Loading

केही मिठो बात गर रात त्यसै ढल्किँदै छ/कालीप्रसाद रिजाल

केही मिठो बात गर रात त्यसै ढल्किँदै छ
भरे फेरि एकान्तमा रुनु त छँदै छ

रमाइलो कुरा गर सपनाको कुरा गर
संगसंगै बिताएको सम्झनको कुरा गर
दुख छोड, दुख़लाई त जिन्दगानी छँदै छ
भरे फेरि एकान्तमा रुनु त छँदै छ

आउ नाचौँ अँध्यारोमा जूनकीरि नाचे जस्तै
बतासमा उडौँ आज सिमलको भुवा जस्तै
दुई कदम साथ हिडौँ छुटिनु त छँदै छ
भरे फेरि एकान्तमा रुनु त छँदै छ


शब्द - कालीप्रसाद रिजाल
स्वर, संगीत - नारायण गोपाल

Segments: 

Comments