चेली विदा माग्छिन्/ मंजुल

सुनैको कांग्यो सुनैको थाक्रो, सुनौली मेरो केश
नरोए आमा, न्याउली बास्तै म काट्छु माइती देश

दाजुले भेटे मनको बह पोखेर रोइ दिउँला
भाइले भेटे बर्बरी आँसु झारेर रोइ दिउँला

देवीथान भेटे लालपाती फूल राखेर हिँडौँला
देउराली भेटे भीमसेनपाती भाकेर हिँडौँला ।

Author
Segments