कलाको माध्यमबाट इन्टरनेट

फेब्रुअरी ४ / चित्रकलाका पारखी तथा पेन्टिङ भनेपछि हुरुक्कै हुने नेपाली दर्शकलाई नेपालमा नै सबैभन्दा ठूलो क्यानभास आफ्नो कलाले रंग्याएर लामो समयदेखि कला तथा साहित्यमा स्थापित नाम बनाइसकेका पल्लव रञ्जनले देशव्यापी चित्रकला प्रदर्शनी गर्ने भएका छन् । मोफसललगायत राजधानीका दर्शकहरूले कलाप्रतिको लगाव तथा कलाको महत्त्वका बारेमा सहज बुझ्नका लागि यो प्रदर्शनीले ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

५४ फिट लामो तथा आठ फिट लम्बाइ भएको सो कलाले आममानिसको जीवनमा इन्टरनेटको आवश्यकता र महत्त्वका बारेमा प्रस्टयाउने भएकाले कलालाईर् इ- अपरचुनिटिज नाम दिइएको छ । 'इन्टरनेट कतिसम्म फलदायी हुन सक्छ, हामी आममान्छेलाई जानकारी दिन खोज्दैछांै,' रञ्जनले भने, 'यो यात्राबाट मानिसहरूले कला पनि आफ्नो आवश्यकता पूरा गर्नका लागि सिर्जना गर्न सक्ने र त्यसको माध्यमबाट हाम्रो दैनिक जीवन यापनमा ठूलो सहयोग पुग्छ ।'र्
र्'इ-अप्रच्युनिज' शर्ीष्ाकअर्न्तर्गत महेन्द्रनगरदेखि काँकडभित्तासम्म कलायात्रा गर्ने योजना छ, रञ्जनको । आफ्नै ग्यालरीमा ५४ फिट चौडा र आठ फिट लम्बाइ रहेको पेन्टिङ तयार गरिरहेका रञ्जन यो कलायात्राले आमनागरिकको कलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउछ भन्नेमा ढुक्क छन् ।

चित्रकला प्रायः सहरका भव्य ग्यालरीमा मात्रै भेटिन्छ । त्यो ग्यालरीमा आमकलाप्रेमीको उपस्थिति त्यति सहज हुँदैन । तर, यो यात्राले पुरानो धारणा चिर्ने दाबी गर्छन्, रञ्जन । मोफसलमा पेन्टिङ लिएर हिँडेपछि रुचि राख्ने जोसुकैले कलाको महत्त्व बुझ्छन् भन्ने लागेको छ,' उनले भने, 'यस्तो अवसर भने नेपालमा पहिलो पटक नेपाली दर्शकले पाउनेछन् ।
एक महिनापछि मोफसल यात्रा गर्ने तयारीमा रहेका रञ्जन पर््रदर्शनीमा त्यो अजंगको पेन्टिङका अतिरिक्त अन्य पेन्टिङ पनि लैजाने तयारीमा छन् ।

पेन्टिङलाई सहज रूपमा बुझ्नका लागि र आमदर्शकलाई सहज वातावरण प्रदान गर्नका लागि पाँच प्यानलमा छुट्टयाइएको छ । ती भिन्न प्यानलले विभिन्न तरिकामा नेपालको ग्रामीण परिवेश र इन्टरनेटको खाँचोका बारेमा पुष्टि गर्छन् । 'आफूले गरेको पेन्टिङको तारिफ आफैं गर्नु असान्दर्भिक हुन सक्छ,' पल्लवले भने , 'तर, मलाई सबैभन्दा मन परेको प्यानल भने मिडिया प्यानल हो ।' सो प्यानलमा वाक स्वतन्त्रतादेखि लिएर, वास्तविक स्वतन्त्रताको आभाष गर्न सकिन्छ । मिनी म्यालिजमका आधारमा गरिएको सो पेन्टिङमा मानिसले आफूलाई कसरी इन्टरनेटको माध्यमबाट सम्पर्ूण्ा रूपमा प्रस्तुत गर्न सक्छ भन्ने रहेको छ । अन्य प्यानलहरूमा भने इन्टरनेटबाट मानिसले आफूले किन्न सक्ने, आफ्नो जीवनका अभिन्न आवश्यकताहरू पूरा गर्न सक्ने रहेको छ ।

त्यसो त राजधानीमा सुरु भएको क्यान इन्फोटेकमा पनि रञ्जनको कला राखिएको छ । 'सूचना र प्रविधिमा चासो राख्नेहरूका बीचमा कलालाई स्थान दिँदा कलाको पनि दायरा फराकिलो हुन्छ,' रञ्जनले भने, 'आफ्नो व्यवसाय सुहाउँदो र कला मन परेकाले मैले आफैंले चारओटा स्टल लिएर यसलाई ठाउँ दिएको हुँ ।' नेपालमा अनलाइन व्यवसाय गर्ने मुन्चा डट कमका प्रमुख कार्यकारी अधिकृत अमृत तुलाधारले भने, 'यो पेन्टिङ वास्तवमै चर्चा गर्न लायक छ ।'

(स्रोत: राजधानी दैनिक)

Segments