Rashi Pande

लोगे, स्वास्नी र दाम्पत्य जीवन/ राशि पाण्डे

लोग्ने
पौरुषको मदमा मात्तिएको
पति हुँ भन्ने घमण्डमा पात्तिएको
मायाको डोरीले बांधिएको
पशु हो लोग्ने

Author
Segments

मृत्यु पर्खिरहेछ/ राशि पाण्डे

सम्पूर्ण व्यथालाई अाँखामा समेटेर प्रसववेदनाले भैँसी उठबस गरिरहेको छ । केटाकेटीहरू भैँसीलाई चारैतिरबाट घेरेर रमिता हेरिरहेका छन् । घरभरि खुसी छाएको छ ।

के ब्याउने हो ? घरधनीबुढी कुँडो पकाउँदै गुनिरहेकी छिन् । पाडो पाई भने त के काम ? मासु खान हुन्न, हलो जोत्न हुन्न । बित्थामा आधा दुध त त्यसैलाई पोस्दै ठिक हुन्छ । फेरि तिन, चार वर्ष पाल्यो, देवीलाई बलि चढाउनेहरूले कति नै दिइहाल्छन् र ? तिन, चार सय त हो नि ? दुध नै हजार–पन्ध्र्र्र सयको खाइदिन्छ ..... तराईमा त थुप्रै पैसा दिन्छ रे पाडाको पनि ? के गर्नु त्यहाँ दिएर ? लैजान सकिने होइन ?

Author
Segments

तिमी मेरो वरिपरि छौ/ राशि पाण्डे

तिमीलाई मैले देखेको छैन
तिमीलाई कहिले भेटेको पनि छैन
तर,
तिमी यतैकतै छौ, मेरो वरिपरि, मेरो चारैतिर ।

Author
Segments

निकाह/ राशि पाण्डे

अब्व्दुल अस्पताल भर्ना भएको थियो । रजिया दुई महिनादेखि दिनरात उसको सेवामा खटिरहेकी थिई । आफ्नो जिल्लामा उपचार हुन नसकेपछि ऊ राजधानीको यस सुविधासम्पत्र अस्पतालमा थप उपचारका लागि आएको थियो ।

Author
Segments

देउकी

हिँडाइको क्रममा जब तपाईंं कुनै अक्करको चुचुरोमा पुगेर एकछिन सुस्ताउँदै आफूले हिँडेका पाइतालाका डोबहरू पछ्ाउनु हुन्छ, आफ्नो वरपरका दृश्यहरूमा विहम दृष्टिपात गर्नुहुन्छ। कहाली लागेर आउँछ, अत्यास लागेर आउँछ, त्यस्तो बाटो कसरी हिँड्न सकियो होला? पाइलाका गोरेटाहरूमा उकाली ओह्राली आइ नै रहन्छन्, भिर टाकुरा, फाँटहरू परी नै रहन्छन्, तर जीवनको गोरेटामा त उकाली मात्र छ, चढाइ मात्र छ। गन्तव्य कहाँ छ? थाहा छैन, केवल अनिश्चित दिशातर्फ हिँड्नु छ, मात्र हिँड्नु। हामी सबै व्यस्त छौँ अदृश्य टाकुराको चढाइमा, क्षितिजमा धुमलिएको बिन्दुतिर ........

Author
Segments

रुखको प्रणय

उनी धेरै दिनपछि माइत जान हिँडेकी थिइन् । लोग्ने लाहुर गएको पनि ६ वर्ष भइसकेको थियो । घरमा सासु–ससुराबाहेक अरू कोही थिएनन् । मध्याह्नको करिब दुई बजेको थियो । ठाडो उकालो । उनलाई थकाइ लाग्यो । उनी चौतारीमा सुस्ताउन लागिन् ।

झ्याङ परेको बरको रूख, वायवीय जराहरू हात्तीका सुँडसमान यताउता झुलिरहेका थिए । सरर्र बतास चल्यो । उसको भित्रसम्म शीतलता छायो ।

Author
Segments