नेता

जो भए'नि प्रम देशमा हुने केही हैन
दलहरूको झगडाको ओखति केही छैन
एउटा माग्छ राजीनामा अर्को कुर्सी च्याप्ने
सबै दलका नेताहरु च्याखे दाउ थाप्ने ।

सेना समायोजन भन्दै कराउने कोही
प्रम बन्न आँसु झार्ने कोही बनी गोही
अन्तरविरोध चर्काउन कति जान्ने नेता
सहमति र सहकार्यको खालि भिर्ने फेटा ।

ग्र्ने केही पनि हैन जनतालाई ढाँट्ने
सबै नेता नेपालीको दिमाग मात्र चाट्ने
आशंकाले निम्त्याउँछ अर्को ठूलो द्वन्द्व
कति दिन सहने हो तिम्रो नेपाल बन्द ।

उग्रवादी दक्षिणपन्थी भन्दै हिड्ने बानी
जनतालाई झुक्याएर नेता धुस्रे खाती
अस्थिरता-अराजकता फैलाएर हिँड्ने
सिधासाधा नेपाली चै यै कुरामा भिड्ने ।

कोही बन्ने भारतवादी कोही चीनवादी
कुनै पार्टी देखिएन खाँटी राष्ट्रवादी
भत्ता आफ्नो पचाउन सबै गर्ने काम
कस्ता नालायक यिनी हरे कृष्ण हरे राम ।

महङ्गी र संविधानको कुरै उठ्ने हैन
कुर्सी मात्र ठूलो यिनलाई अरु केही छैन
लोकतन्त्रको नाममा खेल्ने पौठेजोरी किन
नेपाली हो सबै मिली यिनलाई घेर्न हिन ।

कहिले बाह्र बुँदे गफ कहिले तीन बुँदे
एस्तै कुरा गरी गरी एक आपसमा जुधे
केही हुन्छ कि यो देशमा भनी आशा गर्दा
दुःख पाए नेपालीले नेता भर पर्दा ।

हाम्रो पनि बुद्धि कस्तो यिनकै कुरा सुन्ने
बानी कहिल्यै भएननि घोरिएर गुन्ने
जो जाको उस्कै पछि इमानदारी राख्ने
सच्चाइलाई न बुझेर यिनकै पछि भाग्ने ।

यस्ता तालले नेपालमा केही हुने हैन
देश कहाँ पुग्न लाग्यो थाहा छ कि छैन
उता राजावादीहरुको जुर्मुराउँदो आटँ
नेताहरुको सधै भरी नालायकी छाँट ।

कुर्सी मात्र प्यारो यिनलाई कहिले बुझ्ने जनता
कसले बुझ्ने नेपालीको मनभित्रको पीडा
संसदलाई लाग्न छैन सुती भत्ता लिँदा
केका लागि सांसद् भए सायद थाहै छैन
यही तालले संविधान बन्ने आधा छैन ।

Segments