Rochak Ghimire

महाकविको गोप्य तमसुक / रोचक घिमिरे

म केटाकेटी छँदा पिताजीको कोठामा बेलाबेलामा उहाँका समकालीन साथी-सङ्गातीहरूको जमघट भएको देख्दथेँ । त्यहाँ आउने व्यक्तिहरू को हुन् ? के गर्छन् ? भन्ने चासो हुँदैनथ्यो । सात-आठ वर्षको भएपछि मात्र मैले ती पाहुनाहरूको महत्वबारे अलिअलि जानकारी पाएँ ।