डा. कृष्णहरि बराल मोटर दुर्घटनामा सख्त घाइत्ते

बुधबार, २०६७ माघ ५ /
अमेरिकाको निजी भ्रमणमा रहनुभएका प्रसिद्ध समालोचक एवं गीतकार डा. कृष्णहरि बराल मोटर दुर्घटनामा पर्नुभएको छ । बोष्टनबाट ओहायो जाने क्रममा पत्नी सुष्मा, छोरा स्वप्नील र छोराको साथी सन्तोष अधिकारी समेत चढेको सो गाडी २ जेनवरीको साँझ पेन्सिलभेनियामा दुर्घटनाग्रस्त भएको थियो ।

गाडीमा सवार चारैजनालाई एम्बुलेन्सव्दारा तत्काल सटेट पार्क स्थित माउनट निट्टी मेडिकल सेन्टरमा पुर्याइएको थियो । श्रीमती बराल, स्वप्नील तथा सन्तोषलाई साधारण साधारण चोटपटक लागे पनि डा. बराल उक्त दुर्घटनाबाट सख्त घाइते हुनु भएको जानकारी प्राप्त भएको छ । वहाँको उपचारको क्रममा डाक्टरहरूले पत्ता लगाए अनुसार केही रक्त-नशाहरू (Artery ruptures) फुटेको र पेटभित्र रगत बगिरहेको पाइएकोले उहाँलाई तत्कालै हेलिकप्टरबाट गेसिंगर मेडिकल सेन्टरमा पुर्याइएको थियो जहाँ ४ जनवरीका दिन उहाँको सफल अपरेसन भएको थियो । पारिवारिक सुत्रका अनुसार स्वास्थ्यमा सुधार भएकाले हाल उहाँलाई जेनेरल वार्डमा सारिएको छ ।

छोरा स्वप्नीलको दिक्षान्त समारोहमा भाग लिन नेपालबाट गत महिना अमेरिका आउनुभएका बराल दम्पति यही फेब्रुअरीको पहिलो हप्ता नेपाल फर्किने योजना थियो । अचानक उक्त दुर्घटना घट्न गएकाले उहाँहरूको अमेरिका बसाई लम्बिने भएपछि उहाँहरूलाई आर्थिक संकट पर्नगएको छ । अमेरिकामा बसोबास गर्ने केही नेपालीहरूले कृष्णहरि बराल सहयोग कोषको स्थापना गरेका छन् र सो कोषले आर्थिक सहयोगको लागि आव्हान गरेको छ । सहयोगको सम्बन्धमा विस्तृत जानकारीका लागि निम्न व्यक्तिहरूसँग सम्पर्क गर्न सकिने कोषका प्रतिनिधिले बताएका छन् ।

-ज्ञानेन्द्र गदाल, कोलोराडो ३०३ २२९ २०३९
-बासु श्रेष्ठ, भर्जिनीया ७०३ ३३८ ७८२८
-स्वप्नील बराल, हाल पेन्सिलभेनिया: ८१७ ३३३ ७१७०

कृष्णहरि बराल सहयोग कोष लिंक:
https://www.paypal.com/cgi-bin/webscr?cmd=_s-xclick&hosted_button_id=ZQ7SK6XTWGCY

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom