Rambahadur Pahadi

नरिसाउनू है !

Ram Bahadur Pahadi Narisaunu Hai!कृति: नरिसाउनू है !
विधा: लिमरिक
लेखक: रामबहादुर पहाडी
आवरण: चन्द्रशेखर पौड्याल
प्रकाशक: जमर्को युवा समूह
मूल्य: रू ५५/-
(प्रथम संस्करण, २०७० पुष)

Segments

तिमीले बजायौ मलाई म त मादल भएँ / रामबहादुर पहाडी

तिमीले बजायौ मलाई म त मादल भएँ
तिमीले बनायौ मलाई म त पागल भएँ ।

तिम्रो हातैले अनि कहिले लातैले पनि
सधैँ बातैलै हान्यौ म त घायल भएँ ।

न मेरो घर छ कहीँ न मलाई डर कसैको
जता मन लाग्यो उडेँ म त बादल भएँ ।

तिम्रो विश्वास गरेँ तिम्रै आँखामा बसेँ
परेलीबाट खसेँ म त गाजल भएँ ।

तिमीलाई को सक्छ छुन तिमी आकाश भयौ
सबैले कुल्ची हिँडे म धरातल भएँ ।

म हाँसेँ रोयौ तिमी म रूँदा हाँस्यौ तिमी
तिम्रो मन कालो भयो म त कायल भएँ ।

[शब्दाङ्कुर ११४]

Segments