नेपाली कथाहरूको अर्को एउटा संकलन

साहित्यकार राजेन्द्र पराजुलीको सम्पादनमा हालसालै प्रकाशित नेपाली राजनीतिक कथाहरू नामक संग्रहमा नेपाली कथा साहित्यका सुरुसुरुका सफल सर्जक गुरुप्रसाद मैनालीदेखि युवा आख्यानकार नयनराज पाण्डेसम्म ३७ जना लेखकका, सम्पादकका शब्दमा, "विभिन्न समयमा नेपालभित्रकै राजनीतिक उतारचढाव, विसंगति विकृति र राजनीतिक संस्कारगत पक्ष्ालाई विषयवस्तु बनाएर लेखिएका कथाहरू समेटिएका छन् ।" सम्पादक पराजुलीको यो बयानमाथि प्रशस्त विवाद गर्न सकिन्छ । मानवसमाजका प्रायः सबै पक्षमाथि परोक्ष वा प्रत्यक्ष रूपमा गहिरो प्रभाव पार्ने राजनीतिबाट कुनै पनि साहित्यिक रचना अछुतो रहनै सक्दैन । यस पृष्ठभूमिमा यी कथाहरूचाहिँ राजनीतिक हुन्, अरूचाहिँ होइनन् भनेर कित्ताकाट गर्नु निश्चय नै पनि विवादास्पद कुरो हो । जाहेर छ, सम्पादकले यस संग्रहको परकिल्पना नेपाली यौनकथा वा नेपाली द्वन्द्वकथाको नमुनालाई ध्यानमा राखेर गरेका छन् । तर, सम्पादक यसो गर्दा राजनीतिको फलक यौन वा द्वन्द्वको भन्दा व्यापक भएको कुरामा भने ध्यान दिन सकेको देखिएन ।

समयको दस्तावेज नाम दिइएको आफ्नो सम्पादकीय आलेखमा पराजुलीको कथाकार र कथाको छनोट गर्दा आफूले अपनाएको प्रविधि र संकलनका क्रममा आइपरेका समस्याहरूको चर्चा गरेका छन् । साथै, उनले विभिन्न कारणले यस संकलनमा पर्न नसकेका तर उनका विचारमा छुट्न नहुने कथाकारहरूको नामावली पनि दिएका छन् । यसो गरेर सम्पादक पराजुली धर्मफराक हुन चाहेका छन्, जसलाई राम्रो चेष्टा त मान्न सकिन्छ तर त्यसको कदर भने गर्न सकिँदैन । उनले अलिकति बढी मिहिनेत गर्ने कष्ट नउठाएका कारण ती छुट्नै नहुने खालका कथाकारहरूमाथि त अन्याय भएकै छ, संग्रहको समग्र गुणस्तर पनि प्रभावित भएको छ । यति मात्र होइन, सम्पादकले प्रभागीकरण गरे अनुसारका राजनीतिक कथाहरू लेख्ने, उनैले नामावली दिएका कथाकारहरूका यस्ता कथा कुन कुन हुन् र ती कहाँ पढ्न पाइने हो भनेर एउटा पाठक अलमलिने अवस्था पनि यस संग्रहले पैदा गरििदएको छ । संग्रह धेरै मोटो आकार-प्रकारको भएर ती लेखकहरूलाई समावेश गर्न नसकिएको पनि होइन । त्यसैले, समीक्षकका विचारमा नेपाली राजनीतिक कथाहरूका सम्पादक राजेन्द्र पराजुलीले यस संकलनलाई उनैले नामकरण गरेको यस प्रभागमा पर्ने नेपाली कथाहरूको सम्पूर्ण ग्रन्थ बनाउने सुनौलो अवसर केही हदसम्म खेर जान दिएका छन् ।

तर, एउटा संग्रहलाई न पूर्ण मान्न सकिन्छ न त अन्तिम नै । सम्पादक स्वयंले यो ध्रुवसत्यको उल्लेख आफ्नो भूमिकामा गरेका छन् र यस संग्रहमा नपरेका स्थापित र नवोदित प्रतिभाशाली कथाकारहरूका कथाहरू सँगालेर यसको दोस्रो भागको प्रकाशन गर्न सकिने जिकिरसमेत गरेका छन् ।

राजनीतिक कथाहरूको मात्रै संग्रह निकाल्ने भनेर परकिल्पना गरसिकेपछि सम्पादकलाई संग्रहमा परेका कथाकारहरूका पनि सिर्जनात्मक शिल्पका हिसाबले उत्कृष्ट कथाको छनोट गर्ने स्वतन्त्रता प्राप्त हुने कुरै रहेन । प्रभागीकरणको त्यही हदका कारण संग्रहमा कथाकारतिाको कलाको मापोमा अब्बल ठहरनिे कथाहरू थोरै मात्र पर्न सकेका छन् । यहाँ कथा लेखनको कलात्मक शिल्प गौण भएर विषयवस्तुले प्राधान्य पाएको देखिन्छ । विषयवस्तुतर्फ सम्पूर्ण ध्यान केन्दि्रत भएका कारण सम्पादकले तुलनात्मक रूपमा कमजोर कथाकारहरूलाई पनि संग्रहमा हुलेका छन् । राजनीतिक कथा भन्ने प्रभागसँग साहित्यलाई राजनीतिको औजार ठान्ने लेखकहरूको नाइटैदेखिको साइनो हुने हुनाले त्यस्ता लेखकहरूका बिर्सनयोग्य कथाहरू पनि यसमा परेका छन् । सम्पादकले राजनीति गर्ने कुनै पात्र अमूक कथामा आएको छ भने, नारा-जुलुस आदिको प्रसंगले कथामा प्रवेश पाएको छ भने अथवा राजनीतिक बन्दीका रूपमा कुनै कथामा कुनै पात्र जेल गएको छ भने, यस्ता सन्दर्भ जोडिने हरेक कथालाई राजनीतिक कथा मानेर त्यसको कलात्मक पक्षको पडताल नै नगरी संग्रहमा समाविष्ट गरेको देखिन्छ । यो पक्ष संग्रहको टड्कारो कमजोरी भएर देखा परेको छ ।

राजनीतिलाई प्रत्यक्ष सम्बोधन गरेर उच्चकोटीको साहित्य लेख्न असाध्यै कठिन हुन्छ । साहित्यले कलाको आवरण खोज्छ । नारा, उपदेश, आक्रोश, क्ष्ाोभ र पूर्वाग्रह नदेखिने गरी राजनीतिक उतारचढाव र त्यसले समष्टिमा मानवसमाज र व्यष्टिमा व्यक्तिमाथि पार्ने भौतिक, मानसिक प्रभावको मार्मिक चित्रण गर्नसक्नु धेरैको बुताको कुरो होइन । यसैले गर्दा हो, आधुनिक नेपालको इतिहासमा भएका ठूल्ठूला क्रान्ति र राजनीतिक परविर्तनको पृष्ठभूमिमा गर्व गर्नलायक कलात्मक आख्यान धेरै कम्ती मात्र लेखिएको छ । यस यथार्थको आलोकमा सम्पादक राजेन्द्र पराजुलीलाई राम्रा नेपाली राजनीतिक कथाहरूको खडेरीले पक्कै पनि झासेझुसेहरूलाई समेट्नुपर्ने औडाहाको नजिक पुर्‍याएको हुनुपर्छ । अथवा, सम्पादकले राजनीतिक कथाको परभिाषा गर्दा नै सूक्ष्म अनुशीलनलाई पन्छाएर स्थूल विषयमा मात्र आफूलाई केन्दि्रत गर्ने भूल गरेको पनि हुन सक्छ । मधुवन पौडेल, जगदीश घिमिरे, इस्माली, पारजिात, मोहनराज शर्मा, खगेन्द्र संग्रौला, प्रदीप नेपाल, राजव, अशेष मल्ल, ऋषिराज बराल, ध्रुवचन्द्र गौतम, दौलतविक्रम विष्ट, विजय मल्ल, महेशविक्रम शाह, अविनाश श्रेष्ठका उनीहरूकै अरू कथाहरूका तुलनामा निकै कमजोर कथाहरूलाई प्रविष्टि दिनुका पछाडि सम्पादकद्वारा भएको यही भूलले काम गरेको अनुमान गर्न सकिन्छ । माथि उल्लेख गरएिका कथाकारहरूका यी कथाहरूले नेपाली कथा साहित्यलाई अत्यन्त गरबिीको हालतमा प्रस्तुत गर्छन् । यस कोणबाट हेर्दा प्रस्तुत संग्रहले नेपाली कथा साहित्यको खराब छवि प्रदर्शन गरेको छ पनि भन्न सकिन्छ । एउटा सोद्देश्यपूर्ण कामको यस्तो नकारात्मक परण्िााम दुःखदायी विषय हो ।

राजेन्द्र पराजुलीले भूमिका लेख्दा पनि धेरै मिहिनेत गरेको पाइँदैन । तर, प्रस्तुत पुस्तकको सराहनीय पक्षचाहिँ संकलनमा परेका लेखकहरूको संक्ष्ािप्त परचिय दिइएको खण्डलाई मान्न सकिन्छ । यस खण्डले साहित्यका विद्यार्थीहरूलाई ३७ जना कथाकारहरूका बारेमा सर्सर्ती थाहा पाउन धेरै सजिलो पारििदएको छ । समग्रमा नेपाली राजनीतिक कथाहरू नामक यस संकलनको प्रकाशनलाई नेपाली कथाहरूको थप एउटा संग्रह पाठकहरूसम्म आएको सामान्य घटनाका रूपमा साहित्यका विद्यार्थीहरूले लिए भने उनीहरूले अर्घेलो गरेको ठहरँिदैन भन्ने यस समीक्षकको निचोड छ ।
(नेपाल साप्ताहिक)

Segments: 
Author: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom