अस्ताए निबन्धरत्न कृष्ण

No votes yet

काठमाडौँ, १७ असार । निबन्धकार तथा समालोचक कृष्णचन्द्रसिंह प्रधानको ८५ वर्षको उमेरमा बिहीबार साँझ राजधानीमा निधन भएको छ । ताहाचलस्थित आफ्नो निवासमा बसिरहेको बेला सामान्य बान्ता गरेपछि त्रिपुरेश्वरस्थित काठमाडौं नर्सिङहोम लैजाँदै गर्दा बाटैमा उनको निधन भएको हो । 'कवि व्यथित र काव्य साधना' समालोचनात्मक कृतिका लागि १०१५ मा मदन पुरस्कार पाएका प्रधानलाई शङ्कर लामिछानेपछिका प्रभावशाली निबन्धकार मानिन्छ ।

कविताबाट साहित्यिक लेखन थालेर २००४ सालमा 'भञ्ज्याङनेरी' कवितासङ्ग्रह निकालेका उनले मूलत: निबन्धमा हात बसाउँदै 'सालिक' (२०२६), 'अनाम सत्य' (२०४६), 'पाइला आगतमा टेकेर' (२०४७), 'बागमतीको हरक' (२०५७), 'समय सुनामी' (२०६३) लगायतका चर्चित निबन्धकृति प्रकाशन गरेका छन् । 'नेपाली उपन्यास र उपन्यासकार,' 'सिर्जनाको सेरोफेरो' र 'कृतिको अवलोकन' समालोचनात्मक कृतिका साथै 'नफर्किने ती दिनहरू' (२०५९) र 'जिन्दगीका टिप्पणीहरू' (२०६३) आत्मालाप कृति पनि प्रकाशन गरेका प्रधान सशक्त समालोचकको रूपमा समेत स्थापित थिए ।

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.