Matrika Pokharel

सन्त्रस्त आँखाहरू

    उनीहरू पिप्चाइ फेदीको सुनकोशी किनारनेर आइपुग्दा दिउँसोको करीब १२ बजेको थियो । पश्चिम उत्तरपट्टि रहेको भुङ्जु डाँडामाथिको आकाशमा बादलको सानो थेग्लो स्थिर भएर बसेको देखिन्थ्यो । यही ठाउँबाट उनीहरू सुनकोशीको गड्तिर छाडेर उकालो चढ्छन् । दशैं तिहारको मुखमा यो बाटोमा ढाकर बोक्नेहरूको ताँती जुलुस हिँडेजस्तै देखिन्छ । हिउँदका अरू महिनाहरू पनि यो बाटोमा ढाक्रेहरूको बाक्लै लाम भेटिन्छ । वर्षा लागेपछि यो बाटोमा मान्छेहरूको चाप स्वाट्टै घट्छ । बाटो हिँड्ने मान्छेहरू घटेपछि कोशी किनारका गाउँहरू स्वरूङ दोभान, निवुवाटार र कुनाइका मान्छेहरूको आयस्रोत पनि घट्छ । यही बाटोका कारण यी गाउँहरू

Segments

एउटा नयाँ यात्रा

      उसले त्यसदिन घाँसको भारी बोकेर आँगनमा टेक्दा पश्चिम दिशामा सूर्यको ओरालो झरेको रातो टाटोले पाथीभरा लेकको थुम्को छुन खोज्दैथियो । ऊ अघिअघि घर आएकी थिई, गाईबस्तुलाई पछाडि छाडेर । घाँसको भारी आँगनको डिलमा बिसाउन खोजी तर ठाउँ पाइन । डिलमा गोदाबरी र मखमली फूलका बोटहरूले कोपिला हालिरहेका थिए । एक मनले सोची – फूलका बोटहरू भाँचिए पनि भाँचिऊन्, भारी डिलतिर बिसाउँदा सजिलो हुन्छ । फेरि अर्को मनले सोची – त्यतिका मेहनत गरेर हुर्काएका फूलहरू कसरी बिगार्ने ?

Segments

सन्त्रस्त आँखाहरू/ मातृका पोखरेल

Santrasta Aankhaharuसर्जक: मातृका पोखरेल
कृति: सन्त्रस्त आँखाहरू
विधा: कथासङ्ग्रह
कम्प्युटर: श्रीकृष्ण बादे/केदार के.सी. 'सुष्मेक'
आवरण: सुन्दर बस्नेत
प्रकाशक: जनमत प्रकाशन, काभ्रे
प्रकाशन मिति: २०६१ चैत्र
मुल्य रू: १००/-
मुद्रक: नेबुला प्रिन्टर्स

Segments