इनरहार्बरको नयाँवर्ष

अबको केही घन्टापछि सुरु हुनेछ अर्को नयाँ वर्ष ! अर्थात् नयाँ वर्ष सन् २००८। हामी त्यहाँ महान् समयको उल्लास-उत्सवमा मिसिन पुगेथ्यौँ, डाउन टाउन। मेरील्यान्ड राज्यको मुख्य सहर बाल्टिमोर। यसै त सधँै हिस्सी पर्दो र गगनचुम्बी महलको सौन्दर्यले मोहनी लाउने बाल्टिमोर यतिखेर थियो, झिलीमिली उज्यालोले झकीझकाउ। साताभर िसास न बास भएर काम गर्ने अमेरकिीहरू नयाँ वर्षलाई छातीभर िथन्काउने चटारोमा देखिन्थे झन् व्यस्त।

हिउँ पर्ने र रोकिने क्रम चालू नै थियो। तैपनि, हावामा घोलिएको चिसो भने घटबढ भइरहेको थिएन। छालामा लिपिक्कै टाँसिन्थ्यो डिसेम्बरको ठिही। "दाइ ! भरे त टाउनडाउनमा मस्ती गर्नुपर्छ है," दीपले योजना सुनाए। "केटा हो, विशेष बन्दोवस्ती मिलाओ है," विक्रम खड्काको कुरो सुनियो। "भैहाल्छ नि !" सहमति थियो आभासको।

यसरी टुंगियो कुरोकन्चो। यो सल्लाह बलियो भएथ्यो। एउटा तागतिलो भएथ्यो आधारातमा बरालिने निर्णर्य। एक गर्मागर्मी विचार गरेथ्यौँ हामीले। नभन्दै दिनभरकिो कामबाट झट्टारएिर आएका सबैजसो भेला भयौँ ड्रमक्यासलमा। अनि, नेपाली झ्याउरे गीतका एक-दुई फाँकी उराल्दै हामी हुइँकियौँ इनरहार्बरतिर।

"जति अबेर गयो, मस्ती देख्न उति पाइन्छ," गाडी चलाइरहेका आभासको कुरो सुनियो। गाडी नर्दन पार्क पुगिसकेको छ। चर्को आवाजमा गीत बजेका छन्, अरू कारका ताँतीमा। ठूला र मोटा ओठ। बलिया पाखुरा र डरलाग्दा ज्यानका अश्वेत अनुहारको लस्कर छ, कारभरि। सडकका दुवैतिर उज्यालोले लिपपोत गरेको छ। रूखबिरुवाहरूमा समेत अनेक प्रकारका झिलीमिलीको उत्ताउलो चमक हुन्छ। उज्यालोमा घर कि घरमा पछि भित्रिएको उज्यालो? यस्ता अनेक खैखबरीले मन तुलबुल-तुलबुल हुन्छ। उड्वर्नीको भीडभाड छिचोलेर हामी फराकिलो सहर पसिसकेका छौँ। अब बाक्लो सहर र यात्रुको चाप भेटिन्छ जतासुकै।

"गाडी होसियारसित कुदाऊ है !"

"नत्र फसाद पर्ला।"

"कालाहरू रोकिएको गाडीमा आफैँ आएर ठोकिन्छन् र भन्छन् मलाई किच्नै खोजेथ्यो गाडीले।"

"महाका हरामी हुन्छन् कालेहरू !"

"अमेरकिाले संसारलाई जिते पनि यी कालेहरूको अराजकतालाई जित्न सक्दैन।"

यी सबै कुरा सुस्तरी भनिसके दीपले। झन्डै एक घन्टा भइसकेको छ, हामी लम्केको। नयाँ वर्षको स्वागतमा हुने समारोह हेर्न हामी हिँडेका छौँ। अर्को लेनका गाडीमा आवाज छ, झन चर्को । लस एञ्जल्समा सुरु भइसक्यो, न्युयोर्कको झन् विशाल छ, वासिङ्टन डीसीको समारोह अझ भव्य छ। सिकागोमा यसपालि अलिक बेग्लै पाराले मनाइने खबर छ। दीपलाई अर्कै कुराको चिन्ता रै'छ। उनी जतिपटक बोल्न खोज्छन्, विक्रम, रवीन्द्र र आभासको बोलीले जितिहाल्छ। म त सुुन्छु ती तन्नेरीका कुरा।

"भरे गाडी पार्किङ्को प्रोब्लम पक्का हुन्छ।"

आभासको बोलीे सुनियो हार्बरको मुखैमा। यतिञ्जेलमा कारको लहर कति थियो कति ! युवकयुवतीको भीडले सडक छोपिएको थियो, पूरै। साथ र हात एकै चालमा छ, तरुना-तन्नेरीको। आँत र अंकमालको छाल छ, जताततै युवकयुवतीको।

"मैले भन्नै खोजेको कुरो यो !"

दीपले अरूलाई रोक्दै भने, "पोहोर नि यस्तै भएको थियो। आई थिङ्क यसपालि झन् बढी हुन्छ। पार्किङ्को प्रोब्लम !"

अरूले के-कति सुने, थाहा छैन। ती गाइरहेका थिए मस्तले ः

तालको पानी माछीले खाने

हामीसित जाने कि नजाने?

गीतले सारा कारै जुरुक्क होलाझैँ भइरहेथ्यो। अर्को लहरका कारका मान्छे पनि हाम्रा गीतले छोइएर पुलुक्क हेर्थे र बूढी औँला ठड्याएर मुख उज्यालो पार्दै कार हुइँक्याउँथे। सारै मुस्िकलले हामी पुग्यौँ इनरहार्बर।

जताततै भीडभाडै-भीडभाड। गाडी पार्क गर्न महामुस्िकल पर्ने छनक देखियो मज्जैले। मान्छेको तमाम उपस्िथति। एउटा वर्ष गुमाएर अर्को सालको स्वागतमा जुटेका अमेरकिीहरूको उत्साहमा थपडी बजाउन गएथ्यौँ हामी नि !

इनरहार्बर अर्थात् समुद्र खसेको ठाउँ। इनरहार्बर अर्थात् समुद्रको एक भाग सहरमा प्रवेश गरेको भूमि।

साह्रै मुस्िकलले बीसाँै तलामाथि पार्किङ् गर्‍यौँ हामीले। कारबाट बाहिर निस्केपछि हाम्रा कान लाट्टएि, आँखा धमिलिए र हातखुट्टा कठ्याङ्गि्रएर। चिसो ओठ भए थरर्र। औँला झनन्न-झनन्न भए। गालामा चिसिँदो हावाले थप्पड हान्यो। दाँत बजे किटिट्ट। माथिबाट सारा सहर झलमल्ल देखियो।

प्रकाश होइन, जताततै अस्ताउँदाको सुन्दरता थियो। बिजुली होइन, सर्वत्र साँझको सौन्दर्य थियो। घर र बत्तीको होडबाजी थियो। ज्योति र वस्तुको तँछाडमछाड थियो। सडकमा झिलीमिली बत्ती बालेर कुदेका कारका पंक्तिले सारा सहर प्रकाशको जुलुस उर्लेको हो कि जस्तो लाग्थ्यो। हेलिकप्टर थिए, आकाशभरि। पुलिसका ट्वीनअटरले सुरक्षा गस्ती दिइरहेथे। समुद्री तटका पनडुब्बीमा प्रहरीका जत्था थिए, त्यत्तिकै।

हामी यी सबै तुजुक हेररिहेथ्यौँ। हामी यी सबै कोलाहलको मज्जामा बिलाइरहेथ्यौँ। हामी यी सबै तामझाममा समयको स्वागत गररिहेथ्यौँ। भर्‍याङबाट तल झर्‍यौँ। भीडले खुट्टा राख्नै हम्मे पर्‍यो। जताततै अमेरकिी श्वेत र अपि|mकी अश्वेतको ओइरो थियो। दक्षिण अमेरकिी हिस्पानिक र भारतीय मूलका पुड्का आर्य बर्मेलीको हूल थियो, जहाँसुकै। हामीले समुद्री तटको पटाका उत्सवमा आफूलाई समाहित गर्‍यौँ। भीड थियो। आधारातको चिसो डरलाग्दो थियो। त्यसभन्दा बढ्ता अत्यास थियो, भीडमा छलिने।

हार्बरको किनारमा थुप्रेका मान्छेले समयलाई स्वागत गरे। नयाँ वर्षलाई मुटुभर िराखेर स्याम्पेन बाँडे। झिलीमिली प्रकाशमा छाती बनाए त्यस्तै उल्लासिलो। आँखामा चिसोले उमारेको आँसु पुछ्दै नयाँ वर्षको उन्मादमा रल्लिँदै छु म। नाचगान भो बेपत्तैसँग। मेयर डिक्सनले आँटिलो र दर्बिलो भाषण गरनि्, "यो राज्य अपराधमुक्त बनाउन म दिनरात केही भन्दिनँ।" मेयर डिक्सनको भाषण सुनिरहेका नेपाली विद्यार्थीले टिप्पणी गरे, "अमेरकिामै बढी क्राइम हुने राज्य हो यो। लौ, के कुरा गर्‍या यो कालीले !" सुन्छु र पत्याउँछु तिनका कुरा। हुन पनि अमेरकिामै बढी गोली चल्ने स्टेटका रूपमा प्रख्यात भइरहेथ्यो, हामी उभिएको राज्य। भीड छिचोलेर पूर्वतिर लाग्यौँ, त्यहाँ थियो सुन्दरी हिस्पानिकहरूको भव्य नाच। अनेक प्रकार र शैलीका नृत्यले मुग्ध थिएँ म, मोहित थिएँ म र मस्त थिएँ म। घन्टौँ रमाएपछि हामी र्फकने क्रममा थियौँ।

इनरहार्बर किनारको बत्तीको तामझाम थियो भव्य, विराट र मादकपूर्ण। सारा मानिसका ओठभर िउत्साह, खुसी र मस्तीले फसल लाएथ्यो, लहलह। युवतीहरू सबै अंग दिइरहेथे युवकहरूलाई। युवकहरू युवतीका सबै शरीर सोहोरेर लगुँलाझैँ आकृति र प्रकृतिका थिए। अर्को दिन लाग्यो। अर्थात् जनावरी १ तारखि अनि हामी र्फकने तयारीमा भयौँ। नजिकै रहेका बारमा भीड भरएिको थियो, अचाक्ली। त्यो भीड हेर्दै दीप बोले, "एक केस बडबाइजर लगियो भने सबैलाई पुग्छ। बार छिरयिो भने त सबैको खल्तीले एउटालाई भरपेट नहोला होइन दाइ?"

"हो नि भाइ !"

खान्तेपिन्ते कुरो टुंगियो। अनि, हामी ठूलो भीड छिचोल्दै अघिको पार्किङ् थलोतिर लम्क्यौँ, फटाफट। सिकुटे युवक र भीमकाय ज्यानकी युवती लठारएिर बाटो लगभग जाम भएथ्यो। अबको केही घन्टापछिदेखि नै फेर िजोतिनेछन् काम, काम र काममा। यतिखेर ती सबै हैरानी र झमेला बिर्सेर सबभन्दा उन्मुक्त देखिइरहेथे बेहिसाब।

"मलाई माथिल्लो ठाउँबाट यो विशाल सहर हेर्न पुगेको छैन।" मैले प्रस्ताव राखेँ।

"हत्तेरकिा ! यो महँगो सहरमा दाइको कति सस्तो रहर ! ल हामी पूरा गरहिाल्छौँ नि !" विक्रमले हाँसो घोलेर कुरो स्वीकारे। अनि, हामी बीसाँै तलामा चढ्यौँ- बिजुली भर्‍याङमा सरर्र। साथीहरू केही गए कार लिन। म, विक्रम र रवीन्द्र रमाउन थाल्यौँ उज्यालो सहर र चिसो स्याँठको त्रिवेणीमा। चुच्चा घरमा आकाशतिर हुर्रर्िएको प्रकाशले मन उतै तान्थ्यो। तलमाथि...माथितल...। यो क्रम रोकिएन मनको।

हामी उभिएको उत्तरतिर एउटी कम्मर छिनेकी हिस्पानिक अत्यन्त उत्तेजित भएर घरी फोनमा घरी आइपटमा हिलहिलाइरहेकी थिई। धेरैजसो अमेरकिी महिलाहरू नसुहाउँदा मोटा, भद्दा र घोक्रे ज्यानका देख्थँे म। तर, यो हिस्पानिक अधबैँसे थिई लोभलाग्दी, रसिली र एकदमै सौम्य। ऊ लिपिस्िटक मिलाउँदै साथीहरूसँग मस्तले जिस्िकरहेकी थिई निरन्तर। सेतो स्वीटर र टिमिक्क कसिएका पाइन्टमा थिईऊ । कालो कपाल, पाखुरामा थिए मोटा चुरा। गुलाफी गन्जीको फुर्के फित्ता थियो, घाँटीमा। अघिपछि दुवैतिर घचेटिएको थियो उनको शरीर।

मैले औँल्याएर साथीलाई देखाएँ।

"यो केको परण्िााम हो।"

"योग कम, भोग ज्यादा !"

डाक्टरको बोलीलाई नपत्याउने कुरो थिएन।

निकै समयपछि कारले बाटो पाएको खबर आयो सेल फोनमा। अनि, हामी कार खोज्दै गयौँ हतारँिदै। घर पुगेर खाना खाने, केही घन्टा सुत्ने र फेर ितुरुन्तै काममा जाने स्िथति अगाडि थियो, हाम्रासामु। बीसौँ तलाको ओह्राली झर्दै अब हामी तल सडक पुग्नु थियो। हरेक तल्लामा कार राख्ने पार्किङ् पनि थिए नै। सबै ठाउँमा भरभिराउ भएर हामी त्यति माथि पुग्नुपरेको। हरेक तलाबाट निस्केका कारले हाम्रो गति एकदमै ढिलो भइरहेथ्यो, घरीघरी। हाम्रा अघिपछि कारको लस्कर छ भयानक। विभिन्न रङ र आकारका कार छन् तल झररिहेका। सत्राँै तलामा हामी झरेपछि अघिल्लो कारमा रमाइलो लीला सुरु भयो। हाम्रा मित्रसमेत निकै चनाखा भए अब। म घरी आँखा थुन्दै घरी आँखा तन्काउँदै हेर्न थालेँ अगाडितिर। ओठ जोडेर मस्त भइरहेकी थिई एउटी युवती।

कारले घुमाउरो मोड लिँदा मैले चिने त्यो युवतीलाई। अघि लिपिस्िटक मिलाउने र निकै सौम्य देखिने हिस्पानिक सुन्दरी पो रहिछ त्यो त। उसले अघि बाहिरको पटाङ्गिनीमै छँदा तीन-चार युवकको ओठ चुस्दै भनेको सुनेथेँ मैले, "आउँदो वर्षले धेरै चुम्बन गर्ने शक्ति मलाई देओस्।"

गाडी ओर्लिरहेछ अनवरत। अधबैँसेका लीला बढिरहेछन् झन्झन्। ऊ चुम्बनमा सीमित भइन्। उसको तीर्खा त्यही चुम्बनमा थामथुम भएन। भोकका अरू लाभा ओकल्न थाली ऊ। कारमा तीन महिला र एक पुरुष हुनुपर्छ। हाँक्ने मान्छेलाई पनि गन्ने हो भने पाँच हुनुपर्छ। तैपनि, पुरुषचाहिँ उही एक। उसले स्वीटर कतिबेला फाली थाहा भएन। लामो पाइन्ट कुनबेला फाली हाम्रा आँखाले देखेनन्। पातलो गुलाफी रङको फिलफिले गन्जीमा ऊ लीला मच्चाइरहेकी थिई। गाडी फेर िओरालो झरेर नौ तलामा पुग्यो। हामी अगाडि गइरहेको कारको रङरस हेर्न व्यग्र छौँ, हतास छौँ र व्यस्त छौँ।

मुटु ढुकढुक भएको छ। आँखामा हुरी भरएिको छ। रगतमा आवेग बगेको छ। अनि, दिमागमा थपिएको छ भोक र विस्िमतको छालैछाल...छालैछाल...। पाँचौँ तलामा आइपुग्छ कार झन् उन्माद र उन्मत्त भएर। हामी आँखा च्यातेर हेररिहेका छौँ कारलाई। कारभित्रका उत्तेजक कामकुरा र लीलालाई। अथाह तीर्खा र भोकले अनेक शैलीमा परकिार खाइरहेका अवस्थालाई। अनेक यौनमुद्रा र हाउभाउ छ हाम्रा आँखै अघिल्तिर।

अन्तिम फ्लाट नाघेर कार सडकमा पुग्दा देखियो- एक नग्न पुरुषमाथि दुई नाङ्गा आईमाई स्वाँस्वाँ गररिहेथे। बास्नाको आगाले रापिएर उन्मत्त भइरहेथे ती। हारजितको खेल थियो अटुट ! नयाँ वर्ष सन् २००८ को प्रथम तस्िबर थियो मेरा लागि यो !
(Source: Nepal Weekly)

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom