उमाले जितिन् अनलाइन नेपाली रेडियो गजल प्रतियोगिता

चैत्र २८, २०६६। ब्रुनाई, गजल प्रतियोगिता

गत ५ अप्रिलका दिन प्रवासी नेपाली साहित्य समाजको आयोजना र अनलाइन नेपाली साहित्य मंचको सह-आयोजनामा सम्पन्न भएको विश्वब्यापी प्रथम अनलाइन नेपाली रेडियो गजल प्रतियोगिता २०६६ को नतिजा वि. एफ. वि. एस. गोर्खा रेडियो ब्रुनाईको प्रत्येक्ष २ घण्टा लामो प्रसारणबाट सार्वजनिक भएको छ ।

मलेशिया, नेपाल, अफगानिस्तान, कतार, दुवई, वेलायत, अमेरिका, क्यानडा, इराक, कुवेत, इन्डिया, अष्ट्रेलिया, ब्रुनाई, सिगापुर, इजरायल, नेदरल्याण्ड, पोर्चुगल, हङकङ, द. कोरिया लगायत विश्वका विभिन्न १८ मुलुकहरुबाट र नेपालको विभिन्न ३८ जिल्लाबाट गरि जम्मा १७७ जना स्रष्टाहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा इजरायलबाट सहभागी उमा सुवेदी प्रथम, भोजपुरका निराजन बतास द्धितिय र काठमाण्डोका सूर्य चापागाई तृतीय बन्न सफल भएका छन् । विजयीहरुले क्रमश नगद रु २० हजार १० हजार र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

उत्कृष्ट २० जना गजलकर्मीहरु- रिता खत्री (विराटनगर), डा. सुधा शाही (काठमाडौं), नवराज नवोदित (कतार), गनिन्द्र लिम्बू (मलेशिया), निराज भट्टराई (तँनहू), निर्मल कुमार पौडेल (रौतहट), गोपालचन्द्र राई (खोटाङ), पी. एस. लिम्बू (दुवई), विपु वाइवा (बेलायत), डा. टिकाराम भण्डारी (रुपन्देही), हस्त गौतम मृदुल (अमेरिका), निरु केसी अश्रु (पोखरा), विष्णुनन्द चाम्लिङ (हङकङ), दिलदुखी जन्तरे (मलेशिया), नरेश नाती (ब्रुनाई), देवकला कार्की (धनकुटा), बर्षाद दर्लामी (मलेशिया) रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल प्राज्ञ प्रतिष्ठानका कुलपति बैरागी काइँलाले यस प्रतियोगिताले नेपाली साहित्यमा नयाँ आयाम थपेको र नयाँ प्रविधिसँगै यस प्रकारको कार्यक्रमको महत्व बढ्दै गएको कुरा बताउनु भयो । कार्यक्रमका अन्य अतिथिहरुमा प्राज्ञ प्रा.डा. गोविन्दराज भट्टराई र प्राज्ञ अमर तुम्याहाँङ रहनु भएको थियो ।

प्रतियोगिताको मूल्याङ्कनकर्ताहरुमा प्राज्ञ ललिजन रावल, विजय सुब्बा, डा. कृष्णहरी बराल तथा शीतल गुरुङ कादम्बिनी रहनु भएको थियो भने मूल्याङ्कन पर्यवेक्षकमा दुवईबाट जाकिर हुसेन, मलेशियाबाट इन्द्र नारथुङ्गे, अमेरिकाबाट विनोद रोक्का, ब्रुनाईबाट ध्रुब गौतम, वेलायतबाट शशि सुब्बा थापा र हङकङबाट अशोक राई रहनु भएको थियो ।

गजलको नतिजा प्रसारण तथा प्रकाशनको लाइभ रेडियो प्रसारण कार्यक्रममा मूल्याङ्कन समुहबाट डा कृष्णहरी वराल र पर्यवेक्षक मूल्याङ्कनकर्ताहरुको तर्फबाट इन्द्र नारथुङ्गेले मलेशियाबाट आफ्नो विचार राख्नु भएको थियो । नतिजा घोषणाको लागि अध्यक्ष सुरेन्द्र इङनाम उपाध्यक्ष विश्वास दीप तिगेला र पर्यवेक्षक धु्रब गौतमले संयुक्तरुपबाट कार्यक्रमको संचालन गर्नु भएको थियो ।

आयोजकका अनुसार सहभागी सम्पूर्ण गजलहरू प्रवासीडटकम (www.pravasi.com.np) मा सुन्न सकिने व्यवस्था गरिएको छ ।

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom