Author
तिमीसँग मागेको साथै हरायो
सँगै नहुँदा रातै हरायो ।
भन के गर्यौ आज तिमीले यस्तो
कति सोध्न खोजेँ आँटै हरायो ।
हजारौँ थिए चाहनाभित्र मनमा
तिमीलाई भेट्ने बाटै हरायो ।
माया त्यसरी मार्यौ किन हो
सम्झेर आउने छाँटै हरायो ।
थुप्रै बने योजना जिन्दगीमा
पूरा नहुँदै नातै हरायो ।
Segments
Language
- 4 views