दुइ आँखिभौँ त तयार छन्, तरबार पो किन चाहियो

दुइ आँखिभौँ त तयार छन्, तरबार पो किन चाहियो,
तिमी आफू मालिक भैगयौ, सरकार पो किन चाहियो ।।१।।
पहरा कडा छ कटाक्षको, हरदम तयार मुहारमा,
घर भन्नु भारि महल न हो, दरबार पो किन चाहियो ।।२।।
कति चम्किलो छ हसँाइको हिसिमा किरन पनि दाँतको मणि,
मोती, नीर जुहार न हो, अरु हार पो किन चाहियो ।।३।।
Author:
Segments:
Language:
Post date:
01/17/2011 - 12:13