Loading

कवि उपेन्द्र श्रेष्ठको निधन

काठमाडौं, २४ जेठ । नेपाली गद्यकविताका आधुनिक शिल्पी कवि उपेन्द्र श्रेष्ठको ७६ वर्षको उमेरमा सोमबार दिउँसो निधन भएको छ । केही समययता दम र पिसाबको रोगले ग्रस्त श्रेष्ठका निम्तो (२०१७), उपेन्द्र श्रेष्ठका कविता (साझा प्रकाशन, २०३९) र दासले मसँग मुक्ति मागेको (नेपाल प्रज्ञा प्रतिष्ठान, २०६१) लगायत कविताकृति प्रकाशन भएका छन् ।

मकवानपुरको चिसापानीगढीमा जन्मिएका श्रेष्ठ चितवनको नारायणगढ हुँदै पछिल्लो समय काठमाडौँको ताहाचल बस्दैआएका थिए । श्रेष्‍ठका कवितामा मुख्य गरी अस्तित्वको खोजी र देशप्रेमको भावना पाइन्छ ।

Segments: 

Comments