दिनेश गौतमको 'पैसा'

काठमाडौँ, २१ जेठ । युवा गायक दिनेश गौतमको गीति एलबम पैसा बजारमा आएको छ । चार वटा आधुनिक गीत रहेको एलबममा अन्य चार गजल पनि समावेश छन् । एक गीतबाहेक सबै गीत-गजलमा गायक आफैँले सङ्गीत दिएका छन् ।

एलबममा प्रमोद ढुङ्गाना, टीकाराम भण्डारी, निरज भट्टराई, बाबु त्रिपाठी र राबतका शब्द रहेका छन् । जसमा 'पैसा कसले बनायो', 'भोलि के-कस्तो होला', 'पिउनेहरू सुन', 'भन्दिनँ जुनी', 'तिमी आउँदा', 'जूनको आँखा', 'जिन्दगीमा तालताल' र 'रात छटपटीमा बित्छ' रहेका छन् । आरबी म्युजिक प्रालिले एलबम बजारमा ल्याएको हो ।

Segments