Author
जिन्दगी यो रै'न छ सोचे झैँ
दुनियाँ यो रै'न छ देखे झैँ
कसैलाई झुठो नमिठो
कसैलाई साँचो नै अमिलो
को हो के हो आधार,
यो कलियुगैले पार्यो दोधार
आफ्नो मान्छे कोही पनि देखिन
चोखो माया कतै नि भेटिन
जता जाऊँ धनकै हल्ला छ
मन बुझ्ने मान्छे खै कहाँ छ
को हो के हो आधार,
यो कलियुगैले पार्यो दोधार
प्वाँख छैन जाऊँ भने उडेर
कति बसूँ दोबाटो कुरेर
लौ न प्रभू मलाई अर्ती देऊ
कुन चैं बाटो हिंडूँ म भनि देऊ
को हो के हो आधार,
यो कलि युगैले पार्यो दोधार
वालिङ-१, स्याङ्जा ।
Segments
Language
- 4 views