कृष्णचन्द्रसिंह अवज्ञाको देउराली

कवि राजवकी छोरीको बिहे भोजमा थिएँ म, वसुन्धरामा । भोजमा बाक्लै थिए बहुउमेर, बहुविधा र बहुविचारका लेखक-कविहरू । नीलगगनबाट चट्याङ परेझैँ खबर आयो ः कृष्णचन्द्रसिंह प्रधान इहलोकमा अब रहेनन् । भोजको वातावरणमा अनायास गाढा उदासी छायो । पाको उमेरका प्रधान यो सुन्दर संसारबाट बिदै हुने गरी थला परेको सुराकी मैले पाएको थिइनँ । ध्रुवचन्द्र गौतमको कानमा साउती गरेँ, "ध्रुव सर ! कृष्ण दाइले जीवनको डुंगा बिसाएछन् ।" "हो र ?" गौतमको मुखाकृतिमा शोकको बादल मडारयिो । निःशब्द भएर ती शून्यमा टोलाए । श्रद्धा गरनिे व्यक्तिको दैहिक अवसान हुँदा यी गौतम साँच्ची नै रुन्छन् । पारजिात दिदीको अवसानमा वीर अस्पतालपछाडिको प्रांगणमा भित्तातिर अनुहार लुकाएर रोएको सम्झना मेरो मनमा ताजै छ । अहिले, तिनका आँखामा आँसु त टप्किएनन् तर अनुहारको सन्तप्त भावले भनिरहेथ्यो, तिनी प्रधान नहुँदाको रत्तिmतामा निसासिएर मौन चीत्कारको भाकामा रोइरहेका छन् ।

***

२०२४ सालमा म काठमाडौँ आउँदा वाममार्गी युवाहरूका जिज्ञासु दृष्टि लहरै चीनतिर फर्केका थिए । त्यसबखत वामवृत्तको मूलधारको विचारको राप र आवेगको तापको मुहान चीनै त थियो । अजङ्ग ठूलो क्रान्तिको गर्भबाट जन्मेको नयाँ चीन, माओको नौलो जनवादले चिनिएको नौलो चीन, लालझन्डा फहराइरहेको पूर्वको सिंहनादी चीन । चीन सांस्कृतिक क्रान्तिको आँधीबेहरीमाझ डोलायमान थियो । र, सो क्रान्तिको निर्देशमा यता हाम्रोमा विचारको शुद्धताको आग्रह हठाग्रहकै तहमा चुलिएको थियो । जनवादी सिद्धान्तद्वारा निर्दिष्ट मतहरूमा अल्पविराम वा अर्द्धविराम पनि तलमाथि पारनिु निष्ठाप्रतिको गद्दारी मानिन्थ्यो । रेड बुक थियो क्रान्तिको गीतासरह पवित्र र पूज्य । र, चल्तीको कम्युनिस्ट पथको चुरो कुरो थियो सन्देहरहित आस्था र प्रश्नरहित निष्ठा । परििचत र प्रेमी सहपाठीहरूको प्रभावमा म पनि विचारको त्यही पाठशालामा होमिएँ । म पहिलेका कुरा सम्झेर अहिले मनमा लागेका कुरा भन्दैछु ।

मैले 'गद्दार' कृष्णचन्द्रसिंह प्रधानको नाउँ सुनेको त्यही पाठशालामा हो । तिनको गद्दारीको ठोस दसी थियो तिनको कृति कवि व्यथित र काव्य साधना । वामवृत्तमा खान्दानी घरानाका व्यथित दरबारसँग आन्द्रो गाँसिएका चतुर 'बुज्र्वा' राजनीतिकर्मी र चटके कवि मानिन्थे । प्रधानले आफ्नो कृतिमा त्यस्ता पात्रको कवित्वको मुक्त कण्ठले महिमा गाएका थिए । यो भयो प्रधानको गद्दारी नम्बर एक । तिनले निरंकुश श्री ३ महलका एक व्यक्तिको रक्तरञ्जित रकमले उनकै नाउँमा दीक्षित परसिरमा थापना गरएिको 'मदन पुरस्कार' थापेका थिए । यो भयो तिनको गद्दारी नम्बर दुई । म साहित्यको विद्यार्थी थिएँ । साहित्यकार बन्ने भावुक सपना अघि लाएर उमंगका पखेटा चाल्दै काठमाडौँ आएको अल्लारे ठिटो म । निधारमा गद्दारीका दुई-दुई थान पगरी गुथाइएका प्रधानको प्रयोगशील कथन, भाषाको स्पन्दन र शैलीको चुम्बकीयपन मैले गोप्य रूपले मन पराएँ । सम्झन्छु, ऊ बेला मैले शंकर लामिछानेका निबन्धहरू मन पराएको पनि त यही कोणबाट हो ।

ऊबेला साहित्यको वामवृत्तमा सुन्दर र कुरूपसम्बन्धी मानकहरू साहै्र सजिला थिए । चिन्तनको यो धार शुद्ध, त्यो अशुद्ध, यो लेखक उत्तम, त्यो अधम, यो पुस्तक ठीक, त्यो बेठीक ः हो, यस्ता थिए जीवनका गुजुल्टिएका समस्याका अति सरलीकृत उत्तरहरू । यी उत्तरहरूको ऐनामा जीवन-यथार्थ सेतो र कालोमा विभक्त थियो । यी उत्तरहरूलाई मानेन कि विचारको जातै गयो ! त्यस्तोमा मन पराउन मिल्ने हो कि नमिल्ने हो भनेर अन्तर्द्वन्द्वमा रुमल्लिँदै र लुकीलुकी मैले लामिछाने र प्रधानलाई मन पराएको थिएँ !

***

कृष्णचन्द्रसिंह प्रधान परे अभाव र पीडाको गहिराइबाट चिन्तन र सिर्जनाको उच्च विन्दुसम्म उठेका साधक । आफैँ आफ्ना जनक, आफैँ आफ्ना सन्तति । शिक्षालयमा धीत मरुन्जेल पढ्न नपाएका र आफैँ घोटिएर आफ्नो बौद्धिक एवं रचनात्मक सामथ्र्यको महल ठड्याएका लेखक । सुखद संयोगवश, हृदयचन्द्रसिंह प्रधान परे उनका सहोदार दाजु र जीवनमुखी लेखक, उनका अग्रदूत, उनका प्रेरक र उनका आदर्श पनि । एक दिन उनले देखे, शारदा पत्रिकामा त दाजुको नाउँ पो छापिएको छ बा । नाउँ म पनि किन नछपाऊँ ? उनको किशोर वयको चुल्बुले मनमा हुटहुटी जाग्यो । र, दाजुका पाइला पछ्याउँदै र मनको तिर्खा मेट्न अविराम यत्न गर्दै जाँदा उनी कवि भए, निबन्धकार भए, समालोचक भए, प्रयोगशील फाँटका एक स्तम्भ भए । अनि, इतिहासको अर्को कालखण्डमा यी 'गद्दार' प्रगतिशील र प्रजातान्त्रिक चिन्तन र सिर्जनालाई जोड्ने सुपर ग्लु बने । राजनीतिक वृत्तका पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह र गिरजिाबाबुझैँ दुवैतिरका साझा, दुवैतिरका प्यारा ।

***

प्रधानलाई चिन्तन र सिर्जनामा कुनै पनि मुख्यालय वा मठको अरनखटन मन परेन । माक्र्सवादका विभिन्न धारहरूमा यो लियोन त्रात्स्कीको पथ र मत हो । प्रधानले त्रात्स्कीलाई पछ्याएका हुन् कि आफ्नो पथ र मतको आफैँ रेखांकन गरेका हुन् म भन्न सक्दिनँ । त्रात्स्की कलाको सचेत सामाजिक लक्ष्य र स्वतःस्फूर्त एवं निर्वन्ध अभिव्यक्तिको मिलनका कुरा गर्छन् । र, उनी सिग्मन प|mायडसँग सहमत हुँदै कलाले अवचेतन मनको उत्खनन गर्दै अन्तरजगत्का रहस्यहरूको उद्घाटन गर्नुपर्ने कुराको संकेत पनि गर्छन् । प्रधानले त्यही गरे । तिनले निर्भीक भएर जीवनका निषिद्ध क्षेत्रहरूमा हात हाले । तिनले जीवनमा नीति र नैतिकताको आवरणभित्र व्याप्त पाखण्डहरूको कलात्मक विधिले उद्घाटन गरे । र, अभिव्यक्तिको अनौपचारकितामा तिनले आफ्नो निजात्मकताको बिम्व रचना गरे । तिनको प्रयोगको शृङ्खला 'आयो साबुन शेर्पा यो'जस्तो मूर्त्त शीर्षकदेखि 'पाइला आगतमा टेकेर'जस्तो अमूर्त्त शीर्षकसम्म फैलियो । र, तिनले 'लिंग पुराणदेखि लिंग साहित्यसम्म'मा पुगेर पारम्परकि नीति र नैतिकताका रुढ आवरणहरूलाई धुजाधुजा पार्दै उध्धुम मच्चाए । जीवनमुखी निर्वन्ध चिन्तन र प्रयोगधर्मितामा ती लक्ष्मीप्रसाद देवकोटा र शंकर लामिछानेलाई जोड्ने कडी बने । र, पछि त तिनले लामिछानेको उत्तराधिकारको बिँडोसमेत पनि आफैँले थामे ।

***

भनिसकेँ, जीवनको उत्तरार्द्धमा प्रधान प्रगतिशील र प्रजातान्त्रिक दुवै धारका साझा पात्र थिए । नदीका दुई किनारलाई जोड्ने झोलुंगे पुलजस्ता । जसलाई पनि नभई नहुने, जसले पनि सजिलै पाउने । तिनको शब्दभण्डारमा 'नाइँ' र 'हुन्न'जस्ता शब्द थिएनन् । जहाँ पनि ती भेटिन्थे । भूमिकामा, पुस्तक विमोचनमा, साहित्यिक सत्संगमा, सडक-डबलीमा, जताततै । कहिलेकाहीँ त मलाई ती सोह्रश्राद्धका पुरेतजस्ता लाग्थे । कति भ्याएका ? कस्तो भि“mजो नमानेका ? कस्तो अक्षय ऊर्जा र अथक जाँगर ? श्रोतागणसामु उभिएर ती जब बोल्थे, बडो जिम्मेवारीका साथ बोल्थे । र, घरघिर िसुकमेल वा मरीच चपाउँदै ती प्रायः तयारीसाथ राम्रो बोल्थे ।

***

०४६ सालको लेखक-कलाकारको कालो पट्टी आन्दोलनमा हँसिला र रसिला, शिष्ट र सौम्य यी प्रधान पनि हाजिर थिए । प्रहरी भाइहरूले हामीलाई बग्गीखानाको तबेलामा लगेर भेडाबाख्रालाई झैँ हुले । र, त्यो दुर्गन्धी बग्गीखानामा समय बियाँल्न संवाद सुरु भयो । मूलवाचक प्रधान थिए, उपवाचक थिए ध्रुवचन्द्र । सत्ताधारी क्रूर सिकारीका पन्जामा परेका यी दुई लेखक जीवन्त र भयमुक्त थिए । तर, यिनको छेवैमा कतिपय लेखकहरू नून खाएका कुखुराझैँ निस्तेज बनेका थिए । मजस्तो स्वनामधन्य लेखकलाई पक्रन कसका बाउको पिताम भनेर ती आएका हुँदा हुन् । बरा, जब ती झ्यापझुप्पै पक्राउ परे, लौ मरेको जुनी भो भनेर तिनको सातोपुत्लो उड्यो क्यार । हन्डर र ठक्कर, प्रतिवाद र प्रतिरोध त प्रधानको जीवनका अभिन्न अंग नै थिए । ती सबै कुरा झेलेर र पचाएर नै त ती धेरैले सम्भिmने कृष्णचन्द्रसिंह प्रधान बनेका हुन् ।

***

प्रधान निजी वार्तालापमा पनि कुरा र पारामा प्रयोगको स्वादिलो जलप लगाउँथे । ती भन्थे, म कहिल्यै कसैसँग माग्न गइनँ । दिनेहरू आइरहे । मास्टरी दिन कोही आयो । प्राज्ञ पद दिन कोही आयो । साझाको जीएम दिन कोही आयो । पुरस्कार दिन कोही आयो । तर, यथार्थको प्रधानले भन्न नभ्याएको पाटो पनि छ । तिनले सधैँ सम्झौता गररिहे । निश्चित दूरीमा उभिएर तिनले थरीथरीका मठ र मठाधीशहरूको आलोचना गरे । तिनले ज-जसको आलोचना गरे, कथन र सिर्जन दुवैमा कुशल कूटनीतिज्ञ बनेर गरे । र, सम्झौताका लागि ठाउँ राखेरै गरे । हो, तिनले सम्झौता गरे तर हात पसारेर घुँडा कहिल्यै टेकेनन् । प्रधानलाई 'गद्दार' भन्ने कतिपय विशुद्ध माक्र्सवादी विष्टहरूले गलो खोलेर पञ्चायतको भजन गाए । कतिपय ज्ञानेन्द्रीय तानाशाहीको चरणमा लम्पसार पर्न पुगे । तर, यी 'गद्दार' भने आफ्नो निष्ठा र स्वाभिमानमा अडिग रहे ।

***

जीवनमा पहिलो प्रेमको सम्झनाले जीवनभर िनै पछ्याइरहन्छ । प्रधानको पहिलो प्रेम कम्युनिज्मसँग भएथ्यो । र, उनमा त्यसको धङधङीको आभास भइरहन्थ्यो । ०४७ सालको अन्तरमि सरकारका एक कम्निस्ट मन्त्रीले घूस खाएको गाइँगुइँ चल्यो । प्रधानले एक दिन भने, "संग्रौलाजी ! कांग्रेसले घूस खानु अचम्म होइन, कम्निस्टले घूस खाएको विचारणीय छ ।" लाग्छ, प्रधानको यो चिन्तामा उनको प्रथम प्रेमको आदर्श ध्वनित भएथ्यो । हात नथाप्नु र नझुक्नुको अर्को कथा पनि छ । प्रधान हल्का हृदयाघात भई शिक्षण अस्पतालमा भर्ना भएका थिए । सरकारले उनको सबै उपचार खर्च बेहोरििदने कुरा झिक्यो । उनले इन्कार गरे । "त्यो सुविधा नलिएको किन, दाइ ?" पछि मैले सोधेँ । उनले भने, "लिनुसँग दिनु जोडिएर आउँछ । यसरी लिँदा आफ्नो स्वाभिमान बन्धकमा जान्छ । आफ्नै औकात छ त निहुरएिर स्वाभिमान बन्धक राख्नु किन ?"

***

कम्निस्ट शास्त्रमा 'संशोधनवाद' र 'सारसंग्रहवाद' बदनाम संज्ञा हुन् । जो त्यो वादी हुन्छ, ऊ अछूत ठहरन्िछ । तर, संशोधनको अर्थ परमिार्जन पनि त हो । अनेकथरी ज्ञानको सारसंग्रह गर्नु र त्यसलाई मथेर नयाँ सार खिच्नु पनि नकाम त होइन । कार्ल माक्र्सले हेगेल र फायरबाख, अडाम स्िमथ र रकिार्डो, सेक्सपियर र सेलीहरूका ज्ञान र अनुभूतिहरूको सार खिचेर माक्र्सवादी सिद्धान्त बनाए । प्रधान सारसंग्रहवादी हुन् । तिनले आफ् नो चिन्तन र सिर्जनामा माक्र्सवाद र गान्धीवाद, प|mायडवाद र अस्ितत्ववाद आदि इत्यादिको फ्युजन गराउन खोजे । तर, साहित्यको जीवनबोधी र लोकोपयोगी मान्यतालाई तिनले कहिल्यै उपेक्षा गरेनन् । प्रधान संशोधनवादी हुन् । तिनले म कसैको पनि अरनखटन मान्दिनँ भनेर बटारँिदै चल्तीको प्रगतिवादमा संशोधन गरे । तर, चिन्तन र सिर्जनामा लोकमंगलको लक्ष्य भने कहिल्यै छाडेनन् । तिनले रुढ सनातनमाथि औँलो ठड्याएर सधैँ नूतनको खोजी गर्ने यत्न गरे । त्रात्स्की भन्छन्, विज्ञान र कला कसैको अरनखटनको अपेक्षा गर्दैनन्, बरु अरनखटनको अवज्ञा पो गर्छन् । हो, त्यही अवज्ञाको जगमाथि त हो प्रधानले आफ्नो वागी र प्रयोगशील पहिचानको देउराली उठाएका ।

(नेपाल साप्ताहिक)

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom