Subisudha Acharya

ऊ त गयो खोला पारि यता एक्लै पारी/ सुबिसुधा आचार्य

ऊ त गयो खोला पारि यता एक्लै पारी
लहर गन्दै किनारामा कुरिबसैँ आँसु झारी ।

चैतको खहरे उस्को माया मेरो भयो साउनको भेल
बैगुनीले किन खेल्यो जिन्दगीमा हराउने खेल
खोला तरिसकेपछि लौरी भुल्यो माया मारेर
ऊ त गयो खोलापारि यता एक्लै पारी ।

एउटै थियो जीवनको वारिपारि गर्ने डुङ्गा
झारिदियो मझधारमा मुटुमाथि राखी ढुङ्गा
खुसी फुल्ने ओठहरुमा विरहको काँस सारेर
ऊ त गयो खोलापारि यता एक्लै पारी ।

[Shabdankur 117]

Segments

उत्तर आधुनिकता भन्दा फराकिलो 'फ्रन्टपेज' / डा.दुर्गाप्रसाद अर्याल

विगत दुई दशकदेखि नेपाली साहित्यका क्षेत्रमा नारी हस्ताक्षरका रूपमा क्रियाशील सुबिसुधा आचार्य आख्यानका क्षेत्रमा प्रखर बन्दै गएको पाइन्छ। आधुनिक कथा विधालाई आफ्नो रूचिक्षेत्र बनाएकी आचार्यका प्रखर लेखनीका दसी र दिशा हुन् विभिन्न समसामयिक साहित्यिक पत्र पत्रिकामा विकीर्ण रचनाहरू। कथा विधाले वैदिक साहित्यमा निहित नचिकेताको आख्यान देखि लोककथाको अनादि श्रुति परम्परा हुादै वर्तमानसम्म अनेक स्वरूप र विषयवस्तुगत अभिव्यञ्जनाको सेरोफेरो मार्दै आएको छ। संरचनात्मक प्रक्रिया र प

Segments

अतिनाटकीय आख्यान 'फ्रन्टपेज' / हरि अधिकारी

युवा कथाकार सुविसुधा आचार्यको कथासंग्रह फ्रन्टपेजमा संकलित कथा पढ्दा यो समीक्षक न रमाउनै सक्यो न त उनका कथाहरूमा उभ्याइएका पात्र-पात्राका दुःख-दर्दसँग हार्दिक रूपले जोडिन नै सक्यो। बहुसंख्यक कथाहरू लेखिकाको मनोगत बुनोटको भावभूमिमा खडा गराइएका र पात्रहरूका सोच, गतिविधि र घटना-उपघटनाहरूको विकास प्रक्रियामा समेत अतिनाटकीयताको अत्यधिक प्रयोग भएकाले यिनमा विश्वसनीयताको नितान्त कमी देखिन आएको छ। संग्रहका कुनै पनि कथाका पात्र-पात्राले आफ्नो वर्गको सही प्रतिनिधित्व गर्दैनन् । Subisudha Acharya Frontpage

Segments

मौन वियोगान्त

- सुबिसुधा आचार्य

न्यूरोट गेटबाट भित्र पस्दैको ओम मेडिकल हलको छेवैमा उनी ढुङ्गाको मुर्तीझै उभिएकी थिइन् । परैबाट हाम्रो नजर एकैपटक हाम फालेर जुधे बिचैमा । उनी फिस्स अल्छीलाग्दो हाँसो हुत्याउँछिन् मतिर, म पनि के कम त्यस्तै बैरागलाग्दो मुस्कान बडो कन्जुसका साथ उनको हाँसोमा लोली मिलाउन उपस्थिति गराइदिन्छु ।

Segments