सरकारसम्बद्ध संस्थाबाट प्रकाशित पत्रिका हो । अतः यसले अरू निजी क्षेत्रका पत्रिकाले जस्तो अत्यधिक स्वतन्त्रता उपभोग गर्न निश्चय नै सक्तैन । यसका केही सीमारेखा अवश्य होलान्, जसलाई नाघ्नु सहज हुँदैन तर पनि पाठकीय मन-मस्तिष्कलाई झकझक्याएर स्थायी प्रभाव पार्न सक्षम प्रभावोत्पादक सामग्री प्रकाशनमा 'मधुपर्क'ले साहस गरेका उदाहरण प्रशस्त छन् । आˆना प्रकाशित सामग्रीका उत्कृष्ट सर्जकलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने प्रथा पनि चलाएको छ, यस पत्रिकाले । प्रतिभाको सम्मान गर्ने सार्थक र स्वागतयोग्य कदम हो यो ।

न्ोपालको सन्दर्भमा मात्र होइन, विश्व परिवेशमा नै साहित्यिक पत्रिका प्रकाशनलाई निरन्तरता दिनु ज्यादै कठिन र दुःसाध्य भएको छ अचेल । नेपालका कतिपय प्रतिष्ठित स्तरीय साहित्यिक पत्रिकाले आफूलाई निरन्तरता दिन सकेनन् । शारदा, प्रगति, रूपरेखा आदि यसका उदाहरण हुन् । 'शारदा' ले पुनपर््रकाशन थाले पनि दिगो हुन सकेन । 'प्रगति'को पनि त्यस्तै गति भयो । 'रूपरेखा'का सञ्चालकहरू आˆना सम्पादकको स्मृतिलाई जीवन्त पार्न 'उत्तम शान्ति पुरस्कार'को गतिविधितर्फ लागे । पत्रिका बन्द भए पनि यसलाई चाहिँ सार्थक प्रयत्न नै मान्नुपर्दछ । 'मधुपर्क'का समकालीन -वि.सं.२०२५) साल र केही अघिपछि प्रकाशित विशुद्ध साहित्यिक पत्रिकाहरू-अरूणोदय, कल्पना, दर्पण, पारिजात, मन्त्र, मर्यादा, रत्नश्री आदि थुप्रै अहिले अस्तित्वमा छैनन् । नेपाली, रचना, भानु, अभिव्यक्ति, अन्तध्र्वनि -दाङ) जस्ता केही साहित्यिक पत्रिका चाहिँ सम्पादक/प्रकाशकका समर्पणभावले मात्र अहिलेसम्म टिकिरहेका छन् । हाम्रै छिमेकी भारतका समेत कतिपय चर्चित साहित्यिक पत्रिकाको अहिले अत्तोपत्तो छैन । ज्ञानविज्ञान र मनोरञ्जनका विद्युतीय माध्यमहरूको चरम विकास र तिनमा मानवको सहज पहुँच हुने प्रणालीले पनि छापा-माध्यमका विशुद्ध साहित्यिक पत्रिकालाई दुष्प्रभाव परेको यथार्थ स्वीकार्नु पर्दछ । 'मधुपर्क'ले पनि बेलाबेलामा प्रकाशन सङ्कट बेहोर्नुपरेको अनुमान गर्न सकिन्छ । यसको आकार-प्रकार, कागज, छपाइ सधैं एकनास रहेन । सुरुको बेलामा 'मधुपर्क' पढेका पाठकलाई पछिका अङ्क पढ्दा तिनको मुद्रण, प्रकाशन खस्केको देख्ता बैराग लागेर आउँछ । गोरखापत्रकै अरू सहप्रकाशन गतिलो कागज र स्तरीय साजसज्जामा निस्कनु तर 'मधुपर्क' न्यूज पि्रन्टमा साज सज्जाहीन, रङ्गहीन, फुङ्ग उडेको कलेवरमा प्रकाशित हुनुले साहित्यलाई गोरखापत्र संस्थानले पनि अनुत्पादक ठान्दछ भन्ने आभास दिन्छ । बेलाबेला 'मधुपर्क' प्रकाशन बन्द गर्ने बहस पनि संस्थान सञ्चालकहरूमा चल्ने गरेको चर्चा बाहिरसम्म चुहिने गर्दछ । यस्तो सुन्नुपर्दा साहित्यका सुधी पाठकहरूमा चिन्ता र निराशा छाउनु स्वाभाविकै हो ।

भाषा र साहित्यलाई संरक्षण दिनु राष्ट्रको कर्त्तव्य हो । राष्ट्रिय चेतनाका संवाहक हुन् साहित्यिक पत्रिका । यिनमा लगानी गर्नु निरर्थक ठानेर यी पत्रिकाको घाँटी थिच्न अग्रसर हुने हो भने नेपाली वाङ्मयको गति नै अवरुद्ध हुन्छ र राष्ट्र चेतनाहीन भएर आदिम स्थ्ितिमा पुग्न बेर लाग्दैन । भौतिक उन्नतिलाई मात्र प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने हो भने त्यस्तो राष्ट्र समृद्ध र विकसित हुनै सक्तैन । चेतना र संवेदनाशून्य राष्ट्र सभ्य र सुसंस्कृत कहलाउन सक्तैन । यी कुरालाई गोरखापत्र संस्थानले हृदयङ्गम गर्नु आवश्यक छ । आˆना अरू बिकाउ प्रकाशनबाट आएको नाफाको केही अंश भाषा-साहित्यको संरक्षणमा लगाएर त्यस क्षेत्रको विकासमा समर्पण र सेवाभावले लाग्नु गोरखापत्र संस्थानको कर्तव्य ठहरिन आउँछ । यसो भए स्तरीय कागज, आकर्षक साजसज्जा, रङ्गीन प्रकाशन र गहकिला सामग्रीयुक्त 'मधुपर्क' प्रकाशन हुने सहज वातावरण बन्ने निश्चित छ । बिक्री-वितरणमा पनि यसबाट सार्थक प्रभाव पर्नेछ । वाङ्मयको विकासमा व्यापारिक घाटाको अवरोध तेस्र्याउने सङ्कुचित मानसिकता त्याग्नु सार्थक र स्वस्थकर ठहरिन्छ । मानवीय चेतना आलोकित पार्ने भाषा, साहित्य, कला र संस्कृतिको उत्थानमा गरिने लगानीले राष्ट्र र जातिको समग्र प्रगतिमा सञ्जीवनीको काम गर्दछ । यस्ता कुरामा नाफा र नोक्सानको अवधारणा ल्याइनु राष्ट्रिय उत्थाननिम्ति प्रतिकुल हुन्छ । साहित्य र साहित्यिक पत्रिकाप्रति राष्ट्रको यस्तै दृष्टिकोण रहनुपर्दछ ।

'मधुपर्क' बारेका उपर्युक्त धारणापछि नेपाली साहित्यिक पत्रकारिताबारे सङ्क्षिप्त चर्चा यहाँ आवश्यक पर्दछ । नेपाली साहित्यिक पत्रकारिता उमेरको हिसाबले ११२ वर्ष पुग्यो । वि.सं.१९५५ साल साउनमा प्रकाशित 'सुधासागर' निस्केको तीन वर्षपछि वि.सं.१९५८ सालमा समाचारपत्रको रूपमा 'गोरखापत्र' छापिन थालेको हो । यस अर्थमा नेपालको पत्रकारिता साहित्यिक पत्रारिताकै जगमा उभिएको यथार्थ छर्लङ्ग हुन्छ तर नेपालको आदि पत्रकारिता भएर पनि साहित्यिक पत्रकारिताको अपेक्षित विकास नभएको पीडा यस क्षेत्रले भोग्नु परिरहेको छ । जुनसुकै कालमा पनि राज्यको प्रश्रयबाट नै साहित्य र स्रष्टाले विकासको अवसर पाएका तथ्य बिर्सनु हुँदैन । कालक्रमको परिवर्तनसँगै राष्ट्रको जिम्मेवारी बोकेका नीति निर्माताहरूमा साहित्यिक क्षेत्रलाई अनुत्पादक ठान्ने प्रवृत्ति मौलाउँदै गयो । यसको दुष्प्रभाव साहित्यिक पत्रकारितामा बढी पर्‍यो । साहित्यिक पत्रिकाले राष्ट्रबाट विज्ञापन नपाउने, सहयोग नपाउने, कुनै पनि प्रोत्साहन नपाउने, केवल अखबारी पत्रकारिता नै पत्रकारिता ठानिने र विज्ञापन-सहयोग-प्रोत्साहनको अवसर पनि त्यस क्षेत्रले मात्र उपभोग गर्न पाउने स्थिति बन्यो । यसबाट साहित्यिक पत्रकारिता सङ्कटको भासमा पर्नु स्वाभाविकै थियो । यस्तो विभेदको अन्त्य र समान अधिकार प्राप्तिका निम्ति साहित्यिक पत्रकारहरूले दशकौंदेखि गर्दै आएको सङ्घर्षपछि मात्र प्रेस काउन्सिलमा प्रतिनिधित्व पाएका थिए र बल्ल अब साहित्यिक पत्रिकाले पनि सूचना विभागबाट नियमित सरकारी विज्ञापन र नेपाल प्रज्ञा प्रतिष्ठानबाट आर्थिक सहयोग पाउने स्थिति बनेकोे छ । साहित्यिक पत्रकारहरूको छाता सङ्गठन 'नेपाल साहित्यिक पत्रकार सङ्घ' यस क्षेत्रको हकहित संरक्षणका निम्ति निरन्तर सचेष्ट र सङ्घर्षरत रहँदैआएको छ । मासिकबाहेकका साहित्यिक पत्रिकाले हुलाक दर्ता सुविधा अझैँ पाएका छैनन् । पत्रिका वितरणमा यसबाट ठूलो अवरोध आएको छ । त्यस निम्ति पनि सङ्घ प्रयत्नरत रहेको छ । बिक्री-वितरणको भरपर्दो चाँजो अझै मिलिसकेको छैन । नेपाल साहित्यिक पत्रकार सङ्घका अधिवेशन, गोष्ठीहरूमा सक्रिय सहभागिता अनि पारित घोषणापत्र र कार्यक्रमहरू पाठकसमक्ष ल्याउन 'मधुपर्क'ले खेलेको सहयोगी भूमिका साहित्यिक पत्रकारिताको अधिकार प्राप्ति निम्ति अत्यन्त सकारात्मक रहेको छ । साहित्यिक पत्रकारिताले आˆनो प्रगतिको बाटोमा तेर्सिएका थुप्रै काँढा पन्साउन अझै बाँकी छ । अब गणतान्त्रिक नेपालमा साहित्यिक पत्रकारिताका पनि सुदिन आउने आभास चाहिँ पाइन थालेको छ । यसलाई परिवर्तित सन्दर्भको सार्थक स्थितिको विकास मान्नुपर्दछ ।

अन्त्यमा, नेपालको साहित्यिक पत्रकारिताको एक शताब्दीभन्दा बढी लामो इतिहासमा पहिलो पटक ५०० पूणर्ाङ्क प्रकाशित गर्ने ऐतिहासिक गौरव 'मधुपर्क' लाई प्राप्त भयो । सम्पूर्ण साहित्यिक पत्रकारिता क्षेत्रकै निम्ति यो ठूलो गर्वको विषय हो । यसनिम्ति 'मधुपर्क' परिवार र गोरखापत्र संस्थानलाई जति हर्कबढाइँ गरे पनि पुग्दैन । 'मधुपर्क' चिरञ्जीवी होस् र उत्तरोत्तर प्रगति गर्दै जाओस्. यिनै भावनासहित हार्दिक शुभकामना !

(लेखक नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष हुनुहुन्छ / Source: मधुपर्क)

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.