खरो उत्रिन नसकेको 'मेरो म'

एक महान् व्यक्तिले लेखेको सामान्य स्तरको आत्मकथाको पुस्तकका रूपमा आएको मेरो मले सन्तनेता कृष्णप्रसाद भट्टराईको अनन्य प्रशंसक यस लेखकलाई अलिकति निराश बनाएको छ। यस कृतिले श्रीयुत भट्टराईजीको कीर्तिसमुज्वल जीवनको कहानी र त्यसको आलोकमा उहाँले नेतृत्व गरेको युगलाई पाठकको धीत मर्ने गरी प्रस्तुत गर्न सकेको छैन। आधुनिक नेपालका इतिहास-निर्माताहरूमध्येका एक अग्रणी व्यक्तित्व कृष्णप्रसाद भट्टराईको आत्मकथा अधूरो-अपूरो ढंगमा र अनगिन्ती मुद्रण-त्रुटिका साथ आउनु नरमाइलो लाग्ने विषय हो।

किसुनजी नेपालको प्रजातान्त्रिक आन्दोलनका पर्याय नै हुनुहुन्छ। नेपाली कांग्रेसका संस्थापक सदस्य एवं लामो समयसम्म प्रमुख रहिसक्नुभएका उहाँको जीवन-कथा नेपाली कांग्रेस पार्टी र अर्थान्तरमा नेपालको प्रजातान्त्रिक आन्दोलनको पनि कथा हो। कठिन उकाली-ओराली र अनेकन सफलता र विफलताहरूले भरएिको त्यस राजनीतिक संगठनको एउटा मियोका रूपमा रहनुभएका किसुनजीको आत्मकथामा त्यस पार्टीको इतिहासभित्रका अहिलेसम्म खुल्न नसकेका पाटाहरू उद्भासित भएको हुनुपथ्र्याे। मेरो म त्यस अपेक्षामा खरो उत्रन सकेको छैन।

किसुनजीलाई नजिकबाट चिने-जानेका व्यक्तिका नाताले पंक्तिकारलाई नेपाली र अंग्रेजी भाषामाथिको उहाँको अधिकार र लेखकीय क्षमताका बारेमा अगाध विश्वास छ। उहाँ अप्रतिम मेधाका धनी पनि हुनुहुन्छ। शब्दानुशासनमा आधारति सरल र सुस्पष्ट लेखन उहाँको विशेषता रहँदै आएको छ। तर, के कारणले हो, उहाँको लेखकीय क्षमताको मेरो ममा न्यूनतम अंशमा मात्रै उपयोग भएको देखिन्छ।

मेरो मको प्राक्कथन लेख्दा युवराज घिमिरेले यसको मूल प्रति कुनै एउटा छट्टुले छाप्छु भनेर उछिट्याएको र पछि प्रेसबाट हरायो भनेर पन्छिएको कुरा उल्लेख गर्नुभएको छ। हुनसक्छ, त्यो पाण्डुलिपि कुशल लेखन-सम्पादनमा तयार भएको थियो। अहिलेको पुस्तक किसुनजीले डायरीमा कोरेको खेस्राहरूका आधारमा तयार गरएिकाले पनि यो कृति कमजोर बन्न पुगेको हुनसक्छ। यस प्रसंगमा किसुनजीजस्तो सम्पूर्ण रूपले भलाद्मी र नेपाली जातिले नै गौरव गर्नयोग्य व्यक्तिको आत्मकथाको पाण्डुलिपि लगेर हरायो भन्ने त्यो व्यक्तिको नाम सार्वजनिक गरनिु पर्छ र त्यसलाई सामाजिक बहिष्कार गर्नुपर्छ भन्ने पंक्तिकारको सार्वजनिक आग्रह छ।

मेरो ममा किसुनजीको जीवन-कहानी सविस्तार आउन सकेको छैन तर यसले किसुनजीको किशोरावस्थाको जीवन-यात्रा र उहाँ जन्मे-हुर्केको परविेशको भने अत्यन्त रोचक र जीवन्त चित्रण गरेको छ। बनारस -भारत)को त्यतिबेलाको समाज र त्यहाँ अल्पसंख्यक समुदायका रूपमा रहने नेपालीहरूको जनजीवनको यत्तिको प्रामाणिक वर्णन नेपाली भाषाको साहित्यमा अहिलेसम्म गरएिको नै थिएन। ठेट बनारसी जीवन-शैलीको रंगारंग प्रस्तुति पढेपछि पाठक लगभग अभिभूत बन्न पुग्छन्।

स्पष्टवादिता र इमानदारी कृष्णप्रसाद भट्टराईको स्वभावमा दुई प्रसाद गुण हुन्। आफैँमाथि पनि मर्म छेड्ने गरी ठट्टा गर्नसक्ने व्यक्तिका रूपमा पनि उहाँ परििचतहरूका माझ विख्यात हुनुहुन्छ। मेरो ममा उहाँका यी तीनवटैै चारिित्रक विशेषताहरू छरपस्ट छन्। पूरा किताबभर िकिसुनजी एउटा इमानदार, स्पष्टवक्ता र विनोदपि्रय भलाद्मीका रूपमा उपस्िथत हुनुभएको छ। यस पुस्तकमा उहाँको चरत्रिको अर्को एउटा पक्ष पनि प्रबल रूपमा उभारमा आएको छ। हिन्दु दर्शनले इंगित गर्ने 'मानिसको जीवनयात्रा र उसका प्राप्ति-अप्राप्तिको नियन्ता ईश्वर मात्र हो, उसले निर्देश गरे अनुसार नै मानिसले भोग गर्न पाउँछ' भन्ने भाग्यवादी भनौँ अथवा नियतिवादी चिन्तनको गहिरो प्रभावमा किसुनजी हुनुहुँदो रहेछ भन्ने मेरो मले प्रस्ट पारेको छ। उहाँले एक ठाउँमा लेख्नुभएको छ ः 'म जजमानी गरेर पेट पाल्नुपर्ने गरबि ब्राह्मणको छोरो, ईश्वरकृपा नभएको भए कसरी प्रजातन्त्रप्राप्तिको आन्दोलनमा सरकि हुन र मुलुकको प्रधानमन्त्री हुन पुग्थेँ र ?' आफ्नो यस मान्यतालाई थप पुष्टि प्रदान गर्न विसं २००७ को क्रान्तिभन्दा ठीक पहिले वीरगन्जका बडाहाकिम सोमशमशेर राणाले कलैयाबाट उहाँको भ्रममा दाइ वटुकप्रसाद उपाध्यायलाई गिरफ्तार गर्दा दिदीसँग भनेको 'बज्यै ! भाइलाई प्रधानमन्त्री बनाउँछु भन्ने ठान्नुभएको थियो होला, मैले पो बिथोलिदिएँ कि !'लाई प्रस्तुत गर्दै दाबी गर्नुभएको छ ः 'ईश्वरले नै सोमशमशेरका मुखबाट म प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेका हुन्।'

पुस्तकमा किसुनजीले पछिल्लो कालखण्डमा नेपाली कांग्रेसमा पैदा भएको विग्रह, त्यसको विभाजन, गणेशमान सिंह र स्वयं उहाँको पनि पार्टी परत्ियागजस्ता अपि्रय विषयहरूको चर्चासम्म पनि गर्नुभएको छैन। यसबाहेक ०४६ सालको जनआन्दोलनपछि भएको आमचुनावमा पहिलोपटक र त्यसको दुई वर्षपछि भएको उपचुनावमा समेत आफ्नै पार्टीको एउटा शक्तिशाली पक्षले अन्तरघात गरेर हराइदिएको प्रसंग उल्लेख गर्नबाट पनि उहाँ बच्नुभएको छ। नियमित रूपले डायरी लेख्ने सिद्धहस्त लेखक किसुनजीले आफ्नो जीवनमा भएका त्यस्ता ठूला घटनाहरूको अभिलेख राख्नुभएन होला भनेर मान्न सकिँदैन। अनुमान गर्न सकिन्छ, उहाँ ती विषादपूर्ण घटनाहरूको सम्झना गर्न र उहाँको पिठ्यूँमा छुरा धस्ने 'परम् मित्रहरू'को नाम लिन चाहनुहुन्न। उहाँको जीवन-कथा वास्तवमा त्याग, शौर्य, संघर्ष, आशा, विश्वास र ईश्वरभक्तिको नमुना बनेको छ। अपि्रय प्रकरणजतिलाई पचाएर प्रसन्नताको स्थायी भावमा लीन हुनसक्ने स्िथतप्रज्ञ भएका कारण नै किसुनजी सबैभन्दा बेग्लै र महान् बन्नुभएको हो।

मेरो ममा जताततै किसुनजीको उदात्तता फैलिएको छ। पाठकले महाराज देवशमशेरका बारेमा, केशर र रुद्रशमशेरका बारेमा, सोमशमशेरका बारेमा, भट्टराई बन्धुहरू वटुक, नारायण, गोपाल र किसुनजीका बारेमा, गिरीहरूका बारेमा र कर्नौल -भारत)का नेपालीहरूका बारेमा धेरै नयाँ र रोचक जानकारी मेरो मबाट पाउन सक्छन्। बनारसको जनजीवनको वर्णन गर्ने सन्दर्भमा उहाँ उत्कृष्ट लेखकको अवतारमा देखिनुभएको छ। मेरो मका लेखकसँग पाठकले गर्नसक्ने गुनासोचाहिँ के हुनसक्छ भने उहाँले ०४६ को जनआन्दोलनपछिको विकृति एवं विसंगतिको आहालमा चुर्लुम्म डुब्दै गएको नेपाली कांग्रेस र त्यसका प्रतिनिधि पात्रहरूप्रतिको आफ्नो अनुभव तथा अनुभूति पाठकसँग अंशियारी गर्न चाहनु भएन। अब लेख्न शारीरकि रूपले लगभग अशक्त भइसक्नुभएका कृष्णप्रसाद भट्टराईको डायरीमा ती घटनाहरूको उल्लेख भइसकेको छ भने मात्र आधुनिक नेपालको इतिहासको अन्यतम् साक्ष्य र भोक्ता किसुनजीको नजरबाट त्यो कालखण्डको पर्यावलोकन हुनसक्छ। होइन भने, उहाँसँगसँगै धेरै कुराहरू विस्मृत हुनेछन्।

मेरो ममा किसुनजीले ०१५ सालको आमनिर्वाचनमा उहाँको हार हुने निश्चित भएपछि हृदयाघात भएर बोधराज ज्ञवाली नामक सरकारी अफिसरको मृत्यु भएको उल्लेख गर्नुभएको छ। जुन मलाई थाहा भएसम्म भ्रमपूर्ण छ। गुल्मी घर भएका र कुनै बेला लोकसेवा आयोगको पोखरा कार्यालयमा कार्यरत मेरा मित्र बोधराज ज्ञवाली ०४८ सालको आमचुनावमा काठमाडौँ क्षेत्र नं १ बाट भट्टराईजीले हार्ने पक्का भएपछि हृदयाघात भएर बितेका हुन्, जो त्यस समय निर्वाचन आयोगमा काम गर्दै थिए। मेरो मलाई प्रकाशमा ल्याउन सक्रिय पत्रकार युवराज घिमिरेले थोरै परश्रिम गरेमा यो भूलसुधार हुनेछ।
(स्रोत: नेपाल साप्ताहिक)

Segments: 
Author: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom