टिकटमा मुक्तक कार्यक्रम

पोखरा, २९ माघ/ चार दशकको अन्तरालमा शनिबार पोखरामा टिकटमा मुक्तक कार्यक्रम सम्पन्न भयो।

कविताको पनि मूल्य हुन्छ भन्ने मान्यता कायम राख्ने उद्देश्यले पोखरेली युवा साँस्कतिक परिवारले पहिलो पटक २०३५ साल माघ २० गते टिकटमा मुक्तक कार्यक्रम गरेको थियो।

तत्कालीन कार्यक्रममा अतिथि कविको रूपमा आउनुभएका गीतकार रत्नशमसेर थापालाई नै अहिले प्रमुख अतिथिको रूपमा आमन्त्रित गरिएको यसपटकको कार्यक्रममा ४० बढी कवि कवयित्रीले सवा सय बढी मुक्तक प्रस्तुत गरेका थिए।

कार्यक्रममा नजिकै आएको प्रणय दिवसको सर्न्दर्भलाई जोड्दै पाका कविहरुले समेत मुक्तकमार्फत प्रेमको महिमा गाए भने देशको समसामयिक राजनीति र सामाजिक विकृतितर्फ पनि तीखो व्यङ्ग्य प्रहार गरेका थिए। मुक्तक वाचन गर्नेमा रत्न शमशेर थापा, सरुभक्त, तीर्थ श्रेष्ठ, ज्ञानुवाकर पौडल, धुव मधुकर्मी, विजय बजिमय, तेजनाथ घिमिरे, प्रकट पगेनी शिव, रामकाजी कोने, रमेश श्रेष्ठ र शान्तिनारायण श्रेष्ठ हुनुहुन्थ्यो।

यसैगरी भीम रानाभाट, रमेश पौडेल, कृष्ण उदासी, कृष्णमोहन श्रेष्ठ, दीपक समीप, सफल घिमिरे, सन्दिप पौडेल, रूपिन्द्र प्रभावि कटु, मन क्षेत्री, प्रकाश ज्ञवाली, अदिती शर्मा, चन्द्र भट्टचन, रमा प्राशरले मुक्तक प्रस्तुत गर्नुभएको थियो।

साथै हेम सुवेदी, लक्ष्मण थापा, जीवनसागर भण्डारी, सरस्वती प्रतीक्षा, भुवन क्षेत्री, कपिल शर्मा सञ्जोग, दीलिप दोषी, फणिन्द्र अकिञ्चन, निकुञ्ज तिवारी, कुलबहादुर केसी, सुरज उपाध्याय, देवी त्रिपाठी, अल्पज्ञानी, शंकर गिरी, सुमन श्रापित, कृष्ण देवकोटाले आ-आफ्ना मुक्तक प्रस्तुत गर्नुभएको थियो।

परिवारका अध्यक्ष जीवनसागर भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सचिव शिव थापाले गर्नुभएको थियो।

(स्रोत, शव्द:इआदर्श डटकम, तस्वीर: रमेश पौडेल/फेसबुक)

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom