Loading

अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सवमा अकिञ्चन प्रथम

काठमाडौं, २२ असार । विराटनगरका उमेश राई अकिञ्चन अमेरिकाको बोस्टनमा आयोजित अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव २०१० मा प्रथम भएका छन् । नेपाली साहित्य प्रतिष्ठान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संयुक्त आयोजनामा भएको महोत्सवमा उमेशको 'मोनालिसा र मार्च ८' शीर्षक कविताले सर्वोत्कृष्ट स्थान हासिल गरेको हो । हेम सरिता पाठक भानुभक्त पुरस्कार नाम दिइएको उक्त पुरस्कारको राशि एक हजार अमेरिकी डलर रहेको छ ।

यसैगरी प्रतियोगितात्मक महोत्सवमा तीन सय डलर राशिको दोस्रो पुरस्कार सोमनाथ सुवेदीले प्राप्त गरे भने दुई सय डलर रहेको तेस्रो पुरस्कार रमा अधिकारीले हात पारिन् ।

Segments: 

Comments