Author
चुमेर पानाभरि यति म लेखिदिन्छु
प्रीतिका बातहरू जाने जति लेखिदिन्छु
रातभरि-भरि एउटै सपना देखेको हुन्छु
देखेका सपनाहरू सबै म लेखिदिन्छु
निश्प्राण कागजका टुक्रा हेरी नमस्की दिनु
नलेख्नु पर्ने पनि शायद म लेखिदिन्छु
वर्णन गरेर तिम्रो सर्वाङ्ग लेखिदिन्छु
एक छिनको निम्ति तिमीलाई उदाङ्ग देखिदिन्छु
शायद रिसाई दिन्छौ, हुनसक्छ च्यातिदिन्छौ
म त मन परेकोलाई यस्तै नै लेखिदिन्छु
शब्द/संगीत: गोपाल योञ्जन
स्वर: नारायण गोपाल
Segments
Language
- 44 views