समकालीन कविता-सन्दर्भमा कवि हर िअधिकारीको चर्चा अलिक बढी नै हुन्छ। कारण, उनले अरू धेरै कविले टिप्न नसकेका वा नचाहेका त्यस्ता विम्बको खोजी गर्छन्। प्रयोग गर्छन्। र, तिनलाई आधारभूत रूपमा स्थापित पनि गर्छन्। गार्मेन्टकी गायत्री यस्तै दुस्साहसको एउटा साक्षी हो।