देउकी

Your rating: None Average: 3.7 (3 votes)

हिँडाइको क्रममा जब तपाईंं कुनै अक्करको चुचुरोमा पुगेर एकछिन सुस्ताउँदै आफूले हिँडेका पाइतालाका डोबहरू पछ्ाउनु हुन्छ, आफ्नो वरपरका दृश्यहरूमा विहम दृष्टिपात गर्नुहुन्छ। कहाली लागेर आउँछ, अत्यास लागेर आउँछ, त्यस्तो बाटो कसरी हिँड्न सकियो होला? पाइलाका गोरेटाहरूमा उकाली ओह्राली आइ नै रहन्छन्, भिर टाकुरा, फाँटहरू परी नै रहन्छन्, तर जीवनको गोरेटामा त उकाली मात्र छ, चढाइ मात्र छ। गन्तव्य कहाँ छ? थाहा छैन, केवल अनिश्चित दिशातर्फ हिँड्नु छ, मात्र हिँड्नु। हामी सबै व्यस्त छौँ अदृश्य टाकुराको चढाइमा, क्षितिजमा धुमलिएको बिन्दुतिर ........

जीवनको यति लामो गोरेटो पहिल्याउँदै, पछ्ाउँदै, एकक्षण बिसाएर जब म आङ्ग134नो चारैतिर दृष्टिपात गर्छु, आफ्नो जीवनको सिंहावलोकन गर्छु, एउटा विशाल क्यानभास फैलिदिन्छ मेरो चारैतिर। ती चित्रहरूलाई तपाईं देख्न सक्नुहुन्न, छुन सक्नुहुन्न, तर कताकता भित्र मनमस्तिष्कमा ती चित्रहरू सगबगाउँछन्, चलमलाउँछन्।

क्यानभासमा एउटा विस्तृत पहाड, रूखजल, बस्तीहरू छन्। एउटा सम्म परेको डाँडामा मन्दिर छ भगवती मेलौली सैनीको। छेउमै ढयाम्म परेको सिलाको रूख अनि नजिकै ठुलो अग्लो सालोको झुला। यत्रतत्र ससाना काठका किलाहरू गाडिएका छन्, जसमा विभिन्न किसिमका, विभिन्न आकृतिका घण्टहरू झुन्डाइएका छन्, नेजा१, पताकाहरू फरफराइरहेका । मन्दिरको सामुन्ने विशाल चउर छ, केही गाई, भैँसी, बाख्राहरू चरिरहेका । चउरको छेउछाउमा ढुाको गारो र स्लेटले छाएका, कमेरो पोतेका घरहरू छन् बस्ती छ, ढुङ्गा जत्तिकै बलियो शरीर र कमेरो जत्तिकै निर्मल मन भएका देउकीहरूको मेलौली।

हो, तपाईंले पनि सुन्नु नै भएको होला? तल्लो स्वराड, केशरपुर, मेलौली, देहीगाउँ, पेरिस। जे भने पनि हुन्छ। जे नाम दिए पनि हुन्छ। वास्तविकतामा केही फरक आउन्न। बाल्यकालको सम्झना गर्छु। कत्ति रमाइलो थियो, त्यो उमेर, त्यो समय? इजा२, बजै र म मात्र थियौँ। घरमा कोही लोग्नेमानिस थिएनन्। बुवाको अनुहार सम्झन खोज्छु। अनेकौँ अनेकौँ अनुहारहरू आँखामा नाच्न लाग्दछन्। यिनमध्ये, कुनचाहिँ मेरा बुबा हुन्? ठम्याउन सक्दिनँ। निर्क्योल गर्न सक्दिनँ। मेरा कुनै बुबा नै थिएनन्, कोही सिो बुबा नै थिएनन्। आफ्नै नाम दिने, माया दिने। यिनको बुबाको नाम के भनी एकपटक एउटा बाहिरिया मानिसले इजासँग सोधेथ्यो। एकछिन अकमक्किएर इजाले बताउनु भएथ्यो संसार छन्। हो, संसार छन्। यो सँसार छन् कुनै खास व्यक्तिको नाम होइन, जात होइन। कुनै खास व्यक्तिलाई यस नामले लक्षित गर्दैन। असङ्ख् असङ्ख् व्यक्तिहरू जो दुईचार रुपियाँको लोभ देखाएर आफ्नो वासना तृप्त गर्न आउँछन्, ती सबैको सामूहिक नाम हो संसार छन्।

एक्ली छोरी थिएँ। बजै, इजाको प्यार कसैलाई भाग लाग्दैनथ्यो। उनीहरूको माया, स्नेह पोख्ने भाँडो म मात्र थिएँ। बजै निक्कै राम्री हुनुहुन्थ्यो। गोरी, सुलुत्त परेको नाकमुख, हिस्सी परेकी। उहाँ अरूजस्तै घाँघरो३ नलगाई साडी लगाउनुहुन्थ्यो। आफ्नो जवानीमा उहाँले दिल्ली, बम्बै घुमिसक्नुभएको थियो, लाहुरेसँग। यसैले उहाँको बोली वचनमा मिठास थियो, व्यवहारमा शिष्टता। गाउँका इष्टमित्रहरू इज्जत गर्दथे, सल्लाह लिन्थे अनि बाहिरबाट आएका जिज्ञासुहरू देउकीहरूको चालचलन, रीतिस्थिति इतिहास, फाग र लोकगीतका लागि भेट गर्थे। म धेरैजसो उहँासँगै हुन्थेँ। उहँासँगै सुत्थेँ। इजाले त मलाई जन्म मात्र दिनुभएथ्यो, आमा त मेरो उहाँ नै हुनुहुन्थ्यो। रातभरि बजैको काखमा लुटपुटिएर, उहाँको चाउरी परेको छालाका मुजाहरू खेलाउँदै म थुप्रै थुप्रै प्रश्नहरू गर्थेँ, बालसुलभ अनेकौँ जिज्ञासाहरू पोख्थेँ। उहाँ मलाई सहर, रेल, मोटरहरूको कथा सुनाउनुहुन्थ्यो अनि देउकीहरूको नारकीय जीवनको व्यथा बताउनुहुन्थ्यो। म राम्री त छँदै थिँए बजैको प्रभावले बाठी पनि हुँदै गएँ।

दुई हजार चार सालमै यहाँ हाइस्कुल खुलिसकेको थियो। ठकुरीका छोराछोरी तथा अन्य केटाकेटीहरूसँगै मैले पनि काठको पाटीमा कमेराको मसीले क, ख लेख्न सुरु गरेँ। शिक्षा प्रारम्भ भयो। देउकीको छोरीले पढेर के काम? देउकीकी छोरी देउकी नै बन्नुपर्छ। विरोधका गाइँगुइँहरू पनि सुनिए तर मेरी बजैका सामु कसैको सिप चलेन। मेरो स्कुल जान छुटेन। अहिले आङ्गना सँगीसाथीहरूलाई नियाल्छु, कति सुखी, कति सन्तुष्ट देखिन्छन्। ईर्ष्या जागेर आउँछ, उनीहरूको जीवन देखेर। कुनै किसिमको महत्वाकाङ्क्षा, कुनै किसिमको अनुराग छैन। कन्था, खगालो लगाएर, रोटो र छाँछ४, आधा पेट खाएर पनि कति हँसिला, कति खुसिला लाग्छन्? के शिक्षा नै दुःखको मूल त होइन? शिक्षाले चेतना जगाउँछ। स्थितिबोध गराउँछ, स्थितिबोध भएपछि मानिसहरू असन्तुष्ट हुन्छन्, यही असन्तुष्टि नै विषाद, चिन्ता तथा दुःखको जरो हो। सोच्छु, जुन दिन मैल 'क' लेख्न सिकेँ, त्यही दिन बीजारोपण भयो दुःखको।

म आमाको गर्भमा आउनुअघिबाटै समाजले मलाई देउकी बनाउने निर्णय गरिसकेथ्यो। देउकीकी छोरी देउकी नै बन्नुपर्ने नियम चलिसकेथ्यो। दसबर्से उमेरको त्यो घटना आज पनि आँखासामु छर्ल भै प्रस्टिन्छ। जुन दिन म राँगा, बोकाहरूजस्तै भगवतीमा बलि चढाइएथेँ। कति राम्रो हुन्थ्यो होला पञ्चबलिसँगै मलाई पनि नरबलि चढाइदिएको भए। यसरी जीवनमा यातना, वेदना, सास्ती त सहनुपर्ने थिएन? नवरात्रिको बेला चारैतिर दसैँको उम, उत्साह छाएको थियो। भगवतीमा प्रायः सधैँ नै दस बिस राँगाहरू ल्याइन्थे, काटिन्थे। बलि चढाइन्थ्यो निरीह पशुहरूको, जसको रक्तले सिँचेर भगवतीलाई प्रसन्न पार्ने प्रयास गरिन्थ्यो। एक दिन, सायद अष्टमीको साँझ ठुलो जाँत५ लागेको थियो। सैकडौँ राँगा बोकाहरू बलिका लागि बाँधिएका थिए। हज्जारौँ मानिसहरूको कोलाहलमा दमौँ, झ्याली, नरसिाको तुमुल ध्वनिले एउटा विभीषिका, एउटा भयावह वातावरण सिर्जिएको थियो देवीमन्दिरमा। बलिका लागि बँाधिएका पशुहरू संशयी, उत्तेजित भई यताउता हेरिरहेका थिए। मलाई पनि बिहानदेखि नै उपवास राखिएको थियो। नुहाई धुवाई नयँा घँाघरो र चोली लगाएर, हामी सबै जाँत हेर्न गएका थियौँ भगवतीमन्दिरमा। मानिसहरूको घुँइचो थियो। पण्डितहरूको मन्त्रपाठ, घिउ, तिल, जौको हवनले उठेको धुवाँ, म निस्सासिएथेँ। त्यहाँका पुजारीले मलाई एक नयाँ फोलो६ दिँदै पानी ल्याउन अराएका थिए। देवन्वालो७बाट पानी ल्याई मन्दिरको परिक्रमा सकेर मलाई भगवतीको सामु बसालियो। मेरै छेउमा एक अधबैँसे साहूकारजस्तो मान्छे देवीको सामु पलेटी कसी हात अँजुली पारी बसेको थियो। अनि उसको अँजुलीमा पानी, तिल, कुश, फूलपातीका साथै मेरो औँला पनि समाउन लगाएका थिए पुजारीले। विभिन्न मन्त्रहरू पाठ गर्दै, ओम् नम् स्वाहा को उच्चारण साथै उसले देवीमा सल्प दान गरेको थियो। भगवतीको तेल र टिका मेरो माथमा लगाउँदै, पुजारीले भनेका थिए, आजदेखि तँ देउकी भइस्, अब देवीकै चाकरीमा रही तैँले जीवन बिताउनुपर्छ।

म विधिवत् देउकी भएको थिएँ। हामी झगडा गर्दा, रिस उठ्दा भन्ने गर्दथ्यौँ तेरो मुडामै देउताको तेल पडो । आज त्यही गाली ममा चरितार्थ भएको थियो जसलाई दस वर्षीया बालिकाको क्रन्दनले, रुवाइले कहाँ पखाल्न सक्दथ्यो र, कहाँ बदल्न सक्दथ्यो र ।
कालोइ पारो कालोइ झुन्डो, काली गाईको दही छ,
जसोई लेख्यो भावनीले उसोइ, हुन्या रहिछ ।

पाँचसात दिनसम्म रुँदारुँदा मैले आफ्नो भाग्यलाई, आफ्नो नियतिलाई स्वीकारेको थिएँ। पछि थाहा पाएँ, त्यो साहूकारले देवीको भाकल पुरा गर्न इजालाई चार हजार दिएको रहेछ। म त पाल्तु पशुपक्षीहरूजस्तै बिक्री गरिएकी रहिछु। कस्तो हाम्रो जिन्दगी? हामीहरूभन्दा त ती पशुहरू भाग्यमानी हुन्, जसलाई दुईचार चोटमै मोक्ष प्राप्ति हुन्छ। पीडाको अनुभूति एक क्षणका लागि मात्र हुन्छ अनि हुन्छ शान्ति, चिरनिन्द्रा। हामीहरूले त जिन्दगीभरि त्यति नै तड्पिरहनुपर्छ, बाँचुनजेल यातना सहिरहनुपर्छ, अचानामा तेर्सिएर ...

केही मेरो जिद्दीले केही बजैको रहरले मेरो स्कुल जान छुटेन। स्कुल गई नै रहेँ। इजाले अझै जवान नै हुनुहुन्थ्यो। अझै पनि कोही न कोही मानिसहरू बास खोज्दै आउने गर्दथे। यसरी पाहुना आएको दिन हाम्रो घरमा चहपहल हुन्थ्यो। माडा पाक्दथ्यो, मासु पाक्दथ्यो। रक्सी ल्याइन्थ्यो। मलाई यी सब मन पर्दैनथ्यो। घृणा लाग्दथ्यो, तिनीहरूको बीभत्स अनुहार देखेर, तिनीहरूको कुत्सित व्यवहार देखेर म रिसाउँथे, बाझ््दथेँ। तर युगौँदेखि चलिआएको चलन, हाम्रो पेसा, हाम्रो धर्म, नगरी हुन्छ र? के खाने, कसरी खर्च चलाउने? मेरो मुखमा बुजो लाग्दथ्यो। मलाई सम्झना छ, जबजब म कुनै कामले इजाको कोठामा पस्दथेंँ, त्यसबखत अनि दस, बिसको कमाइ थापेर बजैलाई दिँदा मैले इजाको आँखामा कुनै खुसी, कुनै उत्साह पाउन्नथेँ। हृदयभरि ग्लानि, विवशताको आँसु दबाएर बाहिर मेनका, उर्वशीको पाठ गर्नुपर्दथ्यो, इजाले।

म कक्षा आठमा पुगिसकेकी थिएँ। घरधन्दा सगाउँदै, स्कुलको पाठ पनि चली नै रहको थियो। यौवनले चियाउन लागिसकेको थियो ममा। कामपिपासुहरूको अँाखाले मलाई बिझाउन थालिसकेका थिए। मौका पाए उनीहरू स्पर्शसुख बटुल्न खोज्दथे। मानिसहरू विभिन्न निहुँ गरी गरी पिठ्यँु सुमसुम्याउथे, गाला मुसार्दथे। तिनीहरूको पितृतुल्य व्यवहारमा पनि प्रेम, स्नेह होइन, कामका किराहरू, घृणित वासनाका अभिव्यक्तिहरू सगबगाइरहेका हुन्थे। म बुझ्ने भइसकेकी थिएँ। तिनीहरूको बाहिरी आवरण च्यातेर, भित्री तहसम्म चियाउन सक्ने भइसकेकी थिएँ। मलाई यी सबैदेखि वितृष्णा उठ्थ्यो, घृणा हुन्थ्यो। मेरो कक्षामा म एक्ली मात्र केटी भएकीले नजानिँदो त्रासले घेरिरहेको हुन्थ्यो मलाई। जब एक पटक एउटा केटाले मसँग जिस्कन चाह्यो, हातपात गर्न खोज्यो, अनि मलाई स्कुलदेखि नै मन मर्‍यो मैले स्कुल जानै बन्द गरेँ। बजै ज्यादै बुढी भइसक्नुभएको थियो, घरधन्दाको काम इजाले मात्र समाल्न गारो परिरहेको थियो। मैले स्कुल छाडेकामा कसैलाई गुनासो भएन।

स्याल पनि घोर्ले हुन्छ बैँसमा। म कोरली पोथीझैैँ राम्री हुँदै गएँ। भालेहरू पछ्याइरहन्थे मलाई, सिनोको वरिपरि गिद्ध झुम्मिएझंै। यी मानवगिद्धहरू जिउँदो मासु गिजोल्न रुँगिबसेका हुन्थे दाउ पर्खिएर। राजा गिद्ध थियो, पद्म बिष्ट देवीमन्दिरको पुजारीको छोरो। पढ्थ्यो स्कुलमा, खप्पिस थियो गीत हाल्न, मसँग निहुँ पारीपारी बोल्न खोज्दथ्यो। जिस्कन खोज्दथ्यो। हरघडी मलाई पछ्ाइरहेको हुन्थ्यो।

सुनगाडाको माथिल्लो गहुँबारीमा घाँस काट्न लाग्दा उसले गीत हालेको थियो एक पटक
हातलकी घाँस काट्नेई गउँ क्याकि भाँच्ची हई,
त्यो तेरो भरियो जोवन कईकीलाई साँच्ची हई ।
म रिसले डोको त्यहीँ बारीमै फ्याँकेर आएकी थिएँ। त्यपछि धेरै दिनसम्म उसको सामु पर्दैपरिनँ। भैँसी चराउन आयारको सैना, भट्टे खोला, बिप्पे ओडार, तातापानी अनि घरको सेरोफेरो, पानी लिन, पातालको न्वालो, ड्ाडीका न्वालो, सबै ठाउँ सबै बेला पद्मको गीतले मलाई पछ्ाइरहन्थ्यो, मेरो परिक्रमा गरिरहन्थ्यो, मलाई केन्द्रबिन्दु बनाएर। मलाई फकाउन ऊ गाउँथ्यो
हिमान चुली पइरो पड्यो, हिम चुली रडेन
गल्ती भया माफ गरिनु रिसानु पडैन ।

पैसा भएका कामपिपासुहरू इजासँग मेरो मोलभाउ गर्दथे। कोपिला फक्रनुअघि नै उनीहरू पुष्पपत्रहरू, अमृत रसहरू पान गर्न खोज्दथे। यी सब कुराले मेरो मनमा एउटा छटपटी, एउटा उथलपुथल मच्चिइरहन्थ्यो भित्र, छातीभित्र, आत्मामा, कता कता, सम्पूर्ण शरीरभरि। स्कुल छुटेकामा पनि मलाई ठुलो पिर थियो, लाग्दथ्यो पढाइ छोडेर मैले झन् ठुलो भुल गरेँ। मेरो दिनचर्यामा बारी खन्नु, घाँस काट्नु, भैँसी हेर्नु, घरधन्दा गर्नु नै रह्ो, तर पढ्ने चाहना छुटेन। एउटा सानो कागतको टुक्रा फेला पार्दा पनि आद्योपान्त पढ्ने बानीले मेरो बुद्धि झन् झन् तिखारिँदै थियो, विचारमा परिपक्वता आइरहेको थियो। म सधँै सधैँ सुत्नुअघि डायरी लेख्ने गर्दथेँ, जसले मेरो लेखाइ पनि राम्रो हुँदै गएको थियो।

पद्म मलाई प्रेमको संसारमा डुलाउँदै भन्दथ्यो हिँड, भागौं, यो संसारदेखि टाढा, जहाँ तिमी र हामी बाहेक अरू कोही हुने छैन, एउटा बेग्लै संसार हुनेछ, एउटा सुन्दर संसार, जहाँ यहाँको जस्तो लुछाचुँडी, अत्याचार, बलात्कार हुने छैन। हुने छ केवल प्रेम, प्रेम दुई आत्माको मिलन मात्र।
बिस्तारै बिस्तारै उसप्रति मेरो आकर्षण बढिरहेको थियो। जहिले पनि उसको बोलीले, उसको गीत, उसको अनुहार मेरो आँखामा नाँचिरहन्थ्यो। मलाई लाग्थ्यो, म उसको प्रेमको ज्वालामा पिल्सिरहेकी छु।
कति मुर्ख म? एउटी देउकी भएर कत्रो सपना हेर्न लागेकी? कत्रो महच्वाकाङ्क्षा सजाएकी? मन्दिरकी दासी, देवीको सेवामा अर्पित, समर्पित। विलासी लोग्नेमानिसहरूको खेलौना, हाड र मासुको जीवित कठपुतली। मैले प्रेम गर्नु हुन्छ र? मैले बिहा गर्नु हुन्छ र? के देउकीको पनि आत्मा हुन्छ? देउकीले पनि एउटी नारी भएर आफ्नो चोखो माया दिन सक्छे? एउटाकी मात्र भएर रहन सक्छे? हजारौँ, हजारौँ प्रश्नहरू तेर्सिन्थे मेरा सामु, मेरो अघिल्तिर, जसले मलाई बेचैन पार्दथ्यो। मलाई तातो बालुवाको भुमरीमा ङ्गयाल्दथ्यो। म धेरै उग्र हुँदै गइरहेकी थिएँ । म झन्झन् झगडालु र झर्कौली भैरहेकी थिएँ । मेरा यिनै व्यवहारले इजाले मलाई पाहुनासँग सुत्न कर लगाउन सक्नुभएको थिएन, हिम्मत गर्न सक्नुभएको थिएन। केटाकेटी नै छ भनी मनलाई थामथुम पारिरहनुभएको थियो। जेसुकै भए तापनि एक न एक दिन मैले आफ्नो नियति, आफ्नो धर्म स्वीकार्नु पर्नेछ। म सोकेसमा सजाइएकी विलासिताकी वस्तु, मैले एक दिन बेचिनैपर्छ, दसैँको लागि पालिएको खसी मैले एक दिन काटिनैपर्छ। अनि यसै मानसिकतामा मैले निर्णय लिएँ, कुनै अपरिचित, घिनलाग्दो, दुर्गन्धित श्वासको रापमा झोसिनुअघि नै समर्पण गरिदिउँ्क, आफूलाई आफ्नो हृदयसम्राट सामु। सुम्पिदिउँ्क आफूलाई आफ्नो प्रियतमको बाहुलीमा। गोराको रमाइलो पर्वमा म द्यौडा हाल्दथेँ ।
बर पत्यामा घर लायो धौला पाँथरको
केइ इज्जत रन्या हो कि देउकी पाँतरको?

पद्म उत्तर फिराउँथ्यो। हाम्रा उत्तरप्रतिउत्तरहरू सैकडौँ गलाले दोहर्‍याइरहेका हुन्थे, एकअर्काको हातमा हात राख्दै, गीतको बोलमा खुट्टाको ताल दिँदै हामी रात रातभर खेल लगाई बस्दथ्यौँ। जीवनका सुखदुःख, अत्याचार, कुरीतिहरूलाई गीतको रूपमा व्यक्त गर्दै हामी आफ्नो मनको बह पोख्ने गर्दथ्यौँ। हाम्रो खेल त्यो क्षेत्रमा सबैभन्दा राम्रो हुने गर्दथ्यो। हामी देहीमाडौँको जाँत जान्थ्यौँ, त्रिपुरासुन्दरीको जाँत जान्थ्यौँ, प्यानी, महारुद्र, शिवनाथ, सिद्धनाथ कुनै यस्तो ठाउँ रहेन, जहाँ हामी नपुगेका हौँ, हाम्रो गीत नगुञ्जिएको होस्। ऊ जाँतमा मेरो लागि चोली किनिदिन्थ्यो। मथुरावालाको मिठाई किनिदिन्थ्यो। नरिवल गोला किनिदिन्थ्यो। हाम्रो प्रेम हुर्कंदै गयो, झाँगिंदै गयो। हामी घिउ बेच्न जाने निहँुले झुलाघाट जान्थ्यौँ, पिथौरागढ जान्थ्यौँ। रनवन, गाउँसहर हाम्रो प्रेमको सुवासले मगमगाउन लाग्यो। हामी एकअर्कामा विलीन भयौँ। हुने खानेका छोराले देउकी राख्नु कुनै अनौठो कुरा थिएन, हाम्रो समाजमा तर म पद्मकी मात्र एकलौटी भएकीले डाहा गर्नेहरू थुप्रै निस्किए। रिस गरून्, डाहा गरून् मलाई के वास्ता? पद्म मात्र नरिसाए पुग्दथ्यो मलाई।

अनि मेरो सपनाको महल भत्काउँदै पद्मको बिहा भयो। सानो भूकम्प गयो मेरो हृदयमा। मैले यस्तै हुन्छ भनी स्विीकारिसकेकी थिएँ। देउकीको पनि बिहा हुन सक्छ र? मलाई खास डिगाउन सकेन यो घटनाले।

स्वास्नी ल्याएर पनि मप्रतिको आसक्ति, मप्रतिको चाहना उसमा कम भएन। झन्झन् म भनेपछि हुरुक्क हुन थाल्यो। हाम्रै घरमा ऊ धेरैजसो समय बिताउन लाग्यो। मलाई कहिलेकाहीँ लाग्दथ्यो, म कसैको भाग खोसिरहेकी छु, कसैको अधिकारको अपहरण गरिरहेकी छु। मलाई आफूप्रति, आफ्नो पेसाप्रति ग्लानि हुन्थ्यो। म उसदेखि टाढाटाढा हुने प्रयास गर्दथेँ। मेरो यस्तो उपेक्षाले गर्दा ऊ झन्झन् मलाई फकाउने, रिझाउने गर्दथ्यो। ऊ मलाई नयाँनयाँ कपडा दिएर, नयाँ नयाँ गहनाहरू बनाइदिएर भुलाउने प्रयास गर्दथ्यो। इजालाई यी सबै कुरा थाहा भए पनि केही बोल्नुहुन्नथ्यो। बरु उहाँ मलाई प्रोत्साहित गर्नुहुन्थ्यो। उसबाट प्राप्त भएका चिज खुसी खुसी राख्नुहुन्थ्यो। मलाई लाग्थ्यो पद्म ममाभन्दा बेसी खर्च इजाको लागि गर्ने गर्छ, उहाँको मुखमा बुजो लगाउन।

जब पद्मले एक दिन तिन तोलाको नयाँ सुनको गलबन्दी दिँदै, हिँड न दिल्ली भागौँ भनेको थियो। मैले मानिनँ, मलाई लाग्यो ऊ स्वास्नीको गहना चोरेर मलाई खुसी तुल्याउन खोज्दछ। एउटी मजस्तै नारीको अवहेलना, अत्याचार। मलाई अपराधभावले पिरोल्थ्यो, पश्चाताप हुन्थ्यो।

जेसुकै होस्, पद्मको सान्निध्यले मलाई पचासवटाको लुछाइबाट जोगाएको थियो। म आफूलाई भाग्यशाली ठान्दथेँ। मेरो सिनो लुछ्न नपाएका स्यालहरू मुर्मुरिएर बसेका थिए, मसँग डाहा गर्नेहरू स्यालको हुइयाँमा हुइयाँ मिलाउन तम्तयार भइरहन्थे।

कात्तिक पुर्णे देवीको जँात नजिक नजिक आइरहेथ्यो। प्रत्येक वर्षझैँ मेलाका लागि भारत पसेका लाहुरेहरू, कमाइ गर्न गएका देउकीहरू घर फर्किरहेका थिए। चारैतिर उल्लास छाएको थियो। पूजाको समय, मन्दिरको कामले म पनि व्यस्त रहन्थेँ। बिहानदेखि नै नुहाई धुवाई, मन्दिर लिप्नु, पानी ल्याउनु, फूलपातीको व्यवस्था गर्नु मेरै जिम्माको काम थियो। पूजाको एक दिन अगाडिदेखि नै चारैतिरका मानिसहरू ओइरिन लागेका थिए। ध्वजा, नेजा, पताकाहरूको फरफरमा दमौ, नगाडा, नरसिाको तालमा भगवतीको जयघोषले वरपरका डाँडाहरू नै गुञ्जायमान भएका थिए। मानिसहरूको भिडले चउरमा तिलसम्म राख्ने ठाउँ थिएन, लाग्थ्यो चउरभरि एउटा विशाल गलैँचा ओछ्ाइएको छ, जसमा विभिन्न परिधानका असङ्ख्य नरनारीहरूको चित्रण गरिएको छ। एउटा उल्लास, एउटा हर्षोन्माद छाएको थियो मानिसहरूमा। जँातको बेला जिम्वाल परिवारले मात्र मन्दिरको चउरको घोडा चढ्न पाउने पुरानो परम्परा थियो। ठकुरीहरू जँातमा घोडा चढी कुदाउने गर्दथे। अन्य जातिका मानिसहरूले घोडा चउरको तलै राखी नाा खुट्टाले मैदानमा आउनु पर्दथ्यो। ठकुरीहरूलाई जदौ भनी ढोग दिनु पर्दथ्यो। यो चलनलाई बुढाहरूले धानी आए तापनि नयाँ पुस्ताले स्वीकार गर्न गारो मानिरहेको थियो। यसै सिलसिलामा रक्सीले टिल्ल परी लाहुरे रामसिंह नायकले घोडा कुदाएको थियो। चउरभरि, मन्दिरको प्राणमा ........

परापूर्वकालदेखि चलिआएको रीति तोड्ने? देउका भएर घोडा चढ्ने जँातमा? मान्यजनको अवज्ञा गर्ने? बढेको, चढेको? पल्टनको लाहुरे भएँ भन्दैमा त्यत्रो सान देखाउँछ? यस्तालाई सजाय नदिई कहाँ हुन्छ र? ठालू जिम्वाल परिवारहरू यो घटनाले क्षुब्ध भएका थिए । एउटा आगाको फिलुो सल्केको थियो। तनावको वातावरण सिर्जिएको थियो। यसमा केही घिउ थपियो सुनगाडाबाट देवीको चोलो निस्कने दिन। परम्परादेखि नै चेालोलाई अघिबाट नायकहरूले र पछाडिबाट भाटहरूले काँध दिई देवीको मन्दिरमा लग्ने गरिन्थ्यो। त्यस दिन पनि चकडोलमा पूजाको सरसामानहरूका साथै देवीको सुनको आसन, मुकुट, सुन जनै, चाँदीको अम्खोरा, छड, खुकुरी, खुँडा इत्यादि राखिए। धामीमा देवी सवार भइन्। धामी कँाम्न थाल्यो। कँाम्दै चकडोलमा उभियो। दुवै थरीले काँध दिई चकडोल उचाले। धामीको नजर जहाँ जहाँ पर्छ त्यस ठाउँको भलो हुन्छ भन्ने धारणा र परम्परा अनुसार भाटहरूले चकडोललाई आफ्नो गाउँ देखिने चालतिर पुर्याउन पछाडिबाट धकेल्न लागे। नायकहरूचाहिँ चकडोललाई आफ्नै गाउँबिचबाट लैजाने जुक्ति गर्न लागे। यो चलिआएको परम्परा थियो। धक्कामुक्का, तानातान चल्न लाग्यो। चकडोलका घटहरूले भयानक आवाज निकाल्न लागे। जोसिएका कठस्वरहरूबाट निस्किएको जयनादले वातावरण नै थर्किन लाग्यो। चकडोल हुत्तिएर कहिले अगाडि कहिले पछाडि हुन लाग्यो। यसै धक्कमधक्कामा चकडोल हुत्तियो, सामानहरू हुर्रिए। धामी उछििट्टएर एउटाको बुइ चढ्न पुग्यो। देवीका गहनागुरिया, सुन चाँदीका सामानहरू, भेटीका रुपियाँ पैसा सबै यताउता भए। केही सामानहरू फेला परे, केही लुकाइए, केही हराए। अनिष्टमा अनिष्ट थपियो।

यी सबै घटनाहरूले गाउँमा उर्ग्नता छाएको थियो। आरोपप्रत्यारोप चलिरहेथ्यो। आगाको फिलुो शान्त हुन पाएको थिएन। स्वार्थी तत्वहरू पङ्खा हम्किरहेका थिए। अनि फेरि एउटा बतास चल्यो प्यानीको जाँतमा पुजारीको छोराले जुवामा दस हजार हार्‍यो, कहाँबाट त्यतिका पैसा ल्यायो उसले? झुलाघाटमा आठ तोला सुन बेचेको हल्ला पनि चल्यो। देउकी र पद्मे मिलेर देवीको भडार रित्याइरहेका छन्। सार्वजनिक सम्पत्ति हिनामिना गरिरहेका छन्। डढेलो सल्क्यो, आगाका मुस्ला लप्लपाउन लागे। उजुरी पर्‍यो। थाना, अदालत, पञ्चायत, पुलिस, मुद्दा। मन्दिरको सम्पत्ति मासेको आरोपमा हामी चलान भयौँ। दुस्मनहरूले ताली बजाउने मौका पाए। कर्मचारीहरूले पैसा सोहोर्ने बहाना पाए। पुस्तौंदेखि बेथितिसँग राखिएको मन्दिरको सम्पत्ति, हामीहरू फस्यौँ, फसाइयौँ।

पुजारीका छोराले तलाई कति सुनचाँदी राख्न दिएको छ? कहँा कहाँ राखेकी छेस्? कस कसलाई दिएकी छेस्? हजार मुख, हजार प्रश्न। सबैको एउटै चाहना धन, काँचो मासु। जहँा जाऊँ उही अनुहार। उही आँखा। यो लुछाचुँडीमा केही बचेन। गरगहना, धनसम्पत्ति। आश्चर्य लाग्छ यो ज्यान मात्र रह्यो कसरी? बाँच्यो कसरी? हुरुक्क भई किन निस्कन सकेन?

जब देउताको सम्पत्ति मासेको आरोपमा पद्मे जेल पर्यो, मेरो रहे, बचेको एउटा सहारा पनि टुट्यो। म त जिउँदो सिनो भएँ। मासु लुछ्ने काग, गिद्धहरूलाई हात हल्लाएर धपाउने ताकत पनि शेष बचेन ममा। लुछ्नु लुछे, नोच्नु नोचे। मेरो क्रन्दन, मेरो हारगुहार सुन्ने कसले? पानीमा बसेर कसले गोहीसँग दुस्मनी गर्न सक्छ? शुभेच्छुहरू पनि मूक थिए। म त न्वालो थिएँ मैलौलीको? जसलाई पानीको तृष्णा जाग्यो, आयो पानी पियो गयो। अनेकौँ अनेकौँ लोटाहरू, गाग्रीहरू, बाल्टिनहरू चोबलिए। कतिको याद गरूँ? कतिको सम्झना गरूँ? कालीको बगरमा भएका ढुाहरूभन्दा बढी यो छातीमा घाउहरू लागेका छन्। कसलाई देखाउँ? कोसँग पोखूँ?

एक पटक एक भद्र व्यक्ति रक्सीले मत्त भई मध्यरातमा ढोकामा लात हान्न आइपुग्यो। नाइँ भनूँ? सुतेको बहाना गरूँ? भोलि झन् ठूलो आपत् आउन सक्छ, भोलि झन् बढी यस्ता भद्रहरूको थिचाइमा पिसिनु पर्छ। लाचार मैले स्वागत गरेँ बगरको ढुाझैँ लम्पसार परेर। तपाईंं त्यो ढुामा बस्नुहोस्, सुत्नुहोस्, थुक्नुहोस् चाहे पूजा नै गर्नुहोस्। ढुाले केही प्रतिकार गर्छ र? म पनि ढुा थिएँ, तर ममा चेतना शेष थियो। स्वाभिमान शेष थियो। उसले गिजोल्नु गिजोल्यो, लुछ्नु लुछ्यो, रातभरि। जब ऊ सबैतिरबाट तृप्त भयो, जाने बेला आङ्ग134नो खल्तीमा हात हाल्दै मेरो रातभरिको मोल तिर्‍यो, मेरो शरीरको मोल, मेरो आत्माको मोल दियो, उसले एउटा चुरोट, मात्र एक खिल्ली चुरोट। म चुरोट पिउन्नथेँ। धूमपानको लत थिएन। तापनि खुसी खुसी स्वीकारेँ, सँगीको रूपमा, साथीको रूपमा। एउटा चुरोट र मेरो जीवनमा कत्तिको समानता? कत्तिको साम्य थियो? शनैः शनैः जल्दै जानु अरूलाई तृप्ति दिँदै आफ्नो मृत्यु निम्त्याउँदै जानु? आह, चुरोट? मेरो जीवन एउटा चुरोटभन्दा बढी थिएन? मेरो मोल एउटा चुरोटभन्दा ज्यादा थिएन? मेरेा जीवन एउटा चुरोट थियो ठुटिँदै गएको। मेरो जीवन एउटा ढुा थियो, बगरमा मिल्किएको।

बाहिरबाट पनि थुप्रै मानिसहरू आउने गर्दथ,े खास गरेर कर्मचारीहरू। कोही निरीक्षण गर्न, कोही तालिमका लागि उम्मेदवार छनौंट गर्न, कोही ऋण लगानी गर्न, कोही ऋण असुली गर्न। कत्तिकत्ति निहँु हुन्थ्यो सम्भाव्यता अध्ययन, तथ्य संकलन। सबैको चाहना हुन्थ्यो सकेसम्म थोरै पैसा खर्चेर, पाएसम्मको मोजमस्ती। तिनीहरूलाई के फिक्री? के सुर्ता? उनीहरूको अशायिनी बनेर, हाँसी हाँसी सुतेकी नारीको छातीमा कति लाभाहरू उम्लिएरहेका छन्? उनीहरूलाई माडा र लौन बनाएर खुवाउने देउकीहरू के खाएर जीवन निर्वाह गरिरहेका छन्? हाम्रो इतिहास खोतलिन्थ्यो, हाम्रो कथा, व्यथा, समस्याहरूको, निवेदन प्रतिवेदन तयार पारिन्थ्यो। कानुन बनाइन्थ्यो देउकी चढाउनु हुन्न, देउकीको बिहा गराइ दिनुपर्छ। यो कोढ हो समाजको। दिनभरि आदर्शको कुरा छाँटेर राति ब्वाँसो भएर घुम्दथे यिनीहरू। यी पाल्तु कुकुरजस्ता देखिने ब्वँासाहरूलाई कसरी चिन्ने? कसरी पहिचान्ने?
.... यो वैतरणीमा साथदिने, सहारादिने पद्म पनि ऒ्ढयालखानामै मर्‍यो भन्ने खबर पाएपछि त आशाको एउटा त्यान्द्रो पनि बाँकी रहेको छैन। साँच्ची, जीवनको गोरेटो ज्यादै विकट र दुरूह हुनेरहेछ। यति छोटो समयमा धेरै अनकन्टार बाटाहरू हिँडिएछ। धेरै धेरै हन्डर, ठक्करहरूले यो छाती छिया छिया, विदीर्ण भइसकेको छ। बाँकी बाटो छिचोल्ने सामर्थ अब रहेन यो ज्यानमा। यत्रा व्याघात, विपत्ति र जीवनको विप्रलब्धले अब त यो कायाक्लेशबाट उनमुक्ति चाहिरहेछ, नाटकको पटाक्षेप चाहिरहेछ, आज यो देह। समाजका विकार, विकृति र फोहरहरू बोकेर अब यो नदी ज्यादै मैलो र घिनलाग्दो भइसकेको छ। एउटा निर्मल, स्वच्छन्द नदी, गन्दा नाली भएको छ। असङ्ख्य असङ्ख्य विनाशक जीवाणु र विषाणु क्षत विक्षत पारिएको छ। एउटै चाहना रहेको छ अब यो यात्रालाई एउटा बिसौनी, एउटा विश्रान्तिको .....
....तर होइन, हत्केलाका सबै औँलाहरू कहँा बराबर हुँदा रहेछन् र? सबै एकै कहाँ हुन्छन्? समाजमा कोही इमानदार, आदर्श तथा हितैषी पनि हुँदा रहेछन्। सबै लोग्नेमानिसलाई एकै जस्तो ठान्ने बानी परिसकेकी मैले एउटा दाजु जस्तै माया गर्ने कर्मचारी पनि पाएँ। जसको सही मार्गदर्शन र सिफारिसले मैले तालिममा भाग लिने मौका पाएँ। पहिलो पटक आफ्नो देशको केही भाग घुम्ने मौका पाइयो, महेन्द्रनगर, धनगढी, नेपालगन्ज, तानसेन, पाल्पा। आँखाका पर्दाहरू खुले। नर्मल तालिमको दस महिना कसरी बित्यो, त्यो थाहै पाइएन। देउकीले मन्दिर छाडेर जानुहुन्न, अर्को पेसामा लाग्नुहुन्न, देवी रिसाउँछिन्, कुभलो गर्छिन भन्ने अन्धविश्वासलाई तोडेर म आज एक तालिमप्राप्त शिक्षिका भएर फर्केकी छु। आज नयँा जोस, नयाँ उमले म आफ्नो नयाँ जीवन थालनी गर्न व्यस्त छु। मेरो पेटमा गर्भ पनि छ। म भगवान्सँग प्रार्थना गर्छु, छोरी नै जन्मोस्। त्यो बिनाबाउकी छोरी भए तापनि मजस्ती देउकी हुने छैन। मैलेजस्तो अत्याचार, लुछाचुँडी भोग्नुपर्ने छैन, मैले जस्तो विवशतामा पिसिनु पर्ने छैन। उसमा नयाँ साहस, नयाँ विश्वास हुनेछ अनि त्यसलाई सहारा दिने हजारौं नयाँ हातहरू हुनेछन्।

शब्दार्थः
१. झन्डा, २.आमा, ३.घुँडाभन्दा तल झारेर लगाइने फरिया, ४.मोही, ५. जात्रा, ६.गाग्रो, ७.कुँवा, ८. तँलाइँ भगवानको श्राप लागोस्। ९.रोटी जस्तो पीठो र घिउबाट बनाइएको विशेष परिकार, १०.रथ देउताको आसन।

Author: 
Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.