Author
कति बोलेर पछुताउँछन्, म नबोलेर पछुताएँ
खोल्नै पर्ने मनका कुरा नखोलेर पछुताएँ
भन्छन् चोर्नु हुन्न केही एउटा मन सिवाय
चोर्न मिल्ने मन पनि नचोरेर पछुताएँ
आइरहन्छ याद बनी सुन्दर मुहार उनकै
एउटा पत्र उनको नाउँमा नकोरेर पछुताएँ
शब्द: कृष्णहरि बराल
संगित: सुरेश गैरे
स्वर: निरा रानाभाट
Segments
Language
- 1 view