नेपाली साहित्यको फाँटमा युवा कवि भनेर चिनिने मोतिराम भट्टलाई नेपाली भाषाका आदि गजलकार भनेर पनि चिनिन्छ । मोतिराम भट्टले आजभन्दा १२५ वर्ष अघि १९४०-४१ सालतिर बनारसमा रहँदा त्यहाँका उर्दू र हिन्दी गजलकारहरको प्रभावले सबैभन्दा पहिले नेपाली भाषामा गजल लेखेर नेपाली भाषामा गजल विधालाई भित्राएका थिए । त्यसपछि करिब ५०-५५ वर्षजति नेपाली साहित्यमा शम्भुप्रसाद ढुङ्गेल भीमनिधि तिवारी र उपेन्द्रबहादुर जिगरजस्ता केही सीमित स्रष्टाहरुले अलिअलि गजल लेखेको देखिन्छ । तर १९९६-९७ सालतिर आएर नेपाली गजलको गति रोकिन पुग्यो । यसको प्रमुख कारण नेपाली गजललाई संरचनाको नाममा केवल शास्त्रियताको बन्धनमै बाँधेर राख्नु र भ