
कति दुख दिन्छस् दैव कति पिडा दिन्छस्
आँशु जति हाम्रो भागमा ख़ुशी तैले लिन्छस
जहाँ गहिरो त्यही पहिरो भन्ने तँलाई थाहा छ
दुखियाको नाम , ठाम, घरैसम्म चिन्छस
लुरुलुरु आउँछस् सधैँ पिडा बोकिबोकी
अरुलाई लदाएर सानसँग हिन्छस
यो पूजाले आज तँलाई गर्छ एउटा प्रस्न
बिक्रीमा छ यो जिन्दगी भन् कैले किन्छस ?
Author:
Segments: