Ramesh Poudel

मनमा राख्या मान्छेलाई, दोबाटोमा फालेपछि/ रमेश पौडेल

मनमा राख्या मान्छेलाई, दोबाटोमा फालेपछि
ढुक्क भा'को होला अहिले,फाटेको मन टालेपछि

नफाल्नुथ्यो राखेपछि , फाले पछि यस्तै हुन्छ
मागी मागी पराइ मन, टालेपछि यस्तै हुन्छ
ठेस लाग्ने उही पाईला, अन्तै तिर चालेपछि
ढुक्क भा'को होला अहिले, फाटेको मन टालेपछि

आफ्नै मनले धोका दिई, भोलि फेरि ढाँट्यो भने
त्यही टालो काम लाग्ला, अर्को तिर फाट्यो भने
झलमल्लै होला मुहार, लाख बत्ती बालेपछि
मनमा राख्या मान्छेलाई, दोबाटोमा फालेपछि

Author
Segments

राति राति भेट्नेहरू/ रमेश पौडेल

राति राति भेट्नेहरू, मिल्छन् भन्ने ला'थ्यो
मिले पछि हाम्रा सपना, निल्छन् भन्ने ला'थ्यो
अहिले त्यसै गरे त, के छक्क पर्नु ?
दुखी राख्ने घाउमा नै, चिल्छन् भन्ने ला'थ्यो !

Author
Segments

पैयुँ फुल्ने गाउँ

लाली गुराँस फुल्यो
ओइलियो झर्यो
पैयुँ फुल्यो
ओइलियो झर्यो
सयपत्री, मखमली फुले
ओइलिए झरे,
फुल्नु प्रकृति
ओइलिनु, झर्नु
नियति !
थिए आदिम मान्छे
अनिकाल थियो अक्षरको
बिना शब्द टाँग्थे कविता

Author
Segments