Loading

उदाहरणीय लघुकथासङ्ग्रह 'अर्जुनदृष्टि' / भाउपन्थी

डा. रवीन्द्र समीर नेपाली लघुकथालेखनका क्षेत्रका एक परिचित र चर्चित सर्जकको नाम हो । उनका यसअघि चार वटा लघुकथासङ्ग्रह प्रकाशित छन् । डा. समीरको प्रस्तुत लघुकथासङ्ग्रह 'अर्जुनदृष्टि' मा पूर्वप्रकाशित तर अप्राप्य भइसकेका र नयाँ गरी १०८ वटा लघुकथा समाविष्ट छन् । सबै लघुकथाहरू स्तरीय र लेखकीय कौशलका परिचायक छन् । कथाका विषयवस्तु चयनप्र्रति पनि डा. समीर अत्यन्त सजग र चनाखा देखिन्छन् । कथाविषयलाई उनी राम्ररी पर्गेलेर त्यसको गहन विश्लेषणपछि कथा रचनामा ढाल्ने गर्छन् उनी ।

डा. रवीन्ऽ समीरको 'अजुर्नदृष्टि' विविध विषयवस्तुमा लेएकिा लघुकथाहरूको सङ्ग्रह हो । लामो कथाको तुलनामा लघुकथालाई नै आˆनो सिर्जनमाध्यम बनाउन रुचाएका डा. समीर यो सङ्ग्रहलाई आˆनो प्रतिनिधि सङ्ग्रह मान्दछन् ।

प्रस्तुत 'अर्जुनदृष्टि' का लघुकथाहरू डा. समीर स्वयम्ले स्थापित गरेका मान्यताहरूका कसीमा खरो साबित भएका छन् । उनका अधिकांश लघुकथाहरूले उनको मानवतावादी सोचका मान्यताहरू बोकेका छन् । उनका यी लघुकथामा सामाजिक, राजनीतिक र वैयक्तिक विकृतिहरूमाथि, भ्रष्टाचार, चाकडीचापलुसीको बढ्दो प्रवृत्तिमाथि, देशलाई भड्खालोतिर लग्ने नेताहरूका आचरण र गतिविधि आदिमाथि गहन व्यङ्गयप्रहार छ । उनले 'अर्जुनदृष्टि' मा वर्तमान समयका विसङ्गति र विऽूपताहरूलाई भेदक शब्दसंरचनाका माध्यमबाट नङ्ग्याएका छन् ।

दुईदुई जनआन्दोलन भएपछि पनि जनताको बलिदानलाई उपेक्षा गरेर दलगत र व्यक्तिगत स्वार्थमा मात्र लागिपरेको राजनीतिको विऽूपता, वर्तमानमा देशले भोग्नुपरेको राजनीतिजन्य निकासहीनता, आर्थिक विघटन, गरिबी, अन्योल, दण्डहीनता र नेताहरूको राजनीतिक भ्रष्ट आचरण तथा व्यापक स्तरमा देखा परेको सत्तालिप्सा आदि सबैलाई उनको कलमले उधिनेको छ, तीभित्र व्याप्त वीभत्सतालाई आˆना लघुकथामा निर्भीकताका साथ चित्रण गरिएको छ । 'सहिदकी आमा -?)' यस्तै एउटा लघुकथा हो । त्यस्ता अन्य कथाहरू पनि छन् । 'अर्जुनदृष्टि' सङ्ग्रहको आद्यन्त पठनपछि पाठक डा. समीरको कथाशिल्प चमत्कारपूर्ण र कथाकारीय दृष्टिकोणलाई उच्च मूल्याङ्कनका साथ प्रशंसा गर्न बाध्य हुन्छ । 'बाजा' लघुकथामा साइँलो दमाईंको चित्रणबाट कथाकारको सामाजिक विकृतिप्रति आक्रोश र त्यसका विरुद्ध उसको राजनीतिक मान्यता बोलेको छ । साथै साइँलो दमाईं अबिर दलिने भएपछि उसले वास्तवमै सामन्तहरूको बाजा बजाएको छ वा आपै"m सामन्तमा परिणत भएको छ भन्ने प्रश्नलाई पनि कथाकारले राजनीतिको विसङ्गतिपूर्ण सन्दर्भमाझ राखेर प्रस्तुत गरेको छ । डा. समीरको कथादृष्टिको तीक्ष्णता 'चासो' कथामा पनि देखिन्छ । वैयक्तिक सुखसुविधामा चूर व्यक्ति कथाको अन्त्यमा आˆनो दुःखको गुहारमा छरछिमेकबाट कसरी एक्लिन्छ भन्ने तथ्य यसले व्यङ्ग्यपूर्वक देखाएको छ तर कथाले यो व्यङ्ग्यात्मकताको तात्पर्य मात्रै बोकेको छैन, त्यसलेे आजको व्यक्तिको स्वभावमा निहित वैयक्तिक अहमत्त्याइँ र आचरणगत विसङ्गतिलाई पनि सानासाना वाक्यसमूहका माध्यमबाट सार्थकतासाथ चित्रित गरेको छ ।

स्वभावतः लघुकथाहरूले साङ्केतिकता र प्रतीकात्मकताको अन्तर्संरचनागत उपयोग पनि गरेका हुन्छन् । साथै यिनैको प्रयोगको कौशलले लघुकथा रोचक, पठनीय मात्र होइन सार्थक पनि हुन्छ । डा. समीरका लघुकथाहरूमा यी गुणहरू प्रधान रूपमा विद्यमान छन् । उनका रचनाले मानवीय दारुण र करुणाजनक अवस्थाका कारक राजनीतिक भ्रष्टता र सत्ताको दुरूपयोगलाई प्रधान रूपमा मानेको छ । यसैले सामाजिक विषमता, आर्थिक दुरावस्था उत्पन्न भएको पनि उनी कथामा प्रतिपादन गर्छन् । दलहरू र तिनका नेताहरूको नीति र सिद्धान्तहीन गैरजिम्मेवार व्यवहार, सामन्तवादी सोचले दीनहीन बनाइएका जनता र मुलुकका विकराल समस्या आदि सबैलाई लघुकथाको घनत्वयुक्त संरचनाबाट चित्रित गर्छन् डा. समीर । उनका लघुकथाले कम शब्दको खर्चबाट निर्मित संरचनाले पाठकको मस्तिष्कमा कम स्पेसमै विशद् चित्रको प्रभाव पार्छन् । पाठकको मनमा आˆनो परिवेशप्रति, आफू बाँचेको समय र सङ्कटप्रति सचेत संवेदना जागृत गराउँछन् । 'सहिदकी आमा -?)', 'चासो' र अन्य लघुकथाहरू 'नेताजीको उपचार', 'सङ्घीयता', 'आराम', 'तृष्णा', 'समस्या', 'चिडियाखाना', 'बुबा र बुबाहरू', 'विस्थापन', 'रहस्य' र अन्य सङ्ग्रहका पठनीय र मननीय लघुकथाहरू हुन् । सङ्ग्रहका लघुकथाहरूले देशको दारुण अवस्थाबारेको सोचमा डुब्ने पाठकहरूलाई मुडअनुसार चयन गरेर पठन गर्ने विकल्प पनि दिन्छन् ।

डा. रवीन्ऽ समीरको 'अर्जुनदृष्टि' सङ्ग्रह नेपाली आख्यानजगत्मा देखा परेका लघुकथासङ्ग्रहहरूमध्ये एक उदाहरणीय उच्च कृति हो । यसमा समावेश लघुकथाहरू मुलुकको नागरिकको जीवन र जगत्का विविध पक्षमा व्याप्त विकृति, विसङ्गति र राजनीतिक दल र नेताका अमानवीयता, भ्रष्टता र क्रूरतालाई व्यङ्गयपूर्वक उदाङ्गो पार्दछन् ।

पुस्तक ः अर्जुनदृष्टि (लघुकथासङ्ग्रह)
कथाकार ः डा. रवीन्द्र समीर
प्रकाशक ः रत्न पुस्तक भण्डार
संस्करण ः २०६७
पृष्ठ ः ११५+१०
मूल्य ः रु. १२५।-

(Source: Madhuparka)

Segments: 

Comments