Shyam Tamot

हिँड्याको हामी ता दुई जना/ श्याम तमोट

हिँड्याको हामी ता दुई जना
देख्नुलाई राम्रो देश ।

हामीले बाटो खोई भन्दा
कोही कोहीले आर्कै बतायो
साँचु ता आबो थाहा भो
हामीलाई ढाँट्ने फटाहा हो ।

हेर्दामा हामी यस्तो छ
कपटी कुरा ता जान्दैन

Author
Segments

संघर्ष हो जीवन/ श्याम तमोट

संघर्ष हो जीवन
जीवन संघर्ष हो
जीवनदेखि थाकेर बस्छु नभन
जीवनदेखि हारेर मर्छु नभन ।

जिन्दगी हो हार-जीत भइरहन्छ
बाधा पन्छाउँदै नदी बगिरहन्छ
हार भयो भनेर दुख नमान
रातपछि दिन हुन्छ हेर बिहान ।

Author
Segments

गाउँ-गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ/ श्याम तमोट

गाउँ-गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ

हातमा कलम हुनेहरू, कलम लिएर उठ
बाजा बजाउन जान्नेहरू, बाजा लिएर उठ

हातमा औजार हुनेहरू, औजार लिएर उठ

Author
Segments