Jayadev Bhattari

शशि भण्डारी लेकालीदेखि विचलनसम्म / जयदेव भट्टराई

यसपालिको फागुनले वैगुन गरेर गयो नेपाली साहित्यलाई । डायमनशम्सेर राणा, शशि भण्डारी, हृषीकेश उपाध्याय जस्ता स्रष्टालाई एकैपटक गुमाउनुपर्‍यो । उपन्यास लेखेर तयार पार्ने, 'मेरो म' नामक संस्मरणको कृति प्रकाशित गर्ने कृष्णप्रसाद भट्टराईसमेत यही फागुन महिनामै जानुभयो । राजनीति क्षेत्रमा त्यागी, सङ्घर्षशील, सन्त र योद्धाका रूपमा प्रसिद्धि कमाउनुभएका नेपाली काङ्गे्रसका संस्थापक कृष्णप्रसाद भट्टराई राजनीति क्षेत्रमा बौद्धिक व्यक्तित्वको रूपमा सुपरिचित नाम हो । उपन्यास लेखन, संस्मरण प्रकाशनबाट साहित्यिक क्षेत्रमा पनि उहाँले आफूलाई उभ्याउनु भयो । कुनै पार्टीको ठूलो नेता भएपछि उसले बोलेका, भाषण गरेका, प