आरोहणको तीन दशक

No votes yet

काठमाडौं, २५ माघ / डब्बु क्षेत्री
नाटर्यकर्मका लागि स्थापित संस्था आरोहणले आफ्नो नाटययात्राको तीन दशक पूरा गरेको छ । नेपाली नाटकलाई विश्वमा पुर्‍याउने लक्ष्यसहित २०३८ सालको वसन्त पञ्चमीका दिन सातजना रंगकर्मीले आरोहण स्थापना गरेका थिए । सोही नाटय संस्था आरोहणले मंगलबार राजधानीको पुरानो बानेश्वरस्थित गुरुकुलमा आफ्नो ३०औं वाषिर्कोत्सव मनाएको छ ।

त्यतिबेला आरोहण स्थापना गर्ने जोसिला रंगकर्मी युवाको यतिबेला कपाल फुल्न थालेको छ । तर, आरोहण भने झन तन्नेरी भएको महसुस ती रंगकर्मीहरूले गरेका छन् । आरोहणका संस्थापकमध्ये सुनिल पोखरेल अहिले अध्यक्ष छन् । आरोहणलाई निरन्तर अघि बढाउन निकै संर्घष्ा गर्नु परेको अनुभव उनी सुनाउँछन्, 'आरोहणलाई अगाडि बढाउने क्रममा निकै आरोह अवरोह आए । ती अरोह अवरोह पार गराएर भए पनि यसलाई तीन दशकसम्म निरन्तर अगाडि बढाउन सकेकोमा खुसी लागेको छ ।'

२०३० को दशकमा धेरै नाटयसंस्थाहरू स्थापना भएका थिए । देशमा नाटयविधामा चहलपहल निकै बढ्दै गएको थियो । तर, गुणात्मक प्रस्तुति भने देखिएको थिएन । आरोहण नाटय समूहले स्थापना हुनुको कारण गुणात्मक प्रस्तुतिको लागि थियो भन्छन् सुलिन, 'विशेषगरी, तत्कालीन समयमा गीत, संगीत प्रयोग गरी चलचित्रजस्तो बनाइने नाटकहरू मञ्चन हुन्थे, हामीले नाटयशिल्प अंगालेर नाटकमा केही गरौं भन्ने मनसायले आरोहणको स्थापना गरेका हौं ।'
सुनिलको अनुभवमा त्यतिबेला धेरैजसो मानिसहरूले रंगमञ्चलाई राजनीतिस“ग जोड्न ह“ुदैन, यसलाई मनोरञ्जनमा मात्र सीमित राख्नर्ुपर्छ भन्ने ठान्दथे । त्यस्तो भनाइप्रति आफूहरूको असहमति थियो भन्छन्, उनी, 'रंगमञ्च मनोरञ्जनको एउटा अंग त हु“दै हो तर यसलाई त्यसैमा मात्र सीमित राख्नु ह“ुदैन भन्ने हाम्रो धारणा थियो ।'

रंगकर्मी प्रदीप श्रेष्ठको अध्यक्षतामा २०३८ मा आरोहण स्थापना हुँदा यो नाटय संस्थामा सुनिल पोखरेल, बद्री अधिकारी, समन्त कंसकारसहित सातजना थिए । आरोहणलाई पछिल्ल्ाो दशकमा हाँक्ने जिम्मा रंगकर्मी सुनिलको काँधमा आयो । जसलाई उनले र्सार्थकपर्ूवक हाँकिरहेका छन् । आरोहणलाई अझ माथि उठाउने विश्वास आम रंगकर्मी र दर्शकको छ ।

आरोहणमा अहिले सुनिल पोखरेल, वसन्त भट्ट, सूर्यमाला शर्मा, भैरव क्षेत्री, रविन नेपाली, निशा शर्मा र सुगम पोखरेल छन् ।

आरोहणले यो तीन दशकमा रंगमञ्चमा ६० ओटाभन्दा बढी नाटक मञ्चन गरिसकेको छ । कचहरीको रूपमा खुला स्थानमा त हजरौं नाटक आफूहरूले मञ्चन गरिसकेको आरोहणका महासचिव वसन्त भट्टले जानकारी गराए ।

प्रारम्भिक चरणमा भीडमा हराएको मान्छे, ...'र, यसकारण रिसाउछ कुमार प्रतिभा आकाश माग्छे, भग्नावेश, मान्छेभित्रको मान्छे, मूल सडककी आमा, रहरै भो, इडिपस, स्कापाको दाउपेच (चतुरेको दाउपेच) नाटक मञ्चन गरेर चर्चा पाएको आरोहणले २०५९ मा गुरुकुल नाटय स्कुलको स्थापना गर्‍यो । त्यसपछि गुरुकुलमार्फ आरोहणले नियमित रूपमा नयाँ नाटक देश विदेशमा मञ्चन गर्दै आएको छ ।

यतिबेला यो संस्थाले तीन दशक पूरा गरेकोमा आरोहणका महासचिव वसन्त भट्ट जति खुसी छन्, आरोहणको जिम्मेवारीप्रति त्यत्तिकै चिन्तित पनि छन् ।

'आरोहणले अहिले चारओटा योजना सञ्चालन गरिरहेको छ, जसमध्ये गुरुकुल एउटा हो । अहिलेसम्म गुरुकुलका लागि सरकारले जमिन उपलब्ध नगराएकोमा हामी दुःखी छौं,' महासचिव भट्टले भने ।

आरोहणले सञ्चलन गरेको चार योजनामा अभिनयसम्बन्धी स्नातक तहसम्मको अध्ययन गर्ने स्कुल गुरुकुल सञ्चाल, नियमित नाटक मञ्चन, नाटय कर्मलाई जिल्ला-जिल्लामा विस्तार गर्न हरेक जिल्लामा रंगकर्मीहरूसँग साझेदारी गरेर अगाडि बढ्ने र लोप हुन लागेको संस्कृतिलाई छायाँकन गरेर अभिलेखको रूपमा राख्ने रहेको पनि महासचिव भट्टले जानकारी गराए ।

भ्ाट्टका अनुसार च्ाार योजनामध्ये गुरुकुल सञ्चालनमा रहेको, जसले विराटनगरमा शाखा खोलेको छ । साझेदारी कार्यक्रमअर्न्तर्गत मुगु, जुम्लामा स्थानीय समूहबाट बनाइएको नाटय भवनमा आरोहणले नाटय सामग्री प्रदान गर्दैछ । अहिले ३५ ओटा जिल्लामा रंगकर्मको सामुदायिक साझेदारी कार्य आरोहणले गरिरहेको पनि उनले बताए । संस्कृतिलाई छायाँकन गरेर अभिलेखको रूपमा राख्ने क्रममा राजधानीका प्रायः सबैजसो संस्कृति र देशका विभिन्न नाच, पर्व, मेला, जात्रालाई पनि छायाँकन गरेर आरोहणले अभिलेख तयार गरेको पनि महासचिव भट्टले जानकारी गराए ।

आरोहणले पाँच वर्षयताबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय नाटक महोत्सव पनि गर्दै आएको छ । नेपाली नाटकलाई विभिन्न देशमा मञ्चन गरिहेको छ । यसरी नेपाली नाटकलाई अन्तर्रर्ााट्रयस्तरमा पुर्‍याउन आरोहणको विशेष योगदान देखिन्छ ।

यसै क्रममा मंगलबार आरोहणले गुरुकुलमा एक कार्यक्रम आयोजना गरी आफ्नो ३०औं वाषिर्कोत्सव मनायो । वाषिर्कोत्सवमा अध्यक्ष सुनिल पोखरेलले आरोहणसँगका आफ्ना स्मरण सुनाए ।

नेपाली रंगकर्ममा आरोहणको योगदानबारे संस्कृतिविद् सत्यमोहन जोशी, प्रा.डा.अभि सुवेदी, डा.तुलसी भट्टर्राईले प्रकाश पारे । दिवंगत स्रष्टा जीवन आचार्यको पुस्तक 'अर्थात'को सो कार्यक्रममा सत्यमोहन जोशीले विमोचन गरेका थिए ।

(Source: Rajdhani Dainik)

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.