तिमीबिना

No votes yet

तिमीबिना जिन्दगी नै उद्देश्यहीन हुन्छ मेरो
स्वप्न सबै चकनाचुर भै मन सधैँ रुन्छ मेरो
आशा सबै बिलाउँछन्, हराउँछ्न् जोश मेरो
तिमीबिना मेरो लागि अँध्यारो छ सेरोफेरो ।

मुस्काउँछौ जब तिमी अन्तरको दीप जलाई
बोल्छौ शब्द सुमधुर आशा अनेक जगाई
प्राप्‍त हुन्छ ऊर्जा मलाई इच्छा थपिन्छ
संसारको रङ्ग फेर्ने बीज नौलो रोपिन्छ ।

स्वयम् ब्रह्‌मा असक्षम छन् रूप तिम्रो वर्णन गर्न
सक्थेँ म कहाँ तिम्रो स्वरूपमा लाली भर्न
मात्र सक्छु म त तिम्रो विचित्रको रूप हेर्न
असीमित पर्खाइ र चाहनाको धोको फेर्न ।

साथ देऊ मलाई सधैँ समाइदेऊ न हात
दिन बनोस् मङ्गलमय स्वर्णिम झन् नाता
तिमी भए मेरी हेर जितिदिन्छु संसार यो
तिम्रै निम्ति गाएँ मैले छोटो-मीठो झङ्कार यो ।

Author: 
Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.